जेनेभा - अमेरिकाको विश्व स्वास्थ्य संगठनबाट बाहिरिने आशयसहित गरेको घोषणाप्रति विश्व स्वास्थ्य संगठनले दुःख व्यक्त गरेको छ ।
उसले विज्ञप्ति मार्फत् भनेको छ - 'अमेरिकी नागरिक सहित विश्वभरका मानिसहरूको स्वास्थ्य र सुरक्षा प्रत्याभूत गर्न विश्व स्वास्थ्य संगठनकोे महत्वपूर्ण भूमिका रहेको छ । रोगका मूल कारणहरूको सम्बोधन, सुदृढ स्वास्थ्य प्रणाली निर्माण, र प्रायः अन्य निकाय जान नसक्ने जोखिमयुक्त स्थानहरूमा महामारी तथा प्रकोपजस्ता स्वास्थ्य आपतकालहरूको पहिचान, रोकथाम र प्रतिकार्यमा विश्व स्वास्थ्य संगठनले अर्थपूर्ण योगदान दिंदै आएको छ ।'
विज्ञप्तिमा अगाडी भनिएको छ - 'सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको संस्थापक सदस्य बनेको अमेरिकाले त्यसयता १९३ अन्य सदस्य राष्ट्रहरूससँग सहकार्य गर्दै संगठनको कामको तर्जुमा र सञ्चालनमा योगदान दिँदै आएको छ । विश्व स्वास्थ्य सभामा र कार्यकारी बोर्डमा आफ्नो सक्रिय सहभागितामार्फत् सात दशकभन्दा लामो सहकार्यको परिणामस्वरूप, विश्व स्वास्थ्य संगठन र अमेरिकाले अनगिन्ती जीवन बचाएका छन् र स्वास्थ्य जोखिमहरुबाट अमेरिकी नागरिकहरुको साथै विश्वभरका मानिसहरुको सुरक्षा प्रदान गरेका छन् । सँगै, हामीले विफर उन्मूलन गरेका छौं, र पोलियोलाई उन्मूलनतर्फ पु¥याएका छौं । अमेरिकी संस्थाहरूले विश्व स्वास्थ्य संगठनको सदस्यताबाट योगदान दिएका छन् र लाभ लिएका पनि छन् ।'
विश्व स्वास्थ्य संगठनले संयुक्त राज्य अमेरिका आफ्नो निर्णयबारे पुनर्विचार गर्नेमा हामी आशावादि छौँ भन्दै विश्वभरका करोडौँ मानिसहरूको सुस्वास्थ्य र आरोग्यताका लागि, संयुक्त राज्य अमेरिका र विश्व स्वास्थ्य संगठन बीचको साझेदारीलाई कायम राख्न सकारात्मक संवाद हुने अपेक्षा गरेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - टोखा नगरपालिकाको वडा नम्बर ६ मा नेपाल महिला संघले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको चौथो वडा...
काठमाडौं - कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको...
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन...
काठमाडौं - नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुदैँछन् । पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकैपटक भेला हुन...