• शनिबार, १५ बैशाख, २०८१
  • ०९:३३:५७
  • नेपालीको अभिमत

जनप्रतिनिधि

सोचेका ६५ प्रतिशत काम मात्रै सकिए, दोहोरिने इच्छा छ : उद्धवप्रसाद खरेल, मेयर, बुढानीलकण्ठ नगरपालिका, काठमाडौं

नेपालमत

सोमबार, ३ माघ, २०७८

नेपालमतको अभियान ‘स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल’ अन्तर्गत आजको कुराकानीमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल हुनुहुन्छ । प्रस्तुत छ, नेपालमतकर्मी इन्द्रसरा खड्काले मेयर खरेलसँग गर्नुभएको कुराकानीको सम्पादित अंश:

मेयरज्यू, हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

हाम्रो कार्यकालको अब जम्माजम्मी चार महिना बाँकी छ । यसबीचमा धेरै अधुरा काम सक्नुपर्नेछ । अहिलेसम्म भएका प्रगतिलाई अभिलेखीकरण गर्ने, तिनलाई जनतामा सञ्चार गर्ने र सकिनै लागेका योजनाहरूलाई द्रुत गतिमा अघि बढाउने कामको चटारो छ ।

समग्र रूपमा हेर्दा यी पाँच वर्ष कसरी बिते ?

अधिकांश समय कर्मचारी व्यवस्थापन, तीन तहका सरकारबीच समन्वय र स्रोत साधन जुटाउनमै बित्यो । हाम्रै पालामा कोरोना कहर आइलाग्यो । यी यावत् कुराको बाबजुद जति काम गर्छु भन्ने सोचेको थिएँ त्यो शतप्रतिशत हुन नसके तापनि ६५ प्रतिशत काम गर्न सफल भयौं भन्ने लागेको छ ।

के–के काम गर्नुभयो त ?

मैले पाँच वर्षमा पाँच कुरा गर्ने भनेको थिएँ– सुशासन, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास र बुढानीलकण्ठ नगरपालिकालाई नयाँ शहर बनाउने । यी कुरा प्राप्त गर्न प्रयास धेरै गरेका छौं तर बाहिर देखिन सकेको छैन ।

यी काम गर्न केले रोक्यो ?

मैले रिङरोड बनाउँछु भनेको थिएँ तर टेण्डरको प्रक्रिया नै ढिला भयो । प्रत्येक घरमा पानी सहितको धारा भनेको थिएँ, मेलम्ची नै नआएपछि यो काम गर्न सकिएन । नयाँ शहर बनाउने भन्ने थियो क्षमता र साधन स्रोतले भ्याउन सकेन । युवाहरूलाई गाउँमै रोजगारी सिर्जना गर्ने भनेको थिएँ, उद्योगधन्दा खोल्न नपाउँदा समस्या भयो ।

२०२१ सालमा नापी आयो, यी हरिया डाँडा कसैको नाममा दर्ता भए । अब यी व्यक्तिका सम्पत्ति हुन् । पहिले, पहिले तलतल खेतीपाती गर्थे, माथितिर त्यत्तिकै छोड्थे । रुखहरू उम्रेर हरियाली थियो । बिस्तारै बस्ती बढ्दै गयो, जग्गाको मूल्य बढ्यो, डाँडामा बस्न झनै रमाइलो हुने भयो । त्यसपछि डाँडामा भएको आफ्नो जग्गामा रुखहरू काटेर जग्गालाई सम्याउन थालियो ।

पर्यटनलाई बढावा दिने उद्देश्यले ‘पर्यटन पूर्वाधार, समृद्धिको आधार’ भन्ने नाराका साथ काम गर्ने तयारी गरेका थियौं । तर, राष्ट्रिय निकुञ्ज भएकाले केही बनाउन पाइँदैन भनियो । केबलकारको कुरा गरेको थिएँ त्यो पनि सम्भव भएन । जीपलाइनको कुरा गरेका थियौं, वनले स्वीकृति दिएन र सर्वेकै चरणमा काम रोकियो । साइकल रुट बनाउनका लागि डाँडाकाँडामा खनिरहेका छौं, पूरा भएको छैन ।

सम्पन्न भएका काम पनि होलान् नि ? कि सबै अधुरै मात्र हुन् ?

यो पालिका ६ वटा गाविस समेटिएर बनेको छ । हामी निर्वाचित भएर आउँदा यहाँ ६ वटा वडामा मात्र कार्यालय थियो । हामीले १३ वटै वडामा कार्यालय स्थापना गरेका छौं । पालिकाको भवन बनायौं । १३ वटै वडा आठ मिटरको बाटोले जोडिन्छन् । कतै कतै अलिकति बाँकी होला, त्यो पनि छिट्टै पूरा हुन्छ ।

बाहिर छरिएका बिजुलीका तारहरू जमिनमुनि राखेका छौं । पार्कहरू निर्माण गरेका छौं । नगर सभ्यता र संस्कृतिको जगेर्ना गर्न केही मन्दिर व्यवस्थापन गरेका छौं ।

तपाईंको पालिकामा रहेका डाँडाकाँडामा जंगल मास्दै बस्ती बस्न थालेको भन्ने कुराहरू आइरहेका छन् । किन हरियाली डाँडाकाँडामा संरचना निर्माण भइरहेका छन् ?

हाम्रो पालिकाको उत्तरतर्फ शिवपुरी राष्ट्रिय निकुञ्ज छ, त्यसपछि 'वफर जोन' छ, अनि मात्र बस्ती छ । २०२१ सालसम्म यो कार्यालयसम्म पनि जंगल थियो । संरचना केही थिएनन् । वनको उपभोग स्थानीय जनताको स्वविवेकमा निर्भर थियो ।

२०२१ सालमा नापी आयो, यी हरिया डाँडा कसैको नाममा दर्ता भए । अब यी व्यक्तिका सम्पत्ति हुन् । पहिले, पहिले तलतल खेतीपाती गर्थे, माथितिर त्यत्तिकै छोड्थे । रुखहरू उम्रेर हरियाली थियो । बिस्तारै बस्ती बढ्दै गयो, जग्गाको मूल्य बढ्यो, डाँडामा बस्न झनै रमाइलो हुने भयो । त्यसपछि डाँडामा भएको आफ्नो जग्गामा रुखहरू काटेर जग्गालाई सम्याउन थालियो । कसैले आफैं संरचना बनाउँछन्, कोही अरूलाई बेच्छन् । मेरो सम्पत्ति हो म जे पनि गर्न सक्छु भन्ने मान्यता छ । सरसर्ती हेर्दा यो स्वाभाविकै पनि लाग्छ किनकि अरू कसैको सम्पत्तिमा हामीले गएर यसो गर्न मिल्दैन भन्न पनि गाह्रो ।

एकदमै ढाँचा परिवर्तन हुनेगरी, जोखिम बढ्नेगरी र प्राकृतिक रूपमा धेरै असर पर्नेगरी चाहिं गर्न पाइँदैन भनेका छौं  । कतिपय अवस्थामा रोकेका पनि छौं ।

यो विषयमा मैले भू–उपयोग नीति बनाउन खोजेको थिएँ तर सकिनँ । किनकि; के गर्ने, कसरी गर्ने भन्ने विज्ञता हामीसँग छैन ।

विभिन्न आरोह अवरोहसँग जुझ्दै जनप्रतिनिधि भएर काम गर्दाको अनुभव कस्तो रह्यो ?

म २०५४ सालमा गाविस अध्यक्ष थिएँ । ४० वर्षदेखि बुढानीलकण्ठको कान्ला, कान्लामा धुलो उडाएर हिंडेको सामाजिक कार्यकर्ता हुँ । मैले माथि पनि भनें, नयाँ संरचनाको पहिलो स्थानीय सरकार भएकोले पहिलो वर्ष कर्मचारी व्यवस्थापनदेखि लिएर नीति, नियम, कानून बनाउँदैमा सकियो । त्यसपछि सकेअनुसारको काम गरिरहेका छौं । नयाँ अनुभव भएको छ । साँच्चै भन्नु पर्दा त पिएचडी नै गरेजस्तो अनुभव भएको छ ।

धेरै ठाउँमा जनप्रतिनिधि र कर्मचारीबीच कुरा नमिलेको सुन्नमा आउँछ । तपाईंको पालिकामा यस्तो समस्या आयो ?

संसार सम्झौतामा अडेको छ । श्रीमान्–श्रीमतीबीच सम्झौता हुन्छ । साथीसाथीबीच सम्झौता, राजनीतिक दलहरूबीच सम्झौता हुन्छ भने कर्मचारी र जनप्रतिनिधिबीच पनि सम्झौता त हुनैपर्छ । यो दुनियाँ सम्झौतामै अडेको न रहेछ !

राजनीतिक पार्टीका प्रतिनिधि र कर्मचारी एक रथका दुई पांग्रा जस्तै हुन् । यी दुवैको समन्वयमा काम गर्नुपर्छ । राष्ट्रसेवा गर्न आएको कर्मचारी जनप्रतिनिधिलाई सघाउन भनेर आएको हो । तर, यो शतप्रतिशत लागू नहुँदो रहेछ ।

राजनीतिक पार्टीका प्रतिनिधि र कर्मचारी एक रथका दुई पांग्रा जस्तै हुन् । यी दुवैको समन्वयमा काम गर्नुपर्छ । राष्ट्रसेवा गर्न आएको कर्मचारी जनप्रतिनिधिलाई सघाउन भनेर आएको हो । तर, यो शतप्रतिशत लागू नहुँदो रहेछ । कर्मचारी पनि तीनथरिका छन् । थोरै कर्मचारी राम्रा छन्, केही माध्यम छन् र केही राम्रा छैनन् ।

लोकसेवा पास गरेर आएकै भरमा ऊ अब्बल दर्जाको हुन्छ भन्ने हुँदैन । हरेक कुरा मान्छेको आ–आफ्नो स्वभाव र शैलीमा भर पर्छ । जनप्रतिनिधि पनि सबै सिपालु हुँदैनन् । यसैले दुवै पक्षले मिलिजुली काम गरेमा परिणाम राम्रो आउँछ ।

अबको योजना के छ ?

हामीले धेरै काम गर्न बाँकी छ । अब नयाँ चुनाव हुँदैछ । पार्टीले टिकट दियो र जनताले फेरि पनि साथ दिनुभयो भने अर्को कार्यकालका लागि पनि दोहोरिउँला । यसो हुँदा अधुरा काम पूरा गर्ने मौका पनि पाइन्थ्यो । नभए नयाँ आउने जनप्रतिनिधिलाई पहिले गरिएका कामलाई निरन्तरता दिंदै अघि बढ भन्ने हो । भोलिको अवस्था भोलि नै थाहा होला ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    अधिकारै उपयोग नगरी बिदा हुँदै स्थानीय तहका उपप्रमुख !

    हाल कायम स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल सकिन केही दिन मात्र बाँकी छ । स्थानीय तहको आगामी निर्वाचन ३० वैशाख २०७९ मा गर्ने तयारी अघि बढिसकेको...

  • नेपालमत

    ‘आफू सक्षम भएमा अरूसँग गुनासो गर्नु पर्दैन’

    नेपालमतको अभियान ‘स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल’ अन्तर्गत आजको कुराकानीमा संखुवासभाको पाँचखपन नगरपालिकाकी उपमेयर भीमादेवी राई हुनुहुन्छ । प्रस्तुत छ, नेपालमतकर्मी इन्द्रसरा खड्काले उपमेयर राईसँग गर्नुभएको कुराकानीको सम्पादित अंश: उपमेयरज्यू,...

  • नेपालमत

    ‘मेयरले मेरो काममाथि हस्तक्षेप गर्नुभयो’

    नेपालमतको अभियान ‘स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल’ अन्तर्गत आजको कुराकानीमा जुम्लाको चन्दननाथ नगरपालिकाकी उपमेयर अप्सरादेवी न्यौपाने हुनुहुन्छ । प्रस्तुत छ, नेपालमतकर्मी इन्द्रसरा खड्काले मेयर न्यौपानेसँग गर्नुभएको कुराकानीको सम्पादित अंश: उपमेयरज्यू;...

  • नेपालमत

    मुखले बोले जस्तो काम गर्न सजिलो रहेनछ : उपमेयर बस्नेत

    नेपालमतको अभियान ‘स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल’ अन्तर्गत आजको कुराकानीमा भक्तपुरकाे सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेत हुनुहुन्छ । प्रस्तुत छ, नेपालमतकर्मी इन्द्रसरा खड्काले उपमेयर बस्नेतसँग गर्नुभएको कुराकानीको सम्पादित अंश: आजभोलि केमा...

  • नेपालमत

    ‘उपमेयरलाई अधिकार नै दिइएको छैन’

    नेपालमतको अभियान ‘स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल’ अन्तर्गत आजको कुराकानीमा वीरगञ्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीसँगको भलाकुसारी लिएर आएका छौं । उमेरले नौ दशक पार गरिसक्नुभएकी कार्की राजनीतिमा...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved