ताजा

  • मंगलबार, २६ मङ्सिर, २०८०
  • ०१:३२:११
  • नेपालीको अभिमत

आहा नेपाल

नेपालकोअन्नपूर्ण सर्किटमा 'याक अट्याक अन्तर्राष्ट्रिय साइक्लिङ'

नेपालमत

शनिबार, २ मङ्सिर, २०८०

तस्वीर : www.mtb-worldwide.com/the-yak-attack/

काठमाडौं - पन्ध्रौँ याक अट्याक अन्तर्राष्ट्रिय क्रस कन्ट्री बहुदिवसीय साइकल प्रतियोगिता सुरु भएको छ । 

माउन्टेन बाइकिङ वर्डवाइडको आयोजना तथा नेपाल पर्यटन बोर्ड लगायतका संस्थाहरुसँगको सहकार्यमा प्रतियोगिता सुरु भएको हो । 

यस वर्ष सन् २०२३ मा आठ स्थानमा बास बस्दै ९ राष्ट्रका २६ जना साइक्लिष्टले २ सय ५० किलोमिटर दूरी पार गर्ने भएका छन् । उनीहरु त्यस क्रममा ९ हजार मिटर उचाइसम्म साइक्लिङ गर्नेछन् । ३० वर्षदेखि ६३ वर्षसम्मका साइक्लिष्टले अन्नपूर्ण सर्किट हुँदै साइक्लिङ गरि थोरोङला पार गर्ने क्रममा समुन्द्री सतहदेखि ५ हजार ४ सय १६ मिटरको उचाइमा साइकल हाँक्ने आयोजकले जनाएको छ । 

विश्वकै सबैभन्दा उच्च हिमालयमा आयोजना गरिने यो साइक्लिङ प्रतियोगिता आइतबार बेसी शहरबाट सुरु भइ २७ नोभेम्बरमा तातोपानी पुगेर अन्त्य हुनेछ । 

शान्त, सफा, मनोरम हिमालय श्रृङखलामा १५ वर्षदेखि जारी यस साइक्लिङ प्रतियोगितालाई विश्वकै सबैभन्दा उच्च भेगमा आयोजित साहसिक साइक्लिङ प्रतियोगिता मानिन्छ । धान मकै खेतबारीदेखि याक हिड्ने विकट गोरेटो हुँदै उच्च हिमशिखरहरु पार गरि सम्पन्न गरिने यस साहसिक साइक्लिङ प्रतियोगिताले डेढ दशकदेखि विश्व जगतकै ध्यान आकर्षित गरेको आयोजकको दावी छ । 

हालसम्म ५० भन्दा बढी राष्ट्रका साइक्लिष्टहरुले आफ्नै खर्चमा नेपालमा १७ वर्ष अघिदेखि वर्षेनी आयोजना गरिदै आएको यस प्रतियोगितामा स्वस्फूर्त सहभागीता जनाएको प्रतियोगिताका परिकल्पनाकार तथा निर्देशक बेलायती साइक्लिष्ट फिल इभान्सले जानकारी दिनुभयो । 

यस वर्ष बेलायत, आइरिस, लिथुसिया, स्वीजरल्याण्ड, ब्राजिल, अस्ट्रियन, अस्ट्रेलिया, पोल्याण्ड र नेपालसहित ९ राष्ट्रका साइक्लिष्टहरु सहभागि छन् । शनिबार उनीहरु सबै बेशी शहर पुगेका छन् । सहभागी साइक्लिष्टले दैनिक ३० देखि ६२ किलोमिटर अन्नपूर्ण हिमालय सर्किट तथा थोरोङला हिमालय क्षेत्रमा साइक्लिङ गर्नेछन् ।


 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved