• शनिबार, १५ बैशाख, २०८१
  • १६:१४:५८
  • नेपालीको अभिमत

बाहिरको नेपाल

वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु

नेपालमत

बुधबार, १३ असार, २०८०

नवलपरासी- बर्दघाट सुस्तापूर्व नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान गुमाएका हुन् ।

वैदेशिक रोजगारको क्षेत्रमा जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन कार्यक्रमका संयोजक रितुराम सोतीका अनुसार यस वर्ष २७ पुरुष र एक महिलाको वैदेशिक रोजगारका क्रममा मृत्यु भएको छ । ज्यान गुमाउनेमा देवचुलीका सात, कावासोतीका ६, मध्यविन्दुका ६, गैँडाकोटका चार, विनयी त्रिवेणीका तीन र हुप्सेकोटका एक जना छन् ।

अत्यधिक समय काम गर्ने, भनेजस्तो नहुँदा तनावमा काम गर्नेलगायत कारणले ज्यान गुमाउने गरेको पाइएको कार्यक्रमका परामर्शदाता रञ्जना लम्सालले बताउनुभयो । अत्यधिक रकम खर्चेर विदेश जाँदा धेरै आम्दानी गर्ने दबाबका कारण लगातार काम गर्दा कतिपय घटना हुने गरेको उहाँले बताउनुभयो ।

संयोजक सोतीका अनुसार एक वर्षमा वैदेशिक रोजगारसम्बन्धी नवलपुरमा एक सय ८८ मुद्दा दर्ता भएका छन् । तथ्याङ्कानुसार ठगीमा पर्नेको सङ्ख्या सबैभन्दा बढी छ । एक सय ८८ मध्ये एक सय १८ मुद्दा ठगीसम्बन्धी रहेका छन् । उद्धारसम्बन्धी ३०, मृत्युका ३० र अन्य प्रकृतिका १० मुद्दा १० छन् । 
 
सुरक्षित आप्रवासन कार्यक्रममार्फत दर्ता भएकामध्ये  ८१ मुद्दाको समाधान गरिएको र यसबाट पीडितलाई रु तीन करोड २० लाख ६० हजार क्षतिपूर्ति उपलब्ध गराइएको संयोजक सोतीले बताउनुभयो । जिल्लामा सञ्चालित कार्यक्रममार्फत सूचनामा पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताका क्षेत्रमा रहेका काम गर्ने गरिएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    अस्ट्रेलियामा फैलदै नेपाली व्यवसायीको 'डोको'

    अस्ट्रेलियामा नेपाली समाज बढे सँगै व्यवसायिक क्षेत्रमा पनि नेपालीहरुको प्रभाव चुलिन थालेको छ । कुनै जमाना थियो जतिबेला, अस्ट्रेलियामा नेपालीले नेपालीलाई भेट्न गाह्रो हुन्थ्यो ।  तर,...

  • नेपालमत

    इन्डोनेशिया जाँदा स्टिकर भिषा अनिवार्य

    काठमाडौं - नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य गरेको छ । इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई–भिषा प्रोसेस गर्दा चुनौती...

  • नेपालमत

    पोर्चुगलमा सुतेकै ठाँउमा मृत भेटीए गणेशमान

    काठमाडौं- वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै...

  • नेपालमत

    आइएफआरसीको महासचिवमा पुनः चापागाईं

    काठमाडौं- रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन हुनुभएको छ ।...

  • नेपालमत

    यूएईमा एक नेपालीले जिते ७१ करोड ७७ लाख रुपैयाँको चिठ्ठा

    काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)मा एक नेपालीलाई ७१ करोड ७७ लाख रुपैयाँ बराबरको चिठ्ठा परेको छ । ठेगाना र थर नखुलाइएका पदम नामका नेपालीलाई महजुज राफल ड्रमार्फत...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved