ताजा

  • सोमबार, २ असार, २०८२
  • ०६:४५:४२
  • नेपालीको अभिमत

मनोरञ्जन / संगीत

रितु कँडेल र ईश्वर सिंहको आवाजमा ‘तारा जुनैले’

नेपालमत

आइतबार, १ असार, २०८२

सुमधुर नयाँ गीत ‘तारा जुनैले’ सार्वजनिक भएको छ । प्रेम, आशा र वियोगको त्रिकोणात्मक भाव बोकेको यो गीतमा गायक ईश्वर सिंह र गायिका रितु कँडेलको सुमधुर स्वर छ । गायिका कँडेल संगीत क्षेत्रमा विषयगत पढाई भएकी गायिकाका रुपमा परिचित छिन् । 

गीतको अडियो जति मिठो छ, यसको भिडियो पनि उत्तिकै कलात्मक बनेको छ । निर्देशक बिनोद भण्डारी गीतको मर्मलाई पर्दामा उतार्न सफल भएका छन् । अभिनेता अनिल पौडेल र अभिनेत्री जुना गुरुङको जीवन्त अभिनयले प्रेम र विछोडको कथालाई दर्शकले महसुस गर्न सक्ने बनाएको छ । उनीहरूको रोमान्टिक र भावनात्मक दृश्यले गीतको भावलाई अझ गहिरोसँग प्रस्तुत गर्छ ।

गीतकार शिव हमालको शब्द रचनाले गीतको भावनात्मक गहिराइलाई बलियो बनाएको छ भने स्वयं गायक ईश्वर सिंहको संगीतले त्यसलाई जीवन्त धुन दिएको छ । एरेन्जर आशिष अविरलको संगीत संयोजनले गीतलाई आधुनिक र कर्णप्रिय बनाएको छ । 

गीतको अडियो राग स्टुडियोमा रेकर्ड गरिएको हो । दिनेश पराजुलीको छायांकन, मनोज कार्कीको सम्पादन र अनिमेशको मेकअपले भिडियोलाई प्राविधिक रूपमा अब्बल बनाएको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    सङ्गीतकार संघ नेपालमा नयाँ नेतृत्व

    काठमाडौं -  सङ्गीतकार संघ नेपालको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई...

  • नेपालमत

    एउटा 'शो' का लागि ५४, ७१४ करोड भन्दा बढी लगानी, हुने भयाे विश्वकै महंगो शो

     संसारको सबैभन्दा महँगो शो कुन हो र यसलाई बनाउन कति पैसा खर्च भयो वा हुनेछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ ? यदि तपाईं २००–४०० करोड सोच्दै हुनुहुन्छ...

  • नेपालमत

    नेपालगन्जमा एक दशक पछि मुशायराको गुञ्जन

    जिन्दगी और साथ थोडा दे देश अपना हमे बनाना है  जिन्दगीको ८८औँ वसन्तमा रहेका नेपाल तथा भारतका मुशायरा पारखीहरुमाझ शौक नेपालीका नामले प्रसिद्धि कमाएका अब्दुल लतिफ शौकले...

  • नेपालमत

    षट्कोण आर्ट्सले घोषणा गर्‍यो ‘लालीबजार’

    ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आट्र्सले नयाँ फिल्म ‘लालीबजार’ घोषणा गरेको छ । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास...

  • नेपालमत

    सिड्नीमा नेपथ्यको विशाल प्रस्तुति

    सिड्नी - पृथ्वीको दक्षिणी गोलार्धमा रहेको सहर सिड्नीमा नेपथ्यले अहिलेसम्मकै भव्य कन्सर्ट प्रस्तुत गरेको छ। साढे पाँच हजार दर्शकले भरिभराउ ‘होर्डन पभिलियन’ मा नेपथ्यले शनिबार साँझ प्रस्तुति दिएको हो। कन्सर्टका...

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved