ताजा

  • शनिबार, १२ श्रावण, २०८१
  • १४:१६:३९
  • नेपालीको अभिमत

शिक्षा

नेपालका आधा इन्जिनियर विदेशमा !

नेपालमत

शुक्रबार, २० पौष, २०८०

काठमाडौं - विज्ञहरुले इन्जिनियरिङका विद्यार्थीका लागि स्वदेशमै राम्रो स्कोप रहेको अनुभब सुनाएका छन् । 

उनीहरुले अरु विषयका विद्यार्थी विदेश गए पनि इन्जिनियरिङका विद्यार्थीका लागि त्यो आवश्यक नभएको अनुभब साटे । उनीहरुले इन्जिनियरिङका विद्यार्थीले यहीँ नै राम्रो काम र दाम पाउने बताए । त्यसकारण विदेश नजान उनीहरुको अनुरोध थियो । 

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरबाट सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङको पढाई पूरा गरेका विद्यार्थीको विदाईको अवसरमा शुक्रबार राजधानीमा गरिएको कार्यक्रममा उनीहरुले हरेक हिसावले इन्जिनियरिङका विद्यार्थीलाई नेपालमै राम्रो रहेको सुनाए ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा राजेश ठकुराठीले मेहनतका साथ काम गरे इन्जिनियरहरुलाई नेपालमै राम्रो रहेको बताए । नेपाल इन्जिनियरिङ परिषदका उपाध्यक्ष डा विकास अधिकारीले नेपाली इन्जिनियरहरुलाई नेपालमै प्रसस्त सम्भाबना भएको सुनाए । तपाईहरु कोही पनि विदेश जानु पर्दैन, उनले भने, नेपालमै धेरै स्कोपहरु छन् । 

कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले उत्पादित विद्यार्थी नै कलेजको वास्तविक व्राण्ड एम्वेसडर भएको भन्दै उनले आचारसंहितामा रहेर काम गर्न सुझाव दिए । 

इन्जिनियरिङ परिषद्को तथ्यांक अनुसार परिषद्मा देशभर ७८ हजार इन्जिनियरहरु छन् । तीमध्ये आधी भन्दा वढी इन्जिनियरहरु विदेशमा रहेको अनुमान छ । देशभरबाट वर्षमा आठ हजारको हाराहारीमा इन्जिनियरहरु उत्पादन हुने तथ्यांक छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved