काठमाडौं - चर्चित अभिनेत्री मनिषा कोइरालाले विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गर्नु पर्ने बताएकी छन् ।
डिल्लीबजार कन्या बहुमुखी क्याम्पसले शुक्रवार क्याम्पसमा आयोजना गरेको महिला आत्मनिर्भरता विषयक अन्तरसम्वाद तथा छलफल कार्यक्रममा बोल्दै उनले नेपालको विकासका लागि आफुले विदेशमा आर्जन गरेको ज्ञान सीप समेत नेपालमा प्रयोग गर्नु पर्ने बताइन् ।
‘हामी ज्ञान सीपका लागि विश्वका जुन सुकै ठाँउमा पनि पुग्न सक्छौं । तर जुन माटोमा जन्मियौं त्यस माटो प्रति हाम्रो कर्तव्य हुन आउँछ । त्यसैले पनि नेपालको लागि मैले के गर्न सक्छु भन्ने चिन्तन आवश्यक छ । त्यसका लागि आफ्नो सीप देशमा खर्चिनु पर्छ ।’ उनले भनिन् ।
सार्थक जीवनका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उनले आत्मनिर्भरताको लागि समयमै आफ्नो रुची अनुसारको विषय पहिल्याउन र सोही अनुरुप काम गर्न विद्यार्थीलाई सुझाव दिइन् । आफु क्यान्सर जस्तो गम्भिर रोगबाट निको भएर बाहिर आएको र देशका लागि केही गर्न सकिन्छ कि भनेर काम गर्दै आइरहको प्रसंग उल्लेख गर्दै अभिनेत्री कोइरालाले जिन्दगी संघर्षपूर्ण यात्रा रहेको बताइन् ।
‘अहिलेका युवा युवतीहरुले धेरै स्ट्रेस लिएको देखिन्छ । त्यसबाट बाहिर आउन जरुरी छ । कुनै पनि काम सानो ठूलो भन्ने हुँदैन । तपाईंले गरिरहेका कामलाई पर्याप्त समय दिनोस्, तपाईलाई ठिक लागेन बाटो परिवर्तन गर्नुस् । क्षणिक लाभका लागि गरिएको कामले दिने सन्तुष्टि क्षणिक नै हुन्छ । त्यसैले काम गर्दा दीर्घकालीन सोंच अगाडि ल्याएर काम गर्नुस सफलता अवश्य मिल्नेछ ।’ उनले भनिन् ।
क्याम्पसका वरिष्ठ प्राध्यापक प्रा.डा. जयन्तनाथ खनालले डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको स्थापना तथा वर्तमान अवस्थाबारे जानकारी दिँदै क्याम्पसले विद्यार्थीको उत्प्रेरणाको लागि यस प्रकारका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको बताए ।
२०३७ सालमा स्थापना भएको क्याम्पसमा स्नातक तहमा बीबीएस, बीए तथा बीएड र स्नातकोत्तर तहमा एमए अंग्रजी, एमए समाजशास्त्र, तथा एमबीएसको अध्ययन हुने गरेको छ । हाल यो क्याम्पसमा विभिन्न ६० जिल्लाका करिब ७ सय विद्याथी अध्ययनरत रहेको उपप्राध्यापक टी. पी. भुसालले जानकारी दिए ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख...
काठमाडौँ - सरकारले वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयमा...
भक्तपुर - भक्तपुर नगरपालिका वडा नं ६ देकोचा भक्तपुरमा बिहीबार भएको शैक्षिक प्रदर्शनी १५ हजार भन्दा वढीले अवलोकन गरेका छन् । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको २४...
नेपालगञ्ज - शिक्षा र सामाजिक सेवाको क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका स्वर्गिय राजितराम पाठकको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ । शिक्षा, सामाजिक सेवा र नागरिक समाजको क्षेत्रमा...
नेपालगञ्ज - बाँकेको डुडुवा गाउँपालिकाले पालिका अन्तरगत रहेका ७ वटा विद्यालयमा सिसि क्यामरा जोडेको छ । क्यामराबाट विद्यालय समयमा खुल्ने र बन्द हुने, शिक्षक र विद्यार्थी आउने समय, कक्षा कोठामा अध्यापन, सुरक्षालगायत विषयको निगरानी गरिने अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो । शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न रणनीति सुरु गरिएको उहाँको भनाई छ । उहाँका अनुसार पालिकाले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा नैतिक तथा संस्कार सिकाउने...