काठमाडौं - नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखा परेको छ ।
यो सेवामा सहभागी पर्यटकहरूलाई ठूला र बलिया रबर ट्यूबमा बसेर नदीको प्राकृतिक बहावसँगै रमाइलो गर्ने अवसर मिल्छ । नदीको छालसँग खेल्दै बग्ने यो यात्राले साहसिक अनुभूति मात्र होइन शारीरिक र मानसिक ताजगी पनि प्रदान गर्छ । विशेष गरी गर्मीयाममा चिसो पानीमा रमाउने चाहना भएका पर्यटकहरूका लागि यो सेवा उत्कृष्ट विकल्प हुन सक्छ । शुरुवती दिनमा नै ४८ जनाले रिभर ट्युबिङ सेवा लिएका थिए ।
रिभर ट्युबिङ नेपालका फाउण्डर 'माझी किङ' यमन माझीकाअनुसार यो परियोजना नेपालमा साहसिक पर्यटनलाई अझ विस्तार गर्ने लक्ष्यका साथ सुरु गरिएको हो । उनले भने, “नेपालमा पहाडी गन्तव्यहरू र ट्रेकिङ्गका थुप्रै विकल्पहरू भए पनि नदीमा रमाउने सुविधाहरू सीमित छन् । हामीले त्यसलाई नयाँ दिशा दिन खोजेका हौं।”
रिभर ट्यूबिङ्ग प्याकेजमा सहभागी हुनेहरूका लागि खानपान र यातायातको व्यवस्थासमेत समेटिएको छ । दोलालघाटमा सुरु हुने यो यात्रामा स्थानीय परिकारहरूको पनि स्वाद लिन सकिनेछ । पर्यटकहरूको सुविधाका लागि अनुभवी प्रोहरु राइडरहरु जसलाई (Playful Ride Organizer) भनिन्छ, सुरक्षा उपकरण र मेडिकल किटको व्यवस्था समेत गरिएको जनाइएको छ ।
यसका साथै उद्घाटनको अवसरमा पहिलो महिनाभरि आउने पर्यटकहरूलाई विशेष छुटको व्यवस्था गरिएको जनाइएको छ ।
यमन माझीको यो नयाँ प्रयासले नेपाली पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ । भविष्यमा देशका अन्य नदीहरूमा पनि यस्तो सेवा विस्तार गर्ने योजना रहेको उनले जानकारी गराएका छन् । उनले बूकिङ र विस्त्रित जानकारीको लागि 970-7862151 मा सम्पर्क गर्न सकिने र www.rivertubingnepal.com/ मा गएर पनि पुरा जानकारी लिन सकिने सञ्चालकको भनाई छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ । विदेशीहरूको लागि आरोहण शुल्क ११ हजार अमेरिकन डलरवाट बढाएर १५ हजार डलर पुर्याइएको छ, जो...
काठमाडौँ - सिद्धार्थ हस्पिटालिटीले नेपाली खाना प्रबर्द्धन गर्ने उद्देश्यले पाककला प्रतियोगिता ‘नेपाल करि शेफ अफ द इयर २०२४' आयोजना गर्ने भएको छ । विजेताले २०२४ को सेप्टेम्बरमा बेलायतमा हुने ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’मा यातायात र आवाससहित सहभागी हुने अवसर पाउनेछन् । प्रतियोगिता बिश्व प्रसिद्ध शेफ टमी मियाको ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’सँगको सहकार्यमा आयोजना गर्न लागिएको हो । प्रतियोगितामार्फत नेपाली खानाको महत्व र...
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङसँग एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रारामा रिसोर्ट निर्माणका निम्ति सम्झौता भएकोमा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्धनका...
चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो। केही वर्षअघि नै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरण हुन सकेको थिएन। निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार आन्तरिक स्थानान्तरणका लागि सबै तयारी पूरा भइसकेको छ। गैँडा आन्तरिक स्थानान्तरण...
काठमाडौं - पन्ध्रौँ याक अट्याक अन्तर्राष्ट्रिय क्रस कन्ट्री बहुदिवसीय साइकल प्रतियोगिता सुरु भएको छ । माउन्टेन बाइकिङ वर्डवाइडको आयोजना तथा नेपाल पर्यटन बोर्ड लगायतका संस्थाहरुसँगको सहकार्यमा प्रतियोगिता...