टोखा, काठमाडौं - टोखाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गरेका विकास योजना र सेवा प्रवाहका बारेमा वडाबासीको गुनासो सम्बोधन गर्न सुनुवाइ राखिएको वडा अध्यक्ष शान्ता पौडेलले बताउनु भयो ।
सुनुवाईमा आगामी दिनका लागि सुधार गर्नुपर्ने विषयमा पनि वडाबासीले सुझाव राखेको उहाँले बताउनु भयो । आर्थिक वर्ष सकिन लाग्दा भएको सार्वजनिक सुनुवाईमा झण्डै ६० वढि वडाबासीको सहभागिता थियो ।
कार्यक्रममा चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण प्रस्तुत गरिएको थियो । यस वर्ष ६० योजनामा काम भएको, १ सय २६ व्यवसाय दर्ता भएको, १६ सय घरधुरीले कर तिरेको, ३ सय १ जनाले सामाजिक सुरक्षा कोषको तेस्रो किस्ता बुझेको, हालसम्म झण्डै १ करोड ५४ लाख रुपियाँ कर उठेको वडाले जनाएको छ ।
यस वर्ष झण्ढै २ करोड कर उठ्ने अनुमान वडाले गरेको छ ।
सुनुवाईमा सहभागिहरुले शैक्षिक क्षेत्रको अनुगमन बढाउन, सीपमुलक तालिमको उपयोगिता परिक्षण गर्न, खानेपानीको स्वच्छता सुनिश्चित गर्न, स्वास्थ्य शिविरहरु राख्दा व्यवस्थापकीय सुधार गर्न, वडाबासीको मानसिक स्वास्थ्य समाधानका लागि पहल गर्न लगायतका सुझाव दिएका थिए ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ गतेसम्म मनसुन अवधि रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार...
काठमाडौं - टोखा नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि योजना तय गर्न सुझाव संकलन गरिरहेको छ । यसैक्रममा शनिबार वडा कार्यालयमा नीतिगत सुझाव तथा...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको...
काठमाडौं - काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ । बिजुलीबाट...
काठमाडौं - काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २०ओटा दुई पाङग्रे सवारी साधन (मोटरसाईकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार...