गत वर्ष कात्तिकमा उपत्यका अपराध अनुसन्धान कार्यालयले पन्थीलाई उत्कृष्ट कार्य सम्पादनका लागि ‘सर्वोत्कृष्ट प्रहरी’को उपाधि प्रदान गरेको थियो। उपत्यका अपराध अनुसन्धान महाशाखाको पिलर-८ को नेतृत्व गर्दै उनले वैदेशिक रोजगारका नाममा हुने ठगी, नक्कली कागजात बनाउने गिरोहमाथि ठोस अनुसन्धान सुरु गरे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६४१ राहदानीसहित फर्काइएका शंकास्पद यात्रुहरूको अनुसन्धान पन्थीको नेतृत्वमा भएको टोलीले गर्यो। तर, जब भिजिट भिसा प्रकरणमा ठूला नृपहरूको नाम आउन थाल्यो, पन्थीको सरुवा भयो। अनुसन्धान टिममा अन्य सदस्य पठाइए। तर, पन्थीको प्रतिवेदनले प्रहरी संगठन र देशकै नीति निर्माण तहलाई सोच्न बाध्य बनाएको छ।
‘एकपटक बिजुली चम्किँदा १२ करोड, ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ,’ प्राध्यापक रामचन्द्र अधिकारी भन्छन्, ‘३० हजार डिग्री सेन्ट्रीग्रेटसम्म तापक्रम फाल्छ, यो तापक्रम सूर्यको भन्दा बढी हो।’ यो तापक्रम र आगोको मुस्लो जमिनबाट दस किलोमिटर माथिसम्म हुन्छ। अधिकारीका अनुसार यो जमिनसम्म आउने हो भने ठूलो जनधनको क्षति हुन्छ। ‘कुमोलो निम्बस’ नामको बादलबाट उत्पन्न हुने चट्याङ भने यदाकदा जमिनसम्म आउने गर्छ र यसैले भौतिक र मानवीय क्षति गर्छ।
सडकहरू त त्यस्तै माटोले बनेका, पानी परेपछि हिलाम्य, र सुख्खा समयमा धुलाम्य। खासगरी रातको समयमा, जहाँ न त बिजुली बत्तीको सहारा छ, न त सडक चिनाउने कुनै संकेत। डिएसपी रावत भन्छन्, 'कच्ची बाटो र रातको अँध्यारोले दुर्घटना निम्त्याएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।'
पूर्वी तराईका झापा, सुनसरी र सप्तरीमध्ये तराईका रौतहट, नवलपरासी र रुपन्देही, त्यस्तै, पश्चिम तराईका जिल्लाहरू बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा चरम गर्मीका लहरहरू हुन सक्ने देखिन्छ।
'विवाद समाधानको आधुनिकीकरणः न्यायमा पहुँच अभिवृद्धिका लागि एडिआरको भूमिका’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा १७ देशका प्रतिनिधि सहभागी थिए । सम्मेलनको अन्तिम दिन जलवायू परिवर्तनको अवसरबारे विशेष सेसन चलेको थियो ।
चट्याङ विद्युतीय डिस्चार्जको एक रेखा हो जुन बादल र जमिनबीचको सकारात्मक र नकारात्मक इलेक्ट्रोनको असन्तुलनको कारणले हुन्छ। यो बादलभित्र पनि हुन सक्छ। वर्षाको बादलमा स्थिर चार्जको रूपमा प्रकाश सुरू हुन्छ। बादलभित्रको हावा धेरै अशान्त हुन्छ। बादलको तल्लो भागको पानीका थोपाहरू माथि उठ्छन् र धेरै उचाइमा पुगेपछि, धेरै चिसो वातावरणले तिनीहरूलाई स्थिर बनाउँछ र माथिको बादलले तलतिर दबाब दिन्छ। यो प्रक्रियामा त्यस क्षेत्रमा भएका इलेक्ट्रोनहरू नास हुन्छन्।
स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम गर्दै चलचित्र विकास बोर्डले २५ फिल्मका निर्मातालाई सम्मान प्रदान गरेको छ। जसमा धेरै कमाउने पहिलाे नम्बरमा ‘पूर्ण बहादुरको सारङ्गी’ परेकाे छ भने अन्तिम २५ मा ‘पशुपति प्रसाद २-भष्मे डन’ रहेको छ।
ग्लेशियरहरू र ज्वालामुखी गतिविधिहरू बीचको सम्बन्धले वैज्ञानिकहरूलाई नयाँ चिन्तामा राखेको छ। यो जलवायु परिवर्तनको अर्को डरलाग्दो पक्ष हो, जसले पृथ्वीमा जीवनलाई अस्थिर बनाउन सक्छ।