ताजा

  • शनिबार, १२ श्रावण, २०८१
  • ०९:०६:२६
  • नेपालीको अभिमत

शिक्षा

नेपालगञ्जमा 'किड्स फेस्टिवल'को तयारी धमाधम

नेपालमत

मंगलबार, ५ मङ्सिर, २०८०

नेपालगञ्ज - दोस्रो नेपालगञ्ज 'किड्स फेस्टिवल'–२०८० को दोस्रो चरणको अडिसन सकिएको छ । नेपालगञ्जमा भएको दोस्रो चरणमा छनोट भएका प्रतिस्पर्धीले मंसिर १६ गते हुने फेस्टिवलको विभिन्न विधामा भाग लिनेछन् ।

मंगलबारको अडिसनबाट एकल नृत्य प्रिस्कुल र प्राइमरीबाट ३० जना, खुलातर्फ २१ जना गरी ५१ जना छनोट भएका छन् । गायन तर्फ २२ जनाले फाइनल राउन्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । वक्तृत्वमा २५ जना फाइनलमा पुगेका छन् ।

दशैं, तिहार र छठको विदाका कारण बालबालिकालाई असजिलो हुने भएकोले सामुहिक नृत्य तर्फ प्रिस्कुल, प्राइमरी र खुला तहमा अडिसन नहुने गरी मंसिर १४ गतेसम्मको लागि आवेदन दिन सकिने आयोजन लिभवेल काउन्सिलिङका अध्यक्ष भोजराज शर्मा ‘नादिर’ले बताए । चित्रकलामा प्रिस्कुलदेखि माविसम्म मंसिर १४ गतेसम्म आवेदन खुला गरिएको छ । 

किड्स फेस्टिवलले बाल साहित्य र सृजनालाई प्राथमिकता दिएको छ । बालबालिकामा अन्तरनिहित प्रतिभालाई देखाउने उत्सवको रुपमा लिइएको नेपालगञ्ज किड्स फेस्टिवलको तयारी अहिले तीव्र गतिमा भैरहेको आयोजकले जनाएको छ । 

बाल साहित्य र सिर्जनाको खुला उत्सवको रुपमा रहेको नेपालगन्ज किड्स फेस्टिवलमा गत वर्ष ४ सय ७० जना बालबालिकाको सहभागिता रहेको थियो । यसपटक फेस्टिवललाई अझै फरक र व्यवस्थित ढंगले आयोजना गर्ने तयारी गरेको नादिर बताउँछन् । 

 

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved