‘एकपटक बिजुली चम्किँदा १२ करोड, ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ,’ प्राध्यापक रामचन्द्र अधिकारी भन्छन्, ‘३० हजार डिग्री सेन्ट्रीग्रेटसम्म तापक्रम फाल्छ, यो तापक्रम सूर्यको भन्दा बढी हो।’ यो तापक्रम र आगोको मुस्लो जमिनबाट दस किलोमिटर माथिसम्म हुन्छ। अधिकारीका अनुसार यो जमिनसम्म आउने हो भने ठूलो जनधनको क्षति हुन्छ। ‘कुमोलो निम्बस’ नामको बादलबाट उत्पन्न हुने चट्याङ भने यदाकदा जमिनसम्म आउने गर्छ र यसैले भौतिक र मानवीय क्षति गर्छ।
सडकहरू त त्यस्तै माटोले बनेका, पानी परेपछि हिलाम्य, र सुख्खा समयमा धुलाम्य। खासगरी रातको समयमा, जहाँ न त बिजुली बत्तीको सहारा छ, न त सडक चिनाउने कुनै संकेत। डिएसपी रावत भन्छन्, 'कच्ची बाटो र रातको अँध्यारोले दुर्घटना निम्त्याएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।'
पूर्वी तराईका झापा, सुनसरी र सप्तरीमध्ये तराईका रौतहट, नवलपरासी र रुपन्देही, त्यस्तै, पश्चिम तराईका जिल्लाहरू बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा चरम गर्मीका लहरहरू हुन सक्ने देखिन्छ।
पुरुष प्रजनन तथ्याङ्कहरू चिन्ताजनक छन् १९७८ देखि २०१८ सम्म पुरुषहरूको शुक्राणु गणना ५० प्रतिशत भन्दा बढीले घटेको छ। जहाँ पहिले प्रति मिलिलिटर औसत १०१ मिलियन शुक्रकीट थियो, अहिले घटेर ४९ करोडमा सिमित छ । र, यसको कारण हो– बस्ने बानी, मोटोपना, धुम्रपान, प्लास्टिक र रसायनले भरिएका चीजहरू र अन्य वातावरणीय प्रदूषण। प्रायः महिला प्रजनन स्वास्थ्य सम्बन्धी अभियानहरू हुन्छन् तर मानिसहरूले पुरुष प्रजनन स्वास्थ्यको बारेमा कुरा गर्न लायक ठान्दैनन्।
'विवाद समाधानको आधुनिकीकरणः न्यायमा पहुँच अभिवृद्धिका लागि एडिआरको भूमिका’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा १७ देशका प्रतिनिधि सहभागी थिए । सम्मेलनको अन्तिम दिन जलवायू परिवर्तनको अवसरबारे विशेष सेसन चलेको थियो ।
चट्याङ विद्युतीय डिस्चार्जको एक रेखा हो जुन बादल र जमिनबीचको सकारात्मक र नकारात्मक इलेक्ट्रोनको असन्तुलनको कारणले हुन्छ। यो बादलभित्र पनि हुन सक्छ। वर्षाको बादलमा स्थिर चार्जको रूपमा प्रकाश सुरू हुन्छ। बादलभित्रको हावा धेरै अशान्त हुन्छ। बादलको तल्लो भागको पानीका थोपाहरू माथि उठ्छन् र धेरै उचाइमा पुगेपछि, धेरै चिसो वातावरणले तिनीहरूलाई स्थिर बनाउँछ र माथिको बादलले तलतिर दबाब दिन्छ। यो प्रक्रियामा त्यस क्षेत्रमा भएका इलेक्ट्रोनहरू नास हुन्छन्।
निर्माता बानियाँले फिल्म घोषणासँगै रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले तयार पारेको ‘मिनिमल पोस्टर’ पनि सार्वजनिक गरेका छन् । जहाँ कलाकारको अनुहार नराखी पात्रको परिचय दिईएको छ । ‘लालीबजार’ का लागि तयार गरिएको कन्सेप्चुअल मिनिमल पोस्टरमा शीर्षकको अक्षर विन्यासमा एक प्रकारको खस्रोपन र विशेष बनावट देखिन्छ, जहाँ रातो थोप्लालाई टिकुलीको रूपमा प्रस्तुत गरिएको छ । यसले शीर्षकमा नै कुनै द्वन्द्व वा कथा लुकेको सङ्केत गर्दछ ।
यदि तपाईलाई संसारको सबैभन्दा सानो सहर कुन हो भनेर सोधियो भने तपाईलाई यसको नाम थाहा नहुन सक्छ । तर, तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि ५२ जना मात्र जनसंख्या भएको यो पहाडी सहर संसारको सबैभन्दा सानो हुन सक्छ तर यसको प्रसिद्धिको कारण भने अर्कै छ ।