• आइतबार, १६ बैशाख, २०८१
  • १७:०६:५२
  • नेपालीको अभिमत

शिक्षा

निगरानीका लागि डुडुवाले विद्यालयमा जोड्यो सिसि क्यामेरा

नेपालमत

मंगलबार, २३ माघ, २०८०

नेपालगञ्ज - बाँकेको डुडुवा गाउँपालिकाले पालिका अन्तरगत रहेका ७ वटा विद्यालयमा सिसि क्यामरा जोडेको छ । 

क्यामराबाट विद्यालय समयमा खुल्ने र बन्द हुने, शिक्षक र विद्यार्थी आउने समय, कक्षा कोठामा अध्यापन, सुरक्षालगायत विषयको निगरानी गरिने अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो । शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न रणनीति सुरु गरिएको उहाँको भनाई छ । उहाँका अनुसार पालिकाले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा नैतिक तथा संस्कार सिकाउने कक्षासुरु गर्ने योजना बनाएको छ । 

डुडुवाले छात्रा विद्यालय समेत संचालन गर्न लागेको छ । डुडुवा–२ को बेतहनीमा यस वर्षदेखि कक्षा १ को स्वीकृती पाएकाले अब पढाई सुरु गरिने छ । मधेशी तथा मुस्लिम समुदायका अभिभावकले आफ्ना बालिकाहरुलाई प्राय विद्यालय नपठाउने गर्नाले छात्राहरुको छुट्टै विद्यालय संचालन गर्ने योजना बनाएको अध्यक्ष चौधरीले बताउनुभयो । 

शैक्षिक गुणस्तर मापनका लागि माध्यमिक विद्यालयमा गएर शिक्षकले पढाएको कक्षाको अवलोकनको कार्य भईरहेको डुडुवाका शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताउनुभयो । डुडुवामा माध्यमिक विद्यालय ७, आधारभुत विद्यालय ९, मदरसा १८, गुरुकुल १ र ७५ वटा बालविकास केन्द्र रहेका छन् ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved