प्रवासी नेपाली मञ्च युरोपको प्रथम महादेशीय भौतिक बिस्तारित बैठकले १६ वुँदे घोषणापत्र जारी गरेको छ ।
नेकपा एमाले निकट बैचारिक संगठन प्रवासी नेपाली मञ्चले प्रशिक्षण कार्यक्रम सहित विस्तारित बैठक गरेको हो ।
बैठकले जारी गरेको १६ बुँदे घोषणापत्रमा पोल्याण्ड, साइप्रस, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरुमा नेपालीहरु तिब्ररुपमा आउने क्रम रहेको भन्दै कुटनीतिक नियोग स्थापना गर्ने निर्णय भै सकेका देश र निर्णय हुन बाँकी देशहरुमा समेत यथासिघ्र कुटनीतिक नियोग स्थापनाका लागि सरकार समक्ष माग गरिएको छ ।
यस्तै बिबिध कारणले हाल प्रवासमा बसिरहेका नेपालीहरुको नेपाली नागरिकताको निरन्तरताका लागि बैठकले माग गरेको छ ।
संयुक्त लगानीको प्रत्याभूतगर्न प्रवासी नेपाली मञ्चको नेतृत्वमा आगामी ६ महिना भित्र दुइ अरबको संयुक्त पुँजी संकलन गरी लगानी कम्पनी मार्फत् कार्य गर्न आवश्यक कागजी र प्रकृयागत कामहरु सम्पन्न गरी आवश्यक योजनाहरुको छनौट गर्ने घोषणा पनि बैठकले गरेको छ ।
त्यस्तै लामो समयदेखि समानताको आन्दोलन गरिरहेका बृटिस गोर्खाहरुको आन्दोलन प्रति ऐक्यबद्धता जाहेर गर्दै बृटिस सरकार र गोर्खाहरुबिच भैरहेको बार्तालाई सार्थक तुल्याउन आवश्यक गृहकार्यका लागि समन्वयगरी सिघ्र नतिजाको पहल गर्न नेपाल सरकारलाई अनुरोध गर्ने लगायतका बिषय घोषणा पत्रमा उल्लेख गरिएको बैठक पछि जारी प्रेस विज्ञप्तिमा छ ।
प्रशिक्षणको पहिलो सत्रमा 'प्रवासमा नेपाली महिला : अवसर, चुनौती र सम्भावना' दोश्रो सत्रमा 'नेपालमा लगानीको अवसर : सम्भावना र चुनौती' र तेश्रो सत्रमा 'एनआरएनएको सन्दर्भमा संस्थागत रणनीति र एकताको प्रयास' बिषयमा घनिभूत छलफल भएको मञ्चका सचिब बुद्धि बरालले जानकारी दिनुभयो ।
युरोपको राजधानी बेल्जियममा दुइ दिनसम्म चलेको बैठकको समापन कार्यक्रममा सोमबार बोल्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवम् युरोप–अमेरिका इन्चार्ज घनश्याम पाण्डेले नेपालको समग्र विकासका लागि प्रवासी नेपालीहरुको भूमिका र सहयोग अत्यन्त आवश्यक रहेको बताउनु भयो । यस्का लागि नेपालमा सीप, श्रम र पुजी लगानी गर्न सरकारले सहयोग गर्ने उहाँको भनाई थियो ।
पाण्डेले अहिलेको युग सूचना प्रविधिको युग भएकोले यस्को प्रयोग नेपालको सम्बृद्धि र पार्टी तथा संगठन बिस्तारमा प्रयोग गर्न आग्रह गर्दै यो आफुहरुका लागि बरदान र अभिसाप दुबै भएको बताउनु भयो । तर, यसलाई बरदानको रुपमा प्रयोग गर्न सके देशको विकास र संगठन निर्माणमा यस्को ठुलो भूमिका रहने बिचार व्यक्त गर्नु भयो ।
प्रमुख अतिथि पाण्डेले भौतिक र प्रविधिको प्रयोगबाट संगठन विस्तार गर्नु अहिलेको आवश्यकता भएकोले सबैले त्यसतर्फ ध्यान दिन आग्रह गर्नु भयो ।
उहाँले पछिल्लो समयमा नेपाली समुदायले विश्वका विभिन्न देश लगायत युरोपमा पनि नेपाली कला र संस्कृतिको विकास र जगेर्ना गर्दै नेपाली स्वाभिमानका लागि गरेको योगदानको प्रशंसा गर्नु भयो ।
प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय मञ्चका अध्यक्ष संजय थापाले प्रवासमा बसेर पनि आफुहरुले नेपालको समग्र विकास र नेपाली बिचको भावनालाई अझ बलियो बनाउन प्रयास तथा संगठन बिस्तार गरिरहेको र कालान्तरमा यस्ले पार्टीलाई अझ बढि फाइदा पुगोस भन्ने मनसाय रहेको बताउनु भयो ।
अध्यक्ष थापाले युरोपमा आयोजित भौतिक बैठकले संसारभरी संगठन विस्तारका लागि सहयोग पुग्ने पनि बताउनु भयो ।
'प्रवास संग्रह' स्मारिका बिमोचन
यसै बिच प्रवासी नेपाली मञ्च, राष्ट्रिय समिति बेल्जियमद्धारा तयार पारिएको 'प्रवास संग्रह' स्मारिका बिमोचन गरिएको छ ।
आइतवार नेकपा एमालेका केन्द्रिय सदस्य एबम युरोप अमेरिका इन्चार्ज घनश्याम पाण्डे, बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्साल, प्रवासी नेपाली मञ्च अन्तरास्ट्रिय कमिटिका अध्यक्ष संजय थापा, सचिब हेम शेर्पा, युरोप अध्यक्ष मुक्त गुरुङ, सचिब शालिक थपलिया, युरोप इन्चार्ज भक्त वाग्ले र मञ्चका बेल्जियम अध्यक्ष बिनोद न्यौपाने लगायतका बिशिष्ठ अतिथिहरुद्धारासंग्रहको संयुक्त रुपमा बिमोचन गरिएको थियो ।
स्मारिकामा मञ्चको स्थापना कालदेखि हालसम्म गरिएका बिशेष सामाजिक र राजनीतिक विवरण समेटिएको छ ।
संगठनका सदस्य, शुभचिन्तक र नयाँ पिँढिलाई आफुहरुले भोगेका, देखेका र गरेका प्रयासहरुलाई भोलीको पुस्ताले जानकारी पाओस् भन्ने अभिप्रायले स्मारिका प्रकाशन गरिएको मञ्चका अध्यक्ष बिनोद न्यौपानेले बताउनु भयो ।
कार्यक्रममा बिशेष अतिथि बेनेलक्सकालागि नेपाली राजदुत सेवा लम्साल, गैरआबासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिंखडा, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिका अध्यक्ष संजय थापा, नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापति सुवास गुरुङ, नेपाली जनप्रगतिशिल मञ्च बेल्जियमका अध्यक्ष मनिष गुरुङ, नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमका अध्यक्ष मेख गुरुङ लगायतले बैठक तथा प्रशिक्षण कार्यक्रमका लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
प्रवासी नेपाली मञ्चका सचिब बुद्धि बरालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष रमेश पौडेलले गर्नु भएको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
अस्ट्रेलियामा नेपाली समाज बढे सँगै व्यवसायिक क्षेत्रमा पनि नेपालीहरुको प्रभाव चुलिन थालेको छ । कुनै जमाना थियो जतिबेला, अस्ट्रेलियामा नेपालीले नेपालीलाई भेट्न गाह्रो हुन्थ्यो । तर,...
काठमाडौं - नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य गरेको छ । इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई–भिषा प्रोसेस गर्दा चुनौती...
नवलपरासी- बर्दघाट सुस्तापूर्व नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान...
काठमाडौं- वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै...
काठमाडौं- रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन हुनुभएको छ ।...