अष्ट्रेलियामा नेपाली रेडियोकर्मी प्रदीप तिमल्सिना पुरस्कृत हुनु भएको छ । तिमल्सिना अष्ट्रेलियाको भाषा भाषीहरुको प्रसारक छाता संगठन नेशनल इथ्निक एण्ड मल्टीकल्चरल काउन्सिल अफ अष्ट्रेलियाद्वारा पुरस्कृत हुनु भएको हो ।
उहाँ राजधानी क्यान्बेराको एफएम ९१.१ मा नेपाली भाषाको रेडियो कार्यक्रमका निर्माता तथा संचालक हुनुहुन्छ । यो संस्थाले हरेक बर्ष प्रदान गर्ने कम्युनिटी इम्प्याक्ट अवार्ड २०२५ बाट उहाँलाई पुरस्कृत गरिएको छ ।
अष्ट्रेलिया भरबाट यस बर्ष बिभिन्न ८ बिधाबाट ५१ जना मनोनयनमा परेका थिए । जस मध्ये तिमल्सिना इनोभेटीभ मल्टिकल्चरल प्रोग्राम, बेष्ट इथ्निक प्रोग्राम अफ द एयर र कम्युनिटी इम्प्याक्ट गरि तिन बिधामा मनोनयनमा पर्नु भएको थियो ।
तिमल्सिनाले उत्पादन गरेका कार्यक्रमहरु अष्ट्रेलियाली संचारबिद् हरुले मुल्यांकन गरि ति सामाग्रीहरुको गुणस्तरियता, दर्शक श्रेताहरुको प्रतिक्रियाहरु र उनका सामग्रीहरुले अष्ट्रेलियाली बहुसांस्कृतिक समूदायमा पुर्याएको सकारात्मक प्रभावका आधारमा उत्कृष्ट मानिएको हो
शनिबार मेलबर्नमा आयोजित एक कार्यक्रममा बीच उक्त पुरस्कार प्रदान गरिएको हो। तिमल्सिनाले यो पुरस्कारले आफू लाई अझै थप जिम्मेवारी थपिएको र समूदाय प्रति अफू अझ कर्तव्यनिष्ट हुने बताउनु भएको छ । तिमल्सिना सन् २००८ मा अष्ट्रेलिया गएदेखिनै अष्ट्रेलियाका सामुदायिक रेडियो संग आबद्द हुनुहुन्छ ।
पुरस्कृत तिमल्सिना नेशनल इथ्निक एण्ड मल्टीकल्चरल काउन्सिल अफ अष्ट्रेलिया र कम्यूनिटी मेडिया ट्रेनिंग अर्गनाईजेशन अष्ट्रेलियाको कार्यकारी निर्देशक अनि अष्ट्रेलियाली सरकारको संचार मन्त्रालय मातहतको कम्यूनिटी ब्रोडकास्टींग फाउन्डेशनको आर्थिक अनुदान मूल्यांकनकर्ताको भूमिकामा समेत हुनुहुन्छ ।
पेशाले रजिष्टर्ड नर्स तिमल्सिना क्यान्बेरा अस्पतालको मानसिक स्वास्थ्य बिभागमा क्लिनिकल म्यानेजरका रुपमा कार्यरत हुनुहुन्छ भने बाँकी क्षेत्रमा उहाँले स्वंसेवी रुपमा सेवा दिइरहनु भएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

काठमाडौं - नेपालको सङ्ग्रहालय क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विशेष पहल गरिने भएको छ । यसका लागि स्थानीय स्तरमा संचालित साना सङ्ग्रहालयहरूलाई मापदण्ड र मानकका...

काठमाडौं - उपत्यकामा तीव्र सहरीकरणसँगै मनोहरा खोला प्रायः प्रदूषण, अतिक्रमण र अव्यवस्थित विकासका कारण मात्र चर्चामा आउने गरेको छ। तर यही नदी प्रणालीले उपत्यकाको जैविक विविधता...

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ र ३ का स्थानीय बासिन्दाले त्यस क्षेत्रमा निर्माणाधीन ब्रम्हायणी हाइड्रोपावर कम्पनी लिमिटेडका दुईवटा जलविद्युत आयोजनामा तालाबन्दी...

काठमाडौं - ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बमजनलाई अदालतले सफाइ दिएको छ। उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बमजन जेलमुक्त भएका छन्। सर्लाहीकी नाबालिका अनुयायी ‘आनी’माथि यौन दुराचार...

वर्तमान समयमा नेपालमा दुई किसिमका भाष्य निर्माण भएका छन्। पहिलो हो - देशबाट सबै युवा विदेश गएर देश रित्तो हुने अवस्थामा पुग्नु। यसको कारण वर्तमान...