ताजा

  • मंगलबार, १७ असार, २०८२
  • ०५:२५:४७
  • नेपालीको अभिमत

समाचार / विविध

समृद्ध नारी मञ्चले गर्यो दोस्रो साधारण सभा

नेपालमत

सोमबार, १६ असार, २०८२

टोखा, काठमाडौं - टोखा नगरपालिकामा सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ स्थापित समृद्ध नारी मञ्चको दोस्रो साधारण सभा गरिएको छ । 

'सबैका लागि समानता समृद्ध नारी मञ्चको प्रतिवद्धता' नाराका साथ आयोजित साधारण सभा टोखा नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष शान्ता पौडेलको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले आगामी दिनमा मञ्चले अझै बढी स्थानीय संघ संस्था संग सहकार्य गर्दै अगाडी बढ्नु पर्ने सुझाव दिनुभयो । सार्वजनिक सम्पत्ति भएकोले मञ्चले आफ्ना जुनसुकै कार्यक्रम कम्युनिटी लर्निङ सेन्टरमा निर्धक्क भएर गर्न सक्ने समेत जानकारी दिनुभयो । साथै अध्यक्ष पौडेलले टोखा वडा नम्बर ६ अब छिटै नै बाल मैत्री घोषणा हुन लागेको समेत जानकारी दिनुभयो । 

मञ्चका अध्यक्ष विष्णु अर्यालको सभापतित्वमा सकिएको साधारण सभामा अध्यक्ष अर्यालले स्थापनाको छोटो समयमा यस संस्थाले आफ्नो उद्देश्य अनुसार काम गर्न सफल भएको बताउनु भयो । उहाँले आगामी दिनमा महिला, किशोरी तथा बालबालिकाको क्षमता अभिवृद्धि गर्ने, स्वास्थ्य शिक्षा र संस्कृतिको विकासमा नवीन कार्यक्रमको सुरुवात गर्ने योजनाका साथ अघि बढ्ने  प्रतिबद्धता व्यक्त गर्नुभयो । 

विशिष्ट अतिथि सामाजिक अभियन्ता कपिलदेव थापाले महिलाहरु अगाडी बढेर गरेका कार्यक्रमहरु पक्कै पनि सफल हुन्छन् भन्दै नाम जस्तै समृद्ध नारी मञ्च पनि समृद्ध बन्दै जाने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा संस्थाका कोषाध्यक्ष बसुधा भण्डारीले बार्षिक आयव्यय प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । टोखा नगरपालिका वडा नम्बर ६ मा अवस्थित कम्युनिटी लर्निङ सेन्टरमा भएको कार्यक्रममा संस्थाका अधिकांश सदस्यहरुको उपस्थित थियो ।

संस्थाका सचिव प्रमिला भण्डारीले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved