काठमाडौं - नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक (डिएसपी) गोविन्द पन्थी भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी, कागज किर्तीलगायतका गम्भीर अपराधको अनुसन्धानमा संलग्न हुँदा धम्की, राजनीतिक दबाब र अन्ततः सरुवासम्मको चपेटामा परेका थिए।
३० वर्षसम्म प्रहरी सेवामा रहेर कर्तव्यनिष्ठ ढंगले काम गरेका पन्थी ५८ वर्षको उमेरमा गत भदौ १६ गते अनिवार्य अवकाशमा गए। उनले कार्यकालभरि मानव तस्करी, ठगी, हत्या जस्ता जघन्य अपराधको अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गरे।
गत वर्ष कात्तिकमा उपत्यका अपराध अनुसन्धान कार्यालयले पन्थीलाई उत्कृष्ट कार्य सम्पादनका लागि ‘सर्वोत्कृष्ट प्रहरी’को उपाधि प्रदान गरेको थियो। उपत्यका अपराध अनुसन्धान महाशाखाको पिलर-८ को नेतृत्व गर्दै उनले वैदेशिक रोजगारका नाममा हुने ठगी, नक्कली कागजात बनाउने गिरोहमाथि ठोस अनुसन्धान सुरु गरे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६४१ राहदानीसहित फर्काइएका शंकास्पद यात्रुहरूको अनुसन्धान पन्थीको नेतृत्वमा भएको टोलीले गर्यो।
अनुसन्धानका क्रममा विभिन्न ट्राभल एजेन्सी, कन्सल्टेन्सी, म्यानपावर कम्पनी, होटल, एयरलाइन्स, श्रम विभाग, अध्यागमन विभाग र प्रहरीका केही कर्मचारीको मिलेमतोमा व्यापक मानव तस्करी सञ्चालन भइरहेको खुलासा भयो। पन्थीको टिमले करिब ४० जनालाई पक्राउ गरी कागज किर्ते, मानव तस्करी र संगठित अपराधअन्तर्गत मुद्दा दायर गर्यो। मुद्दालाई संगठित अपराधमा लैजान सरकारी वकिलसँग निकै बहस गर्नुपरेको थियो। तर अनुसन्धानको क्रममा पन्थीलाई विभिन्न तरिकाले दबाब दिइयो। अख्तियारमा १६ पानाको उजुरी हाल्ने धम्की दिइयो, राजनीतिक पहुँच भएका व्यक्ति–विशेषले संरक्षण दिइरहेका संस्थाहरूको नाम अनुसन्धान प्रतिवेदनमा आउन थालेपछि पन्थीमाथि चरम दबाब सिर्जना भयो।
एक महिनाभित्र फाइल अर्को पिलरमा फिर्ता गर्न, अनुसन्धान टुंग्याउन र मुद्दा कमजोर बनाउने प्रयास भइरहे पनि तत्कालीन एसएसपी सोमेन्द्रसिंह राठौरले स्पष्ट निर्देशन दिए – “जुनसुकै तहका व्यक्ति किन नपरे, जरैदेखि अनुसन्धान गर।”
डिएसपी पन्थीले यसअघि पनि उपत्यकामा भएका चर्चित हत्या र अपराधका घटनामा सफल अनुसन्धान गरेका थिए। कपनमा निरा पाण्डेको हत्या, तार्केश्वरमा ९० वर्षीय वृद्धको विभत्स हत्या, रामघाटमा भारतीय नागरिकको हत्या जस्ता घटनामा संलग्नलाई पत्ता लगाएर कानुनी दायरामा ल्याएका थिए।
तर, जब भिजिट भिसा प्रकरणमा ठूला नृपहरूको नाम आउन थाल्यो, पन्थीको सरुवा भयो। अनुसन्धान टिममा अन्य सदस्य पठाइए। तर, पन्थीको प्रतिवेदनले प्रहरी संगठन र देशकै नीति निर्माण तहलाई सोच्न बाध्य बनाएको छ।
अब यो विषय निष्पक्ष र गहिरो अनुसन्धान हुन आवश्यक छ। सरकारले विशेष न्यायिक आयोग गठन गरेर यस मामिलामा संलग्न सबै तहका व्यक्ति–विशेषमाथि छानबिन गर्नुपर्ने माग तीव्र बन्दै गएको छ। आयोग गठन भई छानबिन भएमा विगतका केही गृहमन्त्री, श्रममन्त्रीदेखि प्रधानमन्त्रीका सचिवालयसम्मको संलग्नता उजागर हुने सम्भावना उच्च देखिन्छ।
उनले फेसबुकमा यस्ताे लेखेका छन्ः
भिजिट भीषा अनुसंधान गर्दा धम्की र सरुवा सम्म !
जब मानव बेचबिखन अनुसंधान ब्युरोको टोलि एयर्पोर्ट बाट हट्यो त्रिभुवन बिमानस्थल सुरक्षा कार्यालयले आफ्ना गतिबिधी अगाडि बढायो र शंकास्पद कागजात मिति २०८० आश्विन १९ गते १६४१ राहदानी सहित उपत्यका अपराध अनुसंधान कार्यालयमा पठाइयो।त्यस बखत म ८ न पिलरमा DSP को रुपमा नेतृत्व गर्दै थिए उक्त पिलरले वैदेशिक रोजगार ठगी मुद्दा को अनुसंधान तथा कारबाही गर्दथ्यो।तसर्थ एयर्पोर्ट बाट आएका कागजात ३ न पिलर मा आए।उक्त पिलरले ठगी हेर्ने हुदा स्वभाबिक भयो।एक महिनाको अनुसंधानमा राहदानी आउने अनि जस्को हो उसैलाई फिर्ता दिने कार्य भयो।त्यस बाट अपेक्षित परिणाम नआए पछि तत्कालिन SP रबिन्द्र रेग्मी सर ले SSP सोमेन्द्र सिंह राठौर सर सङ्ग सल्लाह गरेर उक्त भिजिट भिषा प्रकरण ८ न पिलर बाट मलाई हेर्न निर्देशन भए पश्चात् मेरो जिम्मेवारी तोकियो।तत्पश्चात मेरो नेतृत्वको टोलिले गहिरिएर अनुसंधान गर्दा सबै नक्कली कागजात तयार गर्ने , काम ल्याउने दलाल, कन्सल्टेन्सी , ट्राभल ब्याबसायी , म्यानपावर ,होटल र एयरलाइन्स , अध्यागम , श्रम बिभाग र प्रहरिका केही अधिकारीको मिलोमतो मा ठूलो तस्करी संचालित भएको देखिए पछि मैले अनुसंधान प्रतिवेदन पेश गरेको मा तत्कालिन कार्यालय प्रमुख SSp सोमेन्द्र सिंह राठौर ले कसैलाई नछाडी जरैमा पुग्न जुन साहसिक निर्देशन दिनु भएको थियो तत्पश्चात २० जना दलाल,२० वटा ट्राभल ,८ क्स्न्सल्टेन्सी , नेता र कर्मचारी गरि ३७ जना नियन्त्रणमा लिएर मानव तस्करी , किर्ते र सङठित अपराध मुद्दा चलाइएको थियो।
उक्त मुद्दा लाई सङठित मा लैजान हामिले सरकारी वकिल सङ्ग नोक झोक नै गर्नु परेको थियो र मैले अनुसंधान गर्दा मलाई अख्तियारमा१६ पाने भोर्याउने धम्की पनि नदिइएको हैन ।कुनै कुरालाई प्रभाह नगरी पत्रकार सम्मेलन बाट आफ्नो तालुक कार्यालय गृह मन्त्रालयका अधिकारिको सङ्लग्नता मानव तस्करी भएको र दैनिक डेढ करोड देखि २ करोड कर्मचारीले लिने गरेको निर्भीकताका साथ तथ्यमा आधारित भएर बोलेको थिए।जुन कुरा ब्याबसायिक र निडर हिम्मतिलो कार्यालय प्रमुख सोमेन्द्र सर को कारण बाट सम्भब भएको थियो।पछि अनुसंधान भएर कतिपय पुर्पक्षका लागि थुनामा समेत गए र कतिपय धरौटीमा छुटे। उक्त file अनुसंधानको लागि अख्तियार दुरुपयोग अनुसंधान आयोगमा समेत पठाइएको थियो। दुई बर्ष न भयो बल्ल।आशा गरौ अनुसंधान हुँदै होला। धेरै दलाल र ठुला तस्करीमा सङ्लग्न दुबइ र भारत गएर बस्नु पर्यो।त्यस्तो स्थिती सिर्जना गरिदिए पछि मेरो सरुवा गराउन ठूलो थैली को जोहो गरेर बुझाएको हल्ला चल्यो। नभन्दै मेरो सरुवा भयो।सरुवा कसरी भयो र किन कार्यालय प्रमुख्ले भन्दा पनि रोकिएन भनी गोप्य तरिकाले बुझ्दा २,३ दिन अगाडि हटेका गृहमन्त्री नारायण काजी श्रेष्ठले टिपाएको र तत्कालीन igp वसन्त कुवर को जोडबल मै भएको बुझिए पछि ssp सोमेन्द्र सरले रोक्न हालका igp तत्कालीन मेट्रो प्रमुख दिपक थापा सरलाई भन्दा समेत माथिको आदेश भनियो जस्का कारण सरुवा रोकिएन। पछि तत्काल गृहमन्त्री फेर बदल पश्चात् मैले गृहमन्त्री रबि लामेछाने लाई एउटा पत्र लेखे जस्को कारण मेरो सरुवा कानुन त रोकिएन किनकी बदर गर्दा रकम फिर्ता गर्नु पर्थ्यो।तसर्थ मौखिक रुपमा रवाना नगरी त्यही काम गर्न भनियो।मैले लेखेकोनपत्र पछि सार्बजनिक गर्नेछु।
तसर्थ साच्चिकै अनुसंधान गरेर तस्करी नियन्त्रण गर्ने र शुशाशन ल्याउने हो भने यो विषयमा अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नु पर्दछ।त्यसो गरियो भने एकाद बाहेक कुनै गृहमन्त्री , श्रममन्त्री र प्रधानमन्त्रीको सचिवालय टिम समेत कानुनी कठघरामा उभिने छ।अहिले सहसचिब तिर्थ भट्रराइ लगायत अख्तियारको अनुसंधान को दायरामा रहेकोले हिम्मत गर्नु पर्दछ।अख्तियार प्रमुख ज्यु ले इतिहासमा नाम लेखाएर जनताको मनमा बस्ने अबसर आएको छ।यो विषय सुक्ष्म र निस्पक्ष अनुसंधान हुने हो भने ठूलो उथल पुथल हुने निश्चित छ।अबसर लाई सदुपयोग होस।शुभकामना ।
(न्यूजकारखाना)
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
अहिले चट्याङको सिजन छ। दिनहुँ धनजनको क्षति भएको समाचार आइरहेका छन्। सप्तरीमा शनिबार बिहान चट्याङ लागेर सात वर्षीया बालिकाको ज्यान गएको छ, अर्का सात वर्षीय बालक...
कालिकोट - कर्णाली नदीको पारि, विकट र कच्ची सडकहरूलाई चिर्दै एउटा ट्याक्टर आइतबार राति आफ्नो गन्तव्यतर्फ अघि बढिरहेको थियो। पलाँता गाउँपालिका-९ को थिर्पुबाट निस्केको त्यो सानो सवारी...
अप्रिल १५, २०२५ को सिएनएनको अनलाइन पोर्टलको समाचरमा ‘भारत र पाकिस्तानमा बढेको चरम गर्मीको लहरले तापक्रम डेथ भ्याली स्तरमा पुग्ने छ’ भन्ने प्रसंग छ। यस...
तपाईंले ओलम्पिक, क्रिकेट, फुटबल, दौड देख्नुभएको होला तर के तपाईंले कहिल्यै ‘स्पर्म रेस’ सुन्नुभएको छ ? र त्यो पनि स्टेडियममा हजारौं मानिसहरूको अगाडि लाइभ कमेन्टरी सहित...
परिचय हावा पृथ्वीमा रहेका सबै जीवजन्तु र वनस्पतिका लागि नभई नहुने कुरा हो। यसको अभावमा जीव र वनस्पति संसारको अस्तित्वको कल्पना गर्न सकिँदैन। विकसित परिवर्तित परिप्रेक्ष्यमा...