• बुधबार, २२ जेठ, २०८२
  • २१:००:३०
  • नेपालीको अभिमत

मनोरञ्जन / संगीत

सङ्गीतकार सङ्घ नेपालमा नयाँ नेतृत्व

नेपालमत

सोमबार, २० जेठ, २०८२

काठमाडौं -  सङ्गीतकार संघ नेपालको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई बिदाइ गर्दै सङ्गीतकार लामाको नेतृत्वमा एक जना महिला सदस्य बबिना भट्टराईसहित १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । 

यस्तै बरिष्ठ उपाध्यक्षमा राजेश थापा,  प्रथम उपाध्यक्षमा शङ्कर थापा स्माइल, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश बान्तवा राई, सचिवमा दीपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय चयन भएका छन् । 

त्यसैगरी, सदस्यहरूमा बबिना भट्टराई, हरि सायमी, कमलीकान्त भेटवाल, तारावीर पाण्डे, अर्जुन कौशल रहेका छन् । 

सङ्गीतरत्न शम्भूजित बासकोटा संस्थापक अध्यक्ष रहेको यस संस्थामा लक्ष्मण शेष, शान्तिराम राई, पारस मुकारुङ समेत अध्यक्ष भइसकेका छन् ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved