काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ ।
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन हुनेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार फागुन १९ गते दिउँसो ३ बजेसम्म संघ-संगठन-समूह दर्ता, २१ गते मतदाता सूची प्रकाशित र २५ गते दिनको १ बजेसम्म मतदाता सूचीउपर दाबी विरोध गर्ने समय छुट्याइएको छ । सोही दिन बेलुका ५ बजेसम्म मतदाता सूचीउपरको दाबी विरोधमा छानविन गरी अन्तिम नामावली प्रकाशन गरिने छ ।
त्यस्तै, २६ गते उम्मेदवारको लागि मनोनयन वितरण, २७ गते मनोनयन दाखिला र उम्मेदवारको नामावली प्रकाशन गर्ने समय छुट्याइएको छ । २८ गते उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने, सोही दिन दाबी विरोध छानविन गरी नामावली प्रकाशन गरिने, २९ गते उम्मेदवारी फिर्ता लिने अन्तिम समय तोकिएको छ । दुवै तर्फको उम्मेदवारी फिर्ता लिने अन्तिम सकिएसँगै सोही दिन नामावली प्रकाशन गरिने छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - टोखा नगरपालिकाको वडा नम्बर ६ मा नेपाल महिला संघले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको चौथो वडा...
काठमाडौं - कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको...
काठमाडौं - नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुदैँछन् । पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकैपटक भेला हुन...
जेनेभा - अमेरिकाको विश्व स्वास्थ्य संगठनबाट बाहिरिने आशयसहित गरेको घोषणाप्रति विश्व स्वास्थ्य संगठनले दुःख व्यक्त गरेको छ । उसले विज्ञप्ति मार्फत् भनेको छ - 'अमेरिकी नागरिक सहित...