• आइतबार, २ चैत, २०८१
  • ०९:२६:१९
  • नेपालीको अभिमत

शिक्षा

जारी परीक्षा स्थगित गर्ने सरकारको निर्णय

नेपालमत

शनिबार, १२ असोज, २०८१

काठमाडौँ - सरकारले वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालयमा शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले हाल जारी परीक्षा स्थगित गर्ने निर्णय लिएको हो ।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएको लगायतका रिपोर्ट आएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय लिएको हो । कुन-कुन परीक्षा संचालनमा थिए र स्थगित गरिएको भन्ने सूचना शिक्षा मन्त्रालयले जारी गर्ने बताइएको छ ।

त्यस्तै बैठकले हाल अवरुद्ध रहेका सडक तत्काल खुलाउन भौतिक योजना मन्त्रालयले तत्काल पहल गर्ने निर्णय गरेको छ । साथै राहत र उद्धारको लागि सम्बन्धि सबै मन्त्रालय र बिभाग सक्रिय रुपमा लाग्ने निर्णय गरेको बताउदै प्रवक्ता गुरुङले सरकारले विपदमा ज्यान गुमाउनेहरुका परिवारलाई दिइने कानुन अनुसारको राहत तत्काल उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका छन् ।  

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि कांग्रेस सकृय

    काठमाडौं - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख...

  • नेपालमत

    १५ हजार बढिले अवलोकन गरे ख्वपको शैक्षिक प्रदर्शनी

    भक्तपुर - भक्तपुर नगरपालिका वडा नं ६ देकोचा भक्तपुरमा बिहीबार भएको शैक्षिक प्रदर्शनी १५ हजार भन्दा वढीले अवलोकन गरेका छन् ।  भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको २४...

  • नेपालमत

    विदेशमा सिकेको सीप देश विकासमा प्रयोग गरौं : मनिषा कोइराला 

    काठमाडौं - चर्चित अभिनेत्री मनिषा कोइरालाले विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गर्नु पर्ने बताएकी छन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसले शुक्रवार क्याम्पसमा आयोजना गरेको महिला...

  • नेपालमत

    'राजितराम पाठक स्मृति नागरिक समाज सेवा पुरस्कार' स्थापना 

    नेपालगञ्ज - शिक्षा र सामाजिक सेवाको क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका स्वर्गिय राजितराम पाठकको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ ।  शिक्षा, सामाजिक सेवा र नागरिक समाजको क्षेत्रमा...

  • निगरानीका लागि डुडुवाले विद्यालयमा जोड्यो सिसि क्यामेरा

    नेपालगञ्ज - बाँकेको डुडुवा गाउँपालिकाले पालिका अन्तरगत रहेका ७ वटा विद्यालयमा सिसि क्यामरा जोडेको छ ।  क्यामराबाट विद्यालय समयमा खुल्ने र बन्द हुने, शिक्षक र विद्यार्थी आउने समय, कक्षा कोठामा अध्यापन, सुरक्षालगायत विषयको निगरानी गरिने अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो । शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न रणनीति सुरु गरिएको उहाँको भनाई छ । उहाँका अनुसार पालिकाले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा नैतिक तथा संस्कार सिकाउने...

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved