ताजा

  • शुक्रबार, ४ माघ, २०८१
  • ०४:४६:३२
  • नेपालीको अभिमत

शिक्षा

'राजितराम पाठक स्मृति नागरिक समाज सेवा पुरस्कार' स्थापना 

नेपालमत

बुधबार, २ फाल्गुण, २०८०

नेपालगञ्ज - शिक्षा र सामाजिक सेवाको क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका स्वर्गिय राजितराम पाठकको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ । 

शिक्षा, सामाजिक सेवा र नागरिक समाजको क्षेत्रमा काम गर्ने एक जनालाई वार्षिक रुपमा नगदसहित पुुरस्कार प्रदान गरिने छ । 

बाँके शिक्षा क्याम्पस नेपालगञ्जमा आज बुधबार आयोजित बसन्त पञ्चमीमा सरस्वती पुजा तथा सांस्कृतिक कार्यक्रमको अवसरमा क्याम्पसका संचालक कृष्णा पाठकले पुरस्कारका लागि अक्षयकोष घोषणा गर्नुभएको हो । 

नागरिक अभियानको क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्रलाई उक्त पुरस्कार स्थापनाका लागि रु. ५० हजार बराबरको अक्षयकोषमा रकम हस्तान्तरण गर्नुभएको केन्द्रका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो । 

स्वर्गिय पाठक बाँके शिक्षा क्पाम्पसको संस्थापक, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख हुनुहुन्थ्यो । क्यान्सर रोगबाट पिडित पाठकको २०७८ साल साउन १७ गते निधन भएको थियो । 

बाँके क्याम्पसले उहाँको स्मृतिमा छात्रबृत्ति कोष समेत स्थापना गरेको छ । विद्यालयमा प्रारम्भिक कक्षादेखि १२ कक्षासम्म प्रत्येक कक्षाका दुई जना विद्यार्थीलाई वर्षभरि निशुल्क अध्ययन गराइने छ । त्यसका लागि गरीब, जेहेन्दार र लगनशिल विद्यार्थी मापदण्डका आधारमा छनौट गरिने स्वर्गिय पाठकका श्रीमती कृष्णा पाठकले बताउनुभयो ।  

आज स्थापना गरिएको पुरस्कार स्वर्गिय पाठकको जन्मोत्सव तथा स्मृतिको अवसरमा प्रदान गरिने छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि कांग्रेस सकृय

    काठमाडौं - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख...

  • नेपालमत

    जारी परीक्षा स्थगित गर्ने सरकारको निर्णय

    काठमाडौँ - सरकारले वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयमा...

  • नेपालमत

    १५ हजार बढिले अवलोकन गरे ख्वपको शैक्षिक प्रदर्शनी

    भक्तपुर - भक्तपुर नगरपालिका वडा नं ६ देकोचा भक्तपुरमा बिहीबार भएको शैक्षिक प्रदर्शनी १५ हजार भन्दा वढीले अवलोकन गरेका छन् ।  भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको २४...

  • नेपालमत

    विदेशमा सिकेको सीप देश विकासमा प्रयोग गरौं : मनिषा कोइराला 

    काठमाडौं - चर्चित अभिनेत्री मनिषा कोइरालाले विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गर्नु पर्ने बताएकी छन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसले शुक्रवार क्याम्पसमा आयोजना गरेको महिला...

  • निगरानीका लागि डुडुवाले विद्यालयमा जोड्यो सिसि क्यामेरा

    नेपालगञ्ज - बाँकेको डुडुवा गाउँपालिकाले पालिका अन्तरगत रहेका ७ वटा विद्यालयमा सिसि क्यामरा जोडेको छ ।  क्यामराबाट विद्यालय समयमा खुल्ने र बन्द हुने, शिक्षक र विद्यार्थी आउने समय, कक्षा कोठामा अध्यापन, सुरक्षालगायत विषयको निगरानी गरिने अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो । शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न रणनीति सुरु गरिएको उहाँको भनाई छ । उहाँका अनुसार पालिकाले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा नैतिक तथा संस्कार सिकाउने...

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved