ताजा

  • आइतबार, ५ जेठ, २०८२
  • ०२:५३:१४
  • नेपालीको अभिमत

मनोरञ्जन / साहित्य

नेपालगन्जमा एक दशक पछि मुशायराको गुञ्जन

नेपालमत

शनिबार, ४ जेठ, २०८२

जिन्दगी और साथ थोडा दे

देश अपना हमे बनाना है 

जिन्दगीको ८८औँ वसन्तमा रहेका नेपाल तथा भारतका मुशायरा पारखीहरुमाझ शौक नेपालीका नामले प्रसिद्धि कमाएका अब्दुल लतिफ शौकले आफूभन्दा पाँच दशक कान्छा गजलकार लक्ष्मण सँगमसेत सहभागी मुशायरामा गजलको यो शेर सुनाउँदा हल तालीले गुन्जियो । 

नेपालगन्जमा लामो समयपछि शुक्रबार मुशायरा आयोजना गरिएको थियो । नेपालगन्जका उर्दुभाषी शायरहरु एवं नेपाली भाषी चर्चित गजलकारहरु एकसाथ मुशायरामा प्रस्तुत भएका थिए । नेपलगन्जमा यस्तो मुशायरा करिब एक दशकपछि भएको हो । मध्यपश्चिम स्रष्टा समाजको आयोजनामा भएको उक्त मुशायरामा ११ जना शायर तथा गजलकारहरुले आफ्‌ना छानिएका रचनाहरु सुनाए । 

नेपालगन्जका साहित्यकार, राजनीतिकर्मी, चिकित्सक तथा अन्य पेशाकर्मीहरुले लामो समयपछि शहरमा मुशायराको आनन्द लिन पाइएको भन्दै खुसी व्यक्त गरे ।

मुशायरामा शौक नेपालीसँगै उर्दुभाषी शायरहरु शैयद नेपाली, मुस्तफा अहसन कुरैसी, जमिल हाशमी, अन्सर नेपाली, सर्वर नेपाली र मो. आरिफ अन्सारीले आफ्‌ना उत्कृट गजलहरु सुनाए । यसैगरी डा. निरज भट्टराई, हुकुम धड्कन र लक्ष्मण सँगमले नेपाली भाषामा र सविन एकतारेले नेपाली तथा अवधी भाषमा गजल सुनाए । हुकुम, अन्सर र शैयदले गायनमा पनि गजल सुनाएका थिए ।

कार्यक्रममा साहित्यिक कार्यक्रममा विरलै सहभागी हुने व्यक्तिहरु पनि सहभागी भएका थिए । उनीहरुले मुशायरामा उच्च कोटीका गजलहरु सुन्न पाइएको प्रतिक्रिया दिए । 

कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार, सम्पादक एवं साहित्यकार नगेन्द्रराज शर्मा, नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकी, वरिष्ठ कथाकार सनत रेग्मी, प्रा.डा. कृष्णप्रसाद घिमिरे, डा. हरि तिमिल्सेना, प्राज्ञ शभा सदस्य शशीराम कार्कीसमेतको उपस्थिति रहेको थियो । 

मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष बिपी अस्तुले समाजले आयोजना गर्दै आएको कविता श्रवणको श्रृंखला काव्यगन्जको तेस्रो अंकमा मुशायरा आयोजा गरिएको जानकारी दिए ।

यसैगरी सोही कार्यक्रममा विगत ५४ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको साहित्यिक पत्रिका अभिव्यक्तिका संस्थापक सम्पादक नगेन्द्रराज शर्मा र विगत ३२ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको शिवपुरी सन्देश पत्रिकाका पत्रिकाका प्रकाशक सम्पादक तथा नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकीका अनुभवहरु पनि सुनिएको थियो । स्रष्टा समाजकै विमर्श बिन्दु नामक अन्तक्रियात्मक कार्यक्रमको पाँचौ अंकमा शर्मा र वियोगीका अनुभवहरु सुनिएका हुन् । समाजका अध्यक्ष बिपी अस्तुले सहजीकरण गरेको उक्त कार्यक्रममा शर्मा र बुढाथोकीले साहित्यिक पत्रिका सुरु गर्दाका र त्यसलाई निरन्तरता दिँदाका अनुभवहरु साझा गरेका थिए ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    षट्कोण आर्ट्सले घोषणा गर्‍यो ‘लालीबजार’

    ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आट्र्सले नयाँ फिल्म ‘लालीबजार’ घोषणा गरेको छ । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास...

  • नेपालमत

    सिड्नीमा नेपथ्यको विशाल प्रस्तुति

    सिड्नी - पृथ्वीको दक्षिणी गोलार्धमा रहेको सहर सिड्नीमा नेपथ्यले अहिलेसम्मकै भव्य कन्सर्ट प्रस्तुत गरेको छ। साढे पाँच हजार दर्शकले भरिभराउ ‘होर्डन पभिलियन’ मा नेपथ्यले शनिबार साँझ प्रस्तुति दिएको हो। कन्सर्टका...

  • नेपालमत

    नारी प्रधान चलचित्र ‘कोशेढुंगा’को निर्माण सुरु

    काठमाडौं - चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ ।  चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्रको महाशिवरात्रिकाे अवसर पारेर बुधबार शुभमुहूर्त गरिएको हो...

  • नेपालमत

    ‘लाज शरणम्’मा रहेको बालेनको गीतले बनायो रेकर्ड

    चलचित्र ‘लाज शरणम्’को गीतले नयाँ रेकर्ड बनाएको छ। युट्युबमा यो गीतले रेकर्ड बनाएको हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै...

  • नेपालमत

    'पहाड' मार्फत निर्देशनमा फर्किए तुलसी घिमिरे

    निर्देशक तुलसी घिमिरेले फिल्म ‘पहाड’ को मुहुर्त गर्दै छायाङ्कन सुरू गरेका छन् । आज गोरखा दरबारमा पुजा गरेपछि छायाङ्कन सुरू गरिएको फिल्ममार्फत झन्डै आठ वर्षपछि निर्देशक...

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved