काठमाडौं- मानवअधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न परिवारका ३४ बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ ।
‘छोरी पढाऔँ स् गरिमा बढाऔँ’ भन्ने आह्वानसहित समाजले ३४ बालिका प्रत्येकलाई रु १२ हजारका दरले रु चार लाख आठ हजारको छात्रवृत्ति प्रदान गरिएको सभापति रामकृष्ण बरालले जानकारी दिनुभयो ।
मोरङ जिल्लाको कटहरी गाउँपालिका, थलाहास्थित श्री जनता माविका २७ र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती माविका सात गरी ३४ बालिकालाई वर्ष २०७९ को छात्रवृत्ति रकम प्रदान गरिएको हो ।
पाँच वर्षे छात्रवृत्ति अभियानअन्तर्गत पहिलो वर्ष २०७८ मा ६ कक्षामा अध्ययनरत ३७ बालिकालाई छात्रवृत्ति प्रदान गरिएकोमा सोमध्ये यस वर्ष तीन जनाले विद्यालय परित्याग गरेको हुँदा ३४ बालिकालाई प्रदान गरिएको हो ।
समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियानअन्तर्गत पाँच वर्षसम्म अर्थात १० कक्षा पुगुन्जेलसम्म यिनै बालिकालाई रु १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिने छ ।
पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तक रामप्रसाद जोशीले दुई, अनुजा खनालले दुई जना, संवत थापाले दुई र उर्मिला पराजुलीले दुई जनालाई सहयोग प्रदान गर्नुभएको समाजले जनाएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि (शुक्रबार) बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा...
पाँचथर- विद्यार्थी सङ्ख्या यतिबेला पहाडी ग्रामीण भेगका सामुदायिक विद्यालयको साझा चुनौती बनेको छ । बढ्दो बसाइँसराइ, निजी विद्यालयप्रतिको मोह र शैक्षिक गुणस्तरका कारण विद्यार्थी सङ्ख्या...
ढोरपाटन- स्थानीय तह आउनुपूर्व बजारदेखि गाउँसम्मका सामुदायिक विद्यालय जीर्ण थिए । काठ, ढुङ्गा र माटोले बनेका पुराना भवनमा विद्यार्थी भुइँमै बसेर पढ्थे । प्राथमिक तह पढ्नकै...
दाङ- घोराही उपमहानगरपालिकाले शैक्षिक सुधारको अभियानलाई नवीन रुपमा अघि बढाउने भएको छ । उपमहानगरपालिकाले नमूना विद्यालय पहिचान गरी ‘एक वडा, एक नमूना विद्यालय’ अभियान अघि बढाउन...
नवलपरासी- बर्दघाट सुस्ता पश्चिम को परासीस्थित आदर्श माविका छात्राहरु अचानक बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको छ । हिजो र आज लगातार विद्यार्थी बेहोस हुने...