२०७० साल वैशाखको पहिलो हप्ता । टिच फर नेपालको पहिलो समूहको फेलोको रूपमा दक्षिण ललितपुरको यात्रा शुरू भयो । सातदोबाटोबाट चापागाउँहुँदै छपेलीतिर लाग्दै गर्दा गाडी गुड्ने बाटो साँघुरिन थाल्यो । बाटोमा पहिरोले झारेका अजङ्गका ढुङ्गा छिचोल्दै अगाडि बढ्ने क्रममा बाटो मुनिको भयानक भीरमा आँखा परेको वेला आङ नै सिरिङ्ग हुन्थ्यो ।
तत्कालीन प्युटार गाविस (हाल वागमती गाउँपालिका वडा नं. ५) को गढीभञ्ज्याङ भन्ने ठाउँमा गाडी रोकियो । म पढाउन जान लागेको सामुदायिक विद्यालय चण्डेश्वरी मावि पुग्न त्यहाँबाट करीब एक घन्टाको उकालो हिंड्नुपर्ने रहेछ । मलाई लिन केही विद्यार्थीको साथमा विद्यालयका एक जना शिक्षक आउनुभएको थियो । विद्यार्थी लजाएर परै बसे । बोल्न जाँदा उनीहरू मुख छोपेर बुट्यानमा लुक्न गए ।
मलाई अचम्म लाग्यो । मैले यसको कारण शिक्षकलाई सोधें । उहाँले जवाफ दिनुभयो, “माथि पूरै तामाङ बस्ती छ । विद्यालयमा समेत सबै तामाङभाषी विद्यार्थी छन् । उनीहरू अरू भाषा बोल्नेहरूसँग लजाउँछन् ।”
v v v
उकालो चढेर असिनपसिन हुँदै गाउँ पुगियो । थकाइ मार्न बस्नुभन्दा गाउँको परिवेश बुझ्न म बढी उत्सुक थिएँ । म गाउँको चक्कर लगाउन थालें । साना–साना भाइबहिनी र उमेर ढल्किएका बाजेबज्यैहरूसित कुराकानी गर्न कठिन भयो । उहाँहरूले नेपाली भाषा राम्रोसँग नबुझ्ने र मैले तामाङ भाषा नबुझ्ने । थाहा पाएँ, बूढापाकाले नेपाली भाषालाई ‘पर्वते भाषा’ भन्दा रहेछन् । गाउँ डुल्ने क्रममा नै विद्यालय पनि पुगें । विद्यालय बन्द भइसकेको थियो ।
विद्यालयको आँगनमा गएर खाल्डोमा थुपारिएको कागजका पानाहरू पल्टाउन थालें । ती पानाहरूमा राम्रोसँग बुझिने शब्दहरू थिएनन् । यसो हेरें ‘बल’ को ठाउँमा ‘बाल’ थियो । ‘साग’ को ठाउँमा ‘सँग’ । लगभग सबै आकार लाग्ने अक्षरहरूमा अकार थियो भने अकार लाग्नेमा आकार । नेपालीको जवाफ लेखिएको पानामा एक अनुच्छेद पढ्न पनि सकिएन । ह्रस्व दीर्घको कुरै छाडौं । कति शब्दहरू नेपाली भाषामा शुद्ध थिएनन् । मैले आफ्नो अगाडि चुनौतीको चाङ देख्न थालें । कक्षा ९ को ढोका अगाडि हेरें । त्यसमा विज्ञानलाई अंग्रेजीमा गलत स्पेलिङ राखेर scince लेखिएको थियो र एउटा क्रस चिह्नले काटिएको थियो । म त विज्ञान विषय पढाउन त्यहाँ गएको थिएँ । यो सब देखेपछि एकातर्फ विज्ञान कसरी पढाउने भन्ने चिन्ता बढ्यो भने अर्कोतिर भाषाको समस्याले निकै पिरोल्यो ।
मैले आफैंबारे सोच्न थालें । नेपाली मातृभाषा भएको म, नेपालीमा भनिएका कुराहरू जति गहनताका साथ बुझ्दछु, मैले सिकेका अन्य भाषाहरूमा त्यो गहनता आउँदैन । मनैदेखि लागेको कुरा अंग्रेजी भाषामा अभिव्यक्त गर्न सक्दिनँ । कतै मेरा विद्यार्थीलाई यस्तो त भइरहेको छैन ? म झल्यास्स भएँ ।
कक्षा ९ र १० का विद्यार्थीलाई मैले बोलेको बुझ्नमा खासै समस्या थिएन । खेलकुद र व्यापारको लागि गाउँ बाहिर जाने भएकाले नेपालीभाषीसँग उनीहरूको हिमचिम हुने रहेछ । कक्षा ६, ७ र ८ मा चाहिं मेरो कक्षामा धेरै विद्यार्थी अवाक् भएर मलाई हेरिरहन्थे । मैले प्रश्न सोध्दा जवाफ दिन सक्दैनथे । मसित प्रश्न गर्न पनि सक्दैनथे । मैले रोमाञ्चक तरिकाले कथाहरू सुनाउने प्रयास गर्दा पनि त्यसमा उनीहरूको खासै आकर्षण हुँदैनथ्यो ।
म विज्ञान सिकाउन गएको मान्छे, भाषाले पैदा गरेको समस्यामा अल्झिन थालें । मेरो शिक्षण प्रभावकारी भएन । हुने कुरै थिएन । नेपाली नबुझ्दा विज्ञानका अवधारणा नै उनीहरूले बुझेनन् । नेपाली भाषा लेखनको आधार झन् कमजोर थियो । कापीमा जवाफ लेख्न उनीहरूलाई धौ–धौ हुन्थ्यो ।
शुरूमा मलाई पनि लाग्थ्यो, कक्षाभरि विद्यार्थीले नेपाली नै बोल्नुपर्छ । समूह कार्यमा पनि नेपाली नै बोल्नुपर्छ । म विद्यार्थीलाई यसैको लागि प्रोत्साहित गर्दथें । तर, विद्यार्थी मान्दैनथे । उनीहरू आफ्ना साथीहरूसँग मातृभाषामा नै बोल्दथे । उनीहरूले मलाई नटेरेको जस्तो लाग्दथ्यो । म उनीहरूलाई गाली गर्थें । त्यसपछि एकछिन त उनीहरू नेपाली भाषामै बोल्थे । तर केही समयमै फेरि आफ्नै मातृभाषामा कुरा गर्दथे । यसले मलाई दिक्क लाग्न थाल्यो । आफ्नो भाषा मात्र बोलेर कसरी उनीहरूले सिक्न सक्लान् र जस्तो लाग्थ्यो ।
पाठ्यक्रम नेपाली भाषामा छ । पाठ्यपुस्तकहरू नेपाली भाषामै छन् । शिक्षण सिकाइ नेपाली भाषामै हुन्छ । सन्दर्भ सामग्रीहरू पनि नेपाली भाषामै छन् । त्यसैले म हरदम उनीहरूलाई नेपाली भाषाकै लागि प्रोत्साहित गर्दथें । तर, नेपाली भाषा लादेर मात्र केही हुने देखिनँ ।
मैले आफैंबारे सोच्न थालें । नेपाली मातृभाषा भएको म, नेपालीमा भनिएका कुराहरू जति गहनताका साथ बुझ्दछु, मैले सिकेका अन्य भाषाहरूमा त्यो गहनता आउँदैन । मनैदेखि लागेको कुरा अंग्रेजी भाषामा अभिव्यक्त गर्न सक्दिनँ । कतै मेरा विद्यार्थीलाई यस्तो त भइरहेको छैन ? म झल्यास्स भएँ ।
यसपछि मैले एउटा तरिका अपनाएँ । मैले विद्यार्थीको भाषा सिक्न शुरू गरें । साना–साना भाइबहिनीहरूसँग तामाङ भाषाका शब्दहरू सिक्न थालें । सिकाइ मूल्याङ्कन नेपाली भाषामा हुने भएकोले उनीहरूले नेपाली भाषा सबल बनाउनुपर्छ र म चाहिं उनीहरूको भाषा सिक्छु भनेर मैले आफैंलाई चुनौती दिएँ । यही क्रममा म उनीहरूकै भाषामा अभिवादन गर्दै कक्षाकोठामा पस्न थालें । ‘नमस्ते’ को सट्टा ‘ल्हास्सो’ भन्दा नै फरक अनुभव गरें । जब म ल्हास्सो भन्दै कक्षामा प्रवेश गर्थें, उनीहरू उत्साहित हुँदै अभिवादन फर्काउँथे । ‘ज्याबान मुला ?’ (सन्चै छ ?) भनेर सोध्दा उनीहरू उत्साहित हुँदै ‘जमैदान ज्याबान मुला सर (सबैलाई सन्चै छ)’ भन्थे । कक्षाकार्य सकियो कि सकिएन भनेर सोध्नलाई म ‘जिन्जी’ भनेर सोध्थें । उनीहरू ‘जिन्जी’ वा ‘आजिन्जी’ भन्दथे ।
जब म उनीहरूको भाषामा बोल्दथें, उनीहरू छक्क पर्थे । उनीहरूलाई लाग्थ्यो होला, नेपाली मात्र बोल्न लगाउने शिक्षकले यो के तमासा गरेको होला । तर, मैले बोल्दाखेरी उनीहरूको आँखाको चमक नै अर्कै हुन्थ्यो । नयाँ भाषाको सिकारु म, कति उच्चारणहरू गलत हुन्थ्यो । यस्तो अवस्थामा उनीहरू खुशीले गद्गद् भई मलाई भन्दथे, “सर त्यस्तो होइन क्या यस्तो हो ।”
पाठ पूरै बुझ्ने विद्यार्थीलाई विभिन्न समूहमा राखेर अरू साथीहरूलाई बुझाउन लगाएँ । उनीहरूले आफ्नै मातृभाषामा बोलेर पाठ्यवस्तु बुझाउन थाले । यसको प्रभाव देखेर म अचम्मित भएँ । यो उपायले त एक किसिमको जादू नै गर्यो ! मैले बुझाउँदा थोरैले मात्र पूरै बुझ्ने विद्यार्थीले आफ्ना साथीले आफ्नै भाषामा बोलेर सिकाउँदा पाठको अवधारणा बुझेको पाएँ ।
आफ्नो शिक्षकलाई सिकाउन पाउँदा उनीहरूमा खुशीको सीमा थिएन । यसरी उनीहरूको भाषाको साधारण प्रयोगले मात्र पनि उनीहरूसँगको सम्बन्ध क्रमशः गाढा हुँदै गयो । उनीहरू टिफिन समयको वेला पनि मसित कुरा गर्न पो आउन थाले । बाटोमा भेट्दा कम धक मान्न थाले ।
त्यसपछि मैले कक्षाकोठाका समूह कार्यहरूमा विद्यार्थीलाई आफ्नै भाषा बोल्न लगाउन थालें । मैले मात्रै बोलेको कुराबाट सबै विद्यार्थीले बुझ्न लगभग असम्भव थियो । कुनै पनि पाठ मैले व्याख्या गर्दा १० प्रतिशत जति विद्यार्थीले मात्र लगभग पूरै कुरा बुझ्दथे । बाँकीले अलिअलि बोल्दथे वा केही पनि बुझ्दैनथे ।
यसपछि मैले पाठ पूरै बुझ्ने विद्यार्थीलाई विभिन्न समूहमा राखेर अरू साथीहरूलाई बुझाउन लगाएँ । उनीहरूले आफ्नै मातृभाषामा बोलेर पाठ्यवस्तु बुझाउन थाले । यसको प्रभाव देखेर म अचम्मित भएँ । यो उपायले त एक किसिमको जादू नै गर्यो ! मैले बुझाउँदा थोरैले मात्र पूरै बुझ्ने विद्यार्थीले आफ्ना साथीले आफ्नै भाषामा बोलेर सिकाउँदा पाठको अवधारणा बुझेको पाएँ ।
यो अभ्यासपछि मैले अर्को तरिका पनि प्रयोग गर्न शुरू गरें । कक्षामा लैजाने कति प्रश्नहरू तामाङ भाषामै लेख्न थालें । उनीहरूले भने तामाङ भाषाको प्रश्नलाई नेपालीमा जवाफ दिनुपर्ने भयो । विज्ञानका प्रश्नहरू मातृभाषामै बनाउँदा जवाफ दिनेको संख्या बढ्न थाल्यो ।
भाषा सिक्ने क्रम जारी थियो । मैले कति पाठ कनिकुथी तामाङ भाषामा नै पढाउन शुरू गरें । यसबाट विद्यार्थीको मुहारमा देखिएको खुशी र चमकको म बयान गर्न नै सक्दिनँ । जब उनीहरूकै भाषामा व्याख्या गर्न शुरू गर्थें, उनीहरू चनाखो भएर सुन्दथे । नबुझेका कुरामा उनीहरू प्रश्न गर्दथे । यसबाट उनीहरूको सिकाइ उपलब्धिमा समेत सकारात्मक प्रभाव देखा पर्यो ।
जब म उनीहरूको भाषामा बोल्दथें, विद्यार्थीहरू छक्क पर्थे । उनीहरूलाई लाग्थ्यो होला, नेपाली मात्र बोल्न लगाउने शिक्षकले यो के तमासा गरेको होला । तर, मैले बोल्दाखेरी उनीहरूको आँखाको चमक नै अर्कै हुन्थ्यो । नयाँ भाषाको सिकारु म, कति उच्चारणहरू गलत हुन्थ्यो । यस्तो अवस्थामा उनीहरू खुशीले गद्गद् भई मलाई भन्दथे, “सर त्यस्तो होइन क्या यस्तो हो ।”
त्यसपछि विद्यार्थीलाई अलिकति सृजनशीलता बढाउनुपर्यो भन्ने लाग्यो । हामीले भित्तेपत्रिका शुरू गर्यौं । यसमा नेपाली, अंग्रेजी र तामाङ भाषामै विद्यार्थीले लेखेका रचना प्रकाशित गर्न शुरू गर्यौं । तामाङ भाषाको सम्पादन विद्यार्थी आफैंले गर्दथे । यसले उनीहरूको नेतृत्व क्षमतामा विकास भएको देखियो । हामीले नेपाली भाषाकै गीतहरूलाई तामाङ भाषामा उल्था गर्न शुरू गर्यौं । तामाङ सँगसँगै अन्य भाषामा पनि उल्था गर्न शुरू गर्यौं । ‘गाउँ गाउँबाट उठ’ गीतलाई विद्यार्थीले आफैंले शब्दहरू खोजेर मिलाएर राखे र गाउन थालेः
नाम्सा नाम्सा ग्याम्से रेगो, बस्ती बस्ती ग्याम्से रेगो
चु ह्युल लाली, शोवादा रेगो ।
यस्तो प्रयासबाट विद्यार्थीले आफ्नो भाषामा कविता, कथा लेख्न थाले । एकातिर यसले उनीहरूमा आत्मविश्वास बढ्दै गएको थियो भने अर्कोतिर आफ्नो भाषाले सम्मान पाएको आत्मगौरव महसूस गर्दथे । ‘हाम्रो भाषामा पनि देशभक्ति गीत गाउन सकिंदोरहेछ नि सर’ उनीहरूले मलाई भनेका थिए । त्यसपछि उनीहरूले अरू गीतहरू यसैगरी उल्था गर्न थाले । गोपालप्रसाद रिमालले लेखेको रातो र चन्द्र सूर्यलाई पनि तामाङ भाषामा रूपान्तरण गरे ।
वाला देन लनी दिनी जंगी निशान याङ्ला, छोम्बोका सरी चु लुङ जिबा चु शान याङ्ला ।
उनीहरूको भाषा सिकेर सामान्य प्रयोगमा ल्याउँदा समेत देखिएको नतिजाबाट म अचम्मित भएँ । मातृभाषालाई सम्मान हुने वातावरण सिर्जना गर्दा उनीहरूले अरू भाषा पनि सिक्न सक्ने रहेछन् । यसले घर र विद्यालय जोडिने रहेछ । यसबाट उनीहरूले आफ्ना आमाबुवाले बोल्ने भाषाको पनि संसारमा औचित्य रहेछ भनेर थाहा पाउँदा अलग्गै आत्मविश्वास बढाउने रहेछन् । उनीहरूको मातृभाषा प्रयोग गरेर पाठका अवधारणाहरू बुझ्ने वातावरण सिर्जना गरिदिंदा उनीहरूको सिकाइ उपलब्धि पनि स्वतः बढ्ने रहेछ । मलाई लाग्छ, सिकाइमा मातृभाषा जोड्ने हो भने मातृभाषा अभिशाप हैन, वरदान बन्न सक्छ ।
(यो सामग्री शिक्षा पत्रकार समूहद्वारा प्रकाशित पुस्तक ‘विद्यालयमा माध्यम भाषा’बाट लिइएको हो । )
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
भारतको सबैभन्दा शक्तिशाली नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीको लागि आउने चुनाव धेरै नै महत्त्वपूर्ण छ। समाचार संस्था, व्यवस्थापिका, नागरिक समाजका साथै कहिलेकाहीँ अदालतसमेत प्रधानमन्त्री मोदीको विचारधारा...
रेडियो भनेको आवाज सुनाउने माध्यम हो। रेडियोमार्फत सुनेका कुरा श्रोताको मनमा चित्र बनेर बस्छ। रेडियो माध्यमको सबैभन्दा ठूलो शक्ति र विशेषता नै यही हो। ताररहित सुनाउने...
संविधानसभाले राज्य पुन:संरचनासहितको नयाँ संविधान २०७२ सालमा जारी गर्यो।सँगै फौजदारी न्यायप्रणालीमै व्यापक सुधार ल्याउन मुलुकी अपराध संहिता ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि र्यविधि संहिता ऐन...
सरकारले मंसिर ४ गते प्रदेश सभाहरू र संघीय प्रतिनिधि सभाको दोस्रो निर्वाचनको मिति तोकेको छ। निर्वाचन आयोगले सो मितिमा निर्वाचन गराउन उम्मेदवारीको कार्यक्रम नै अगाडि...
भद्र पोशाक । ठाँटिलो व्यवहार । तर, सुख खोजिरहेको निर्दोष मुहारको भावभङ्गी । उनका प्रत्येक शब्दमा सुखैसुख सुनिन्थ्यो । मुहारमा प्रसन्नता झल्केको थियो । आँखामा...