काठमाडौं - भारतको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार (जुन १२, २०२५) दिउँसो दुर्घटनामा परेको थियो। यस दुर्घटनामा मृत्यु हुनेको संख्यामा थप बृद्दी भएको छ । अहिलेसम्म २६५ जनाको मृत्यु भइसकेको छ ।
विमानमा सवार यात्रु र चालक दलका सदस्य २४१ को मृत्यु भएको छ । दुर्घटनापछि विमान नजिकैको मेडिकल कलेजको होस्टेलमा खसेको थियो, जसमा थप २४ जनाको मृत्यु भएको छ ।
घटनाबारे थप जानकारी दिँदै स्थानिय अधिकारीले भने, ‘सिभिल अस्पतालमा आएका सबै शव नराम्ररी जलेका छन्, पहिचान गर्न निकै गाह्रो छ, मानिसको शवलाई विभिन्न टुक्रामा बाँडिएको छ । कोही जलेका छन् त कोही काटिएका छन् । यी शव थपिएपछि संख्या २६५ पुगेको छ ।”
दुर्घटना हुँदा विमानस्थल नजिकै रहेको मेडिकल कलेजको होस्टेलमा खाजा खाने समय थियो र अधिकांश यात्रुहरु मेसमा थिए । त्यही क्रममा यो विमान होस्टेलको संरचनामा खसेको थियो, जसका कारण धेरै चिकित्सकको पनि भग्नावशेषमा दबिएर मृत्यु भएको थियो । सो इलाका डीसीपीले २६५ जनाको मृत्यु भएको जानकारी दिएका छन् । तर, यसको आधिकारिक घोषणा भने भइसकेको छैन।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - शिव मन्दिरको बिषयलाई लिएर थाइल्याण्ड र कम्बोडिया बिचमा बिबाद र गोली हानाहान जारी छ। तर, यसैबेला कम्बोडियावाट एउटा अर्को खबर आएको छ । कम्बोडियामा यतिखेर...
काठमाडौं - विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ । यस सम्बन्धमा वैज्ञानिकहरुको अनुसन्धानले धेरै चकित पार्ने खुलासा गरेका छन्। ग्लेशियरहरू र ज्वालामुखी गतिविधिहरू बीचको...
काठमाडौं - रसुवागढी क्षेत्रमा सोमबार बिहान आएको भीषण बाढीले चीन–नेपाल सीमावर्ती क्षेत्रलाई अकल्पनीय क्षति पुर्याएको छ। गोसाइँकुण्ड गाउँपालिका २ स्थित लिङ्दे खोलामा चीनतर्फबाट आएको बाढीका कारण नेपाल–चीनको...
काठमाडौं - विज्ञानमा हरेक दिन नयाँ नयाँ खुलासा भइरहेका छन्, भर्खरै यस्तो खुलासा भएको छ कि जुन थाहा पाउँदा तपाई पनि छक्क पर्नु हुनेछ । एक...
काठमाडौं - विशेष गरी यो गर्मिको मौसममा दिउँसोको चर्को घाममा अफिस वा बजारबाट फर्किंदा कडा टाउको दुख्ने, चक्कर लाग्ने र अन्योल महसुस हुन सक्छ ।...