अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैठौं च्याप्टर सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।
तीन दिनसम्म चलेको सम्मेलनको पहिलो दिनमा उद्घाटन सत्र राखिएको थियो भने दोश्रो दिन र तेश्रो दिन विभिन्न च्याप्टरहरुले प्रगति प्रतिबेदन, अनेसासको आगामी कार्यदिशा लगायतका बिषयमा गहन छलफल गरेको उपाध्यक्ष डिल्ली अम्माईले बताउनु भयो ।
बेल्जियमको आन्ट्रोप शहरमा भएको कार्यक्रममा भारत, अमेरिका, क्यानडा, बेलायत लगायत युरोपका विभिन्न देशमा रहेका एक दर्जनभन्दा बढि च्याप्टरबाट एक सय ५० जना भन्दा बढिको सहभागिता थियो ।
बुधवार सकिएको सम्मेलन पछि जारी घोषणापत्रमा नेपाली भाषा तथा साहित्यको प्रचारप्रसार तथा प्रवर्धनका लागि ई–बुक प्रकाशन गर्ने, नेपाली भाषा पाठशालालाई व्यवस्थित रुपमा संचालन गर्ने, भाषा कक्षाको पाठ्यक्रमलाई देशीय भाषामा प्रकाशन गर्ने उल्लेख छ । यसैगरी बालबालिकाहरुलाई नेपाली भाषा पठनपाठन र साहित्यिक क्षेत्रमा अग्रसर गराउन जोड दिने र नेपाली भाषा र साहित्यको प्रचारप्रसारका लागि युट्युव च्यानल संचालन गर्ने लगायत बुँदाहरु घोषणापत्रमा रहेको बेल्जियम च्याप्टरका महासचिव गोपाल दहालले जानकारी दिनुभयो ।
समापनमा बोल्दै अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेले बेल्जियम च्याप्टरद्धारा आयोजित सम्मेलन सफलतापूर्वक सम्पन्न भएको भन्दै कार्यक्रममा देखिएको सहभागिता, माया, ममतालाई आफुहरुले ढुकढुकीको रुपमा लिएको बताउनु भयो ।
अध्यक्ष वाग्लेले सम्मेलनले अनेसासलाई संसार र युरोपमय बनाएको बताउँदै प्रवाससा नेपाली साहित्यको बृद्धिविकासलाई अवसरको रुपमा लिदै यसलाई निरन्तरता दिन सबैले आआफ्नो क्षेधबाट सहयोग गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै डाक्टर कविता लामाले साहित्य बौद्धिक कसरत समेत भएकोले कार्यक्रम बिदेशी भूमीमा भएता पनि स्वदेशमै आयोजना भैरहेको जस्तो अनुभूती गरेको बताउनु भयो ।
अनेसास बेल्जियम च्याप्टरका अध्यक्ष तथा सम्मेलन आयोजक समितिका संयोजक सौरभ कारञ्जितले सबैको सहयोगले सम्मेलन सफल भएको अनुभूति गरेको बताउँदै सम्मेलनले विश्व साहित्यिक यात्रामा थप उर्जा प्रदान गरेको बताउनु भयो ।
कार्यक्रममा सल्लाहकार गोवर्धन पुर्जा, पूर्व अध्यक्ष पदम विश्वकर्मा, पोल्याण्डका कवि सुसन बर्देवा, अनेसास पोर्चुगलका संस्थापक अध्यक्ष केजिन राई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
समापनको पूर्व सन्ध्यामा कवि कवयीत्रीहरुले गजल, मुक्तक, कविता बाचन गरेका थिए । श्रष्ठाहरुले देशभक्ति, राष्ट्रप्रेम, समसामयिक नेपाली राजनीतिमा देखिएका बिकृती बिसंगती बिरुद्ध व्यङ्गय र आफु जन्मे हुर्के बढेको ठाउँको स्मरण गर्दै विभिन्न गजल तथा कविता मार्फत् भावनाहरु पोखेका थिए ।
समापनमा अनेसास फ्रान्सको प्रतिबद्धता अनुसार बेल्जियमका कवि ब्रम्ह्दत्त वाग्लेको आमा शीर्षकको कवितालाई फ्रान्सेली भाषामा अनुवाद गरी बाचन गरिएको थियो ।
सो अबसरमा आयोजकको तर्फवाट सम्मेलनमा सहभागि तथा सहयोगीहरुलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । यस्तै अनेसास बेल्जियमको तर्फवाट कवि ब्रह्मदत्त वाग्लेले बेल्जियममा नेपाली भाषा–साहित्य प्रवर्धनमा अनेसासको योगदान र नेपाली भाषा स्कूलको अवस्थाका बारेमा चर्चा गर्नुभएको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रम गरी सम्मान गरेको हो। स्थापनाको...
सुमधुर नयाँ गीत ‘तारा जुनैले’ सार्वजनिक भएको छ । प्रेम, आशा र वियोगको त्रिकोणात्मक भाव बोकेको यो गीतमा गायक ईश्वर सिंह र गायिका रितु कँडेलको...
काठमाडौं - सङ्गीतकार संघ नेपालको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई...
संसारको सबैभन्दा महँगो शो कुन हो र यसलाई बनाउन कति पैसा खर्च भयो वा हुनेछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ ? यदि तपाईं २००–४०० करोड सोच्दै हुनुहुन्छ...
जिन्दगी और साथ थोडा दे देश अपना हमे बनाना है जिन्दगीको ८८औँ वसन्तमा रहेका नेपाल तथा भारतका मुशायरा पारखीहरुमाझ शौक नेपालीका नामले प्रसिद्धि कमाएका अब्दुल लतिफ शौकले...