
त्रिभुवन विश्वविद्यालय, जनसंख्या अध्ययन केन्द्रीय विभाग (सीडीपीएस) ले हालै गरेको एक अध्ययन अनुसार ९२.२ प्रतिशत महिलाले कम्तीमा एक पटक गर्भपूर्व जाँच (एएनसी) सेवा लिएका थिए। तर, सुत्केरी भएपछिको सेवा (पीएनसी) सहित मातृ स्वास्थ्य सेवाका सबै चरण पूरा गर्ने महिलाको अनुपात ७१.७ प्रतिशत मात्र रहेको पाइएको छ। यसको अर्थ २८.३ प्रतिशत महिलाले स्वास्थ्य सेवाको पूर्ण चक्र पूरा गर्दैनन्।

बागमती सरसफाइ महाअभियानकी अभियन्ता डा. लक्ष्मी पौडेल अहिले बागमतीले रंग फेरिरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिले बागमती नदीका यी किनारामा हिंड्न समेत सकिंदैन्थ्यो । विद्यालयदेखि होटेलहरू प्नि बन्द भइसकेका थिए । यतिसम्म कि नदी गन्हाएकै कारण धेरै स्थानीयले जग्गा समेत छोडेर गए । तर अहिले यही ठाउँमा मान्छेको भिड लाग्छ ।”

नेपाल राष्ट्र बैंकले लगातार सूचना जारी गरी चेक वितरणमा सावधानी अपनाउन आग्रह गर्दै आए पनि व्यवहारमा सुधार देखिएको छैन। कानुनी प्रक्रिया ढिलो हुनु, जरिवाना र सजाय प्रभावकारी नहुनु तथा सजिलै धरौटीमा छुट पाइनु पनि चेक बाउन्सजस्ता मुद्दा दोहोरिनुका कारणमा पर्छन्।

आयोगले अनुसन्धानपश्चात वर्षभर ८१ वटा बैठक बसी १३७ वटा मुद्दा विशेष अदालतमा दायर गर्यो। ती मुद्दामा ७५३ जनालाई प्रतिवादी बनाइएको छ। दायर मुद्दामध्ये सबैभन्दा धेरै ३७ वटा मुद्दा घुस र रिश्वतसँग सम्बन्धित छन् भने गैरकानुनी लाभ, नक्कली शैक्षिक प्रमाणपत्र, सार्वजनिक सम्पत्तिको हानि, गैरकानुनी सम्पत्ति आर्जन, सम्पत्ति शुद्धीकरण लगायतका विषयमा मुद्दा दायर गरिएको छ। तीमध्ये २२ वटा स्टिङ अपरेसनबाट ३३ जनालाई रंगेहात पक्राउ गरिएको र ती व्यक्तिबाट ५५ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरिएको आयोगको प्रतिवेदनमा उल्लेख छ।

नयाँ व्यवस्थाअनुसार अबदेखि कम्पनीहरूले आफ्नो वार्षिक विवरण अनलाइन प्रणालीमार्फत (CAMIS) पेश गरेपछि आवश्यक दस्तावेजहरू सही ढंगले अपलोड भएमा प्रमाणपत्र स्वतः प्रणालीबाट प्राप्त हुनेछ। यसअघि कम्पनीहरूलाई उक्त प्रमाणपत्रका लागि छुट्टै निवेदन दिनुपर्ने झन्झट थियो, जुन अब हटाइएको छ।
अपर मुस्ताङको यात्रामा सबैभन्दा गाह्रो अनुभूति गरेको कुरा चाहिँ शौच गर्ने ठाउँको अभाव । गाउँ र वस्ती टाढा टाढा छन् । मान्छे पनि खासै भेटिदैन र देखिदैन । होटेल पनि खासै छैनन् । बाटोमै सुसु गरौं भने चारतिर खुल्ला छ । यस्सो छेकिने खालको पोथ्रासम्म छैनन् ।

लेखक श्रेष्ठले भन्नुभयो- ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्रको विवेचना र मीमांसा गरिएको यस कृतिमा मैले कथासम्बन्धी आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गरेको छु । यो मेरो प्रयोगात्मक अध्ययनको नमुना हो र यो मेरो अभियानको प्रथम कोसेली पनि हो ।’

ग्लेशियरहरू र ज्वालामुखी गतिविधिहरू बीचको सम्बन्धले वैज्ञानिकहरूलाई नयाँ चिन्तामा राखेको छ। यो जलवायु परिवर्तनको अर्को डरलाग्दो पक्ष हो, जसले पृथ्वीमा जीवनलाई अस्थिर बनाउन सक्छ।