ताजा

  • शनिबार, ११ जेठ, २०८२
  • ०६:३३:१३
  • नेपालीको अभिमत

राजनीति

टोखाको वडा नम्बर ६ मा महिला संघको सर्वसम्मत नेतृत्व छनोट

नेपालमत

शुक्रबार, १० जेठ, २०८२


काठमाडौं - टोखा नगरपालिकाको वडा नम्बर ६ मा नेपाल महिला संघले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको छ । 

नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको चौथो वडा अधिवेशनबाट प्रमिला न्यौपानेको अध्यक्षतामा वडा कार्य समिति चयन भएको हो । 

टोखामा रहेको नेपाल महिला सँघको केन्द्रीय कार्यालय परिसरमा भएको अधिवेशनले उपाध्यक्षमा अनिता बस्याल र कृष्णा अर्याल तथा सचिवमा कल्पना आचार्य र बसुधा भण्डारीलाई छनोट गरेको छ । 

सचिव कल्पना आचार्यका अनुसार अधिवेशनले बाँकी पदाधिकारी समेत १५ जनाको कार्य समिति चयन गरेको हो । 

अधिवेशनले लामो समयदेखि संघमा क्रियाशील रहेका ८ जनालाई संघको केन्द्रीय प्रतिनिधिका रुपमा चयन गरेको निवर्तमान अध्यक्ष शान्ता पौडेलले बताउनु भयो । पौडेल टोखाको ६ नम्बर वडाका अध्यक्ष समेत हुनुहुन्छ । 

संघको केन्द्रीय महाधिवेशन आगामी मंसीरमा हुँदैछ । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved