काठमाडौं - सहरी विकास मन्त्रालयले एक बर्षमा ११ हजार सुरक्षित घर निर्माण गरेको जनाएको छ ।
सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकारसम्मेलन मार्फत गत आर्थिक वर्ष २०८१/०८२ मा ११ हजारवटा सुरक्षित आवास निर्माण गरेको तथ्यांक सार्बजनिक गरेको हो ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीका अनुसार नेपालको सबैभन्दा लामो त्रिवेणी–सुस्त–बहुत्तरी झोलुंगेपुल सञ्चालनमा आएको, धरहरा परिसरमा निर्मित मुख्य संरचना सर्वसाधारणका लागि खुला गरिएको, फोहरमैला व्यवस्थापनका लागि हालसम्म दुईवटा व्यवस्थापन केन्द्र निर्माण जारी तथा थप एउटा केन्द्र निर्माण प्रक्रियामा रहेको छ ।
नीतिगत तर्फ राष्ट्रिय सहरी नीति, २०८१, नेपाल स्मार्ट सिटीसम्बन्धी सूचक, साथै विशिष्ट संरचना तथा सम्मेलन केन्द्र विकास समिति सञ्चालन तथा व्यवस्थापन आदेश कार्यान्वयनमा आएको छ ।
साथै, गत आर्थिक बर्षमा सुरू भएको अन्तर्राष्ट्रियस्तरको त्रिवि क्रिकेट स्टेडियमअन्तर्गत प्यारापिट र फ्लडलाइट निर्माण कार्य अन्तिम चरणमा पुगेको, ९७ वटा स्वास्थ्य भवन, ५ वटा सभाहल, २१ वटा सरकारी कार्यालय भवन तथा ९७ वटा विद्यालय भवन निर्माण सम्पन्न भएको छ । यस अवधिमा पाँचवटा आकस्मिक आश्रय भवन पनि निर्माण सम्पन्न गरिएको जनाएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टोखा, काठमाडौं - टोखा नगरपालिकामा सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ स्थापित समृद्ध नारी मञ्चको दोस्रो साधारण सभा गरिएको छ । 'सबैका लागि समानता समृद्ध नारी मञ्चको प्रतिवद्धता' नाराका...
टोखा, काठमाडौं - टोखाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गरेका विकास योजना र सेवा प्रवाहका बारेमा वडाबासीको गुनासो सम्बोधन गर्न...
काठमाडौं - यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ गतेसम्म मनसुन अवधि रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार...
काठमाडौं - टोखा नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि योजना तय गर्न सुझाव संकलन गरिरहेको छ । यसैक्रममा शनिबार वडा कार्यालयमा नीतिगत सुझाव तथा...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको...