काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाली जनसम्पर्क समिति युएईद्वारा नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र धेरै क्षेत्रहरु एक्सप्लोर गर्न बाँकी रहेको हुँदा ती क्षेत्रमा लगानी गरी राम्रो प्रतिफल लिन सकिने बताउनुभएको छ ।
“मलाई के लाग्छ भने नेपालमा धेरै सम्भावना छ । धेरै क्षेत्रहरु एक्सप्लोर गर्न बाँकी छन् । तर, नेपालमा सम्भावना छैन भन्ने र हरेक कुरा नकारात्मकरुपमा लिने गरिएको पाइन्छ । अझ, विदेशमा बस्ने नेपालीहरुलाई विदेशको विकास र प्रविधिहरु देखेर नेपालसँग तुलना गर्ने र विरोध गर्ने गरेको पनि पाइन्छ । म यहाँहरुलाई भन्न चाहन्छु । यदि साच्चिकै विदेशमा गरेको जस्तै लगानी र मिहिनेत नेपालमै गर्ने हो भने नेपालमा धेरै सम्भावना छन्,” उहाँले भन्नुभयो । उहाँले हालै नेपाल सरकारले गरेको कानुन सुधारले लगानीकर्ताहरुमा उत्साह ल्याएको र मुलुकमा लगानीको वातावरण पनि बन्दै गएको उल्लेख गर्नुभयो ।
“हालै नेपाल सरकारले दुई दर्जन बढी कानुनहरु सुधार गरेर मुलुकमा लगानीका लागि मार्ग प्रसस्त गर्न खोजेको छ । यो निजी क्षेत्र, विशेष गरी नेपाल उद्योग वाणिज्य महासंघकै पहलमा भएको हो । म नेतृत्वमा आएदेखि नै हामीले मुलुकमा लगानीमैत्री वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउन विशेष पहल गरिरहेका छौँ । वैदेशिक लगानीका साथै गैर आवासीय नेपाली र वैदेशिक रोजगारमा रहेका नेपालीहरुले पनि आफ्नो केही हिस्सा नेपालका विभिन्न क्षेत्रमा लगानी गराउन सकियो भने हामीले अपेक्षा गरे जस्तो विकास सम्वभ हुन्छ । मुलुकको विकास तपाई हामी सबै मिलेरै गर्ने हो,” उहाँले भन्नुभयो ।
ढकालले बागुलङदेखि आएर अहिले नेपालको निजी क्षेत्रको छाता संगठनको नेतृत्वमा पुगेको र विभिन्न कम्पनी मार्फत २५ हजार बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिन सफल भएको आफ्नै उदाहरण दिदै मिहिनेत, लगनशिलता र इमान्दारितासाथ काम गरेमा नेपालमा धेरै सम्भावना रहेको पुन: दोहोर्याउनुभयो । उहाँले वैदेशिक रोजगारीमा रहेका नेपालीसमेतलाई लगानीको अवसर प्रदान गर्ने गरी १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै उक्त कम्पनीमा लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आग्रह समेत गर्नुभयो ।
“विभिन्न विकसित मुलुकसँग तुलना गरेर मुलुकमा सम्भावना नै छैन भन्दै हिड्ने र ठूलाठूला पूर्वाधार परियोजनाहरु विकास गर्न विदेशी लगानी नै आवश्यक पर्छ भन्ने दुवै भाष्य गलत छन् । यिनलाई चिर्न जरुरी छ । हामीले छरिएर रहेको सानोसानो पुँजी संकलन गर्दै हाम्रै पुँजीबाट पनि ठूलाठूला आयोजनामा लगानी जुटाउन सम्भव छ । हामीले स्थापना गरेको १० अर्ब रुपैयाँलाई इक्वीटी मानेर ७५ देखि ८० प्रतिशत ऋण लिने हो भने ४० अर्बभन्दा बढी लगानी गर्न सकिन्छ । जसबाट धेरै ठूला परियोजनामा पनि लगानी जुटाउन सम्भव छ,” ढकालले भन्नुभयो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि आज राष्ट्र बैंकले ३० अर्ब निकाल्दैँछ । बुधबार ३० अर्ब रुपैयाँ झिक्नका लागि राष्ट्र बैंकले...
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी 'ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन' आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची...
काठमाडौं - नेपाल राष्ट्र बैंकले बालबालिकाको नाममा बैंक खाता खोल्न मिल्ने बताएको छ । बैंकले आज वित्तीय सचेतनाका लागि सूचना जारी गर्दै बैंक खाता खोल्न...
काठमाडौँ - नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक गरेको छ । मंगलबार मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाले...
बुटवल - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको उल्लेख गर्दै ती सम्भावनाहरुलाई अवसरमा बदल्नु पर्ने बताउनु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यकममा बोल्दै अध्यक्ष ढकालले नेपालमा केही छैन भन्ने गलत भाष्य स्थापित भएको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको समेत बताउनु भयो । ‘नेपालमा प्राकृतिक...