काठमाडौं - कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीहरूको वार्षिक विवरण अभिलेखनसम्बन्धी प्रमाणपत्र अब स्वचालित रूपमा उपलब्ध हुने नयाँ प्रणालीको सुरुवात गरेको छ। कार्यालयले २०८१ साल साउन ११ गतेदेखि लागू हुने गरी अनलाइन व्यवस्था सञ्चालनमा ल्याएको हो।
नयाँ व्यवस्थाअनुसार अबदेखि कम्पनीहरूले आफ्नो वार्षिक विवरण अनलाइन प्रणालीमार्फत (CAMIS) पेश गरेपछि आवश्यक दस्तावेजहरू सही ढंगले अपलोड भएमा प्रमाणपत्र स्वतः प्रणालीबाट प्राप्त हुनेछ। यसअघि कम्पनीहरूलाई उक्त प्रमाणपत्रका लागि छुट्टै निवेदन दिनुपर्ने झन्झट थियो, जुन अब हटाइएको छ।
कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार, अब सेवाग्राहीहरूले वेबसाइटमार्फत आफ्नो विवरण अद्यावधिक गरी प्रमाणपत्र सजिलै प्राप्त गर्न सक्नेछन्। यसले सेवा प्रवाहलाई सरल, पारदर्शी र छरितो बनाउने अपेक्षा गरिएको छ। कार्यालयले जानकारी दिएको अनुसार, जरिवाना तथा दस्तुर बुझाएपछि, विवरणको मस्यौदा परीक्षण गरी अन्तिम रूपमा पेश गर्ने प्रक्रिया पूरा गरेपछि प्रमाणपत्र प्रणालीबाट आफैं डाउनलोड गर्न सकिनेछ।
नयाँ प्रविधि प्रयोग गर्दा सेवाग्राहीले थप सहजता महसुस गर्ने विश्वास गरिएको छ। त्यस्तै, विवरणमा कुनै त्रुटि देखिएमा पुनः सम्पादन गरी आवेदन दिन सकिने व्यवस्था पनि उपलब्ध गराइएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको यो कार्यालयले डिजिटल रूपान्तरणतर्फको महत्वपूर्ण पाइला स्वरूप यस प्रणालीलाई लिएको बताएको छ। कार्यालयले सम्पूर्ण कम्पनी प्रतिनिधिहरूलाई समयमै विवरण अद्यावधिक गर्न तथा प्रणाली प्रयोग गर्न आग्रहसमेत गरेको छ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको 'बेष्ट बैंक अवार्ड २०२५'बाट सम्मानित भएको छ । यो अवार्ड सगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल...
काठमाडौं - आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा...
काठमाडौं - चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत...
काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५)...
काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गर्नु भएको छ। शुक्रवार...