काठमाडौं - चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ।
बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रम गरी सम्मान गरेको हो।
स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम गर्दै २५ फिल्मका निर्मातालाई सम्मान प्रदान गरेकाे छ। जसमा धेरै कमाउनेकाे पहिलाे नम्बरमा ‘पूर्ण बहादुरको सारङ्गी’ परेकाे छ भने अन्तिम २५ मा ‘पशुपति प्रसाद २-भष्मे डन’ रहेकाे छ।
सरकारले बिकास बाेर्ड स्थापना भएकाे २५ बर्षकाे अवसरमा असार १५ लाइ राष्ट्रिय चलचित्र दिवसकाे रूपमा मनाउने निर्णय पनि हालै गरेकाे छ ।
यस्तो छ सम्मान पाउने फिल्मको सूची र कमाइ
१. पूर्ण बहादुरको सारङ्गी (४६ करोड ८७ लाख)
२. कबड्डी ४ (२१ करोड ४० लाख)
३. १२ गाउँ (१९ करोड ९२ लाख)
४. छक्का पञ्जा ४ (१७ करोड ५३ लाख)
५. जारी (१७ करोड ४८ लाख)
६. छक्का पञ्जा (१६ करोड १० लाख)
७. महाजात्रा (१५ करोड ६७ लाख)
८. छक्का पञ्जा ५ (१५ करोड २० लाख)
९. कोहिनुर (१४ करोड ७५ लाख)
१०. छक्का पञ्जा २ (१४ करोड ५१ लाख)
११. शत्रु गते (१२ करोड ६५ लाख)
१२. ऊनको स्वीटर (१० करोड ६२ लाख)
१३. कबड्डी २ (१० करोड ३५ लाख)
१४. बोक्सीको घर (१० करोड १० लाख)
१५. छ माया छपक्कै (९ करोड ९२ लाख)
१६. दिमाग खराब (८ करोड ९८ लाख)
१७. अञ्जिला (८ करोड ८३ लाख)
१८. परदेशी २ (७ करोड ९२ लाख)
१९. छक्का पञ्जा ३ (७ करोड ८३ लाख)
२०. प्रेम गीत ३ (७ करोड ६३ लाख)
२१. कबड्डी कबड्डी कबड्डी (७ करोड ५९ लाख)
२२. पुजार सार्की (७ करोड ३८ लाख)
२३. महापुरूष (७ करोड ३५ लाख)
२४. कबड्डी (७ करोड ३४ लाख)
२५. पशुपति प्रसाद २–भष्मे डन (७ करोड ३२ लाख)
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैठौं च्याप्टर सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । तीन दिनसम्म चलेको सम्मेलनको पहिलो दिनमा उद्घाटन सत्र राखिएको...
सुमधुर नयाँ गीत ‘तारा जुनैले’ सार्वजनिक भएको छ । प्रेम, आशा र वियोगको त्रिकोणात्मक भाव बोकेको यो गीतमा गायक ईश्वर सिंह र गायिका रितु कँडेलको...
काठमाडौं - सङ्गीतकार संघ नेपालको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई...
संसारको सबैभन्दा महँगो शो कुन हो र यसलाई बनाउन कति पैसा खर्च भयो वा हुनेछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ ? यदि तपाईं २००–४०० करोड सोच्दै हुनुहुन्छ...
जिन्दगी और साथ थोडा दे देश अपना हमे बनाना है जिन्दगीको ८८औँ वसन्तमा रहेका नेपाल तथा भारतका मुशायरा पारखीहरुमाझ शौक नेपालीका नामले प्रसिद्धि कमाएका अब्दुल लतिफ शौकले...