• शनिबार, ८ बैशाख, २०८१
  • १६:१३:०२
  • नेपालीको अभिमत

जनप्रतिनिधि

मेयरका कारण झण्डै आत्महत्या गरिनँ : उपमेयर झा

नेपालमत

सोमबार, २० मङ्सिर, २०७८

नेपालमतको अभियान ‘स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल’ अन्तर्गत आजको कुराकानीमा हंसपुर नगरपालिका, धनुषाकी उपमेयर रेणु झा हुनुहुन्छ । प्रस्तुत छ, नेपालमतकर्मी इन्द्रसरा खड्काले झासँग गर्नुभएको कुराकानीको सम्पादित अंश:

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

अहिले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । हामी पनि यसैमा सम्बन्धित रहेर कार्यक्रम गरिरहेका छौं ।

उपमेरमा जितिसकेपछिको करीब पाँच वर्षको अवधिमा के–के काम गर्नुभयो ?

केही गरेको छैन । काम गर्न पाए पो गर्नु, नपाएपछि के गर्नु !

मतलब ?

मेयरसा’बले हरेक कुरामा अंकुश लगाएपछि मैले कसरी काम गर्नु ! यो मेरो सम्पत्ति हो, यसको मालिक म हो भन्ने दम्भ हाम्रो मेयरमा छ । पालिकाको काम सबै उहाँले नै हो चलाउने । मैले पाएको भनेको न्यायिक समितिको काम मात्र हो । तर, त्यहाँ मेरो लागि एउटा कुर्सी समेत छैन ।

यत्रो वर्षसम्म कुनै बजेट छुट्याउनुभएन । यो वर्ष चाहिं कानूनी किताबहरू किन्नको लागि ५ लाख रुपैयाँ छुट्याइदिन्छु भन्नुभएको थियो । मैले चाहिंदैन भनें । अब कार्यकाल सकिने वेला किन चाहियो ?

पहिले पालिकाको कार्यालय वडा नम्बर २ मा राख्ने सहमति भएको थियो, सोही अनुसार कार्यालय पनि राखियो । तर, केही समयपछि मेयरले रातारात सामान सारेर वडा नम्बर ८ मा कार्यालय स्थानान्तरण गर्नुभयो । विवादको जड यहींबाट शुरू भयो ।

भनेपछि उपमेयरले गर्नुपर्ने काम र अधिकारबाटै वञ्चित हुनुभयो ?

न्यायिक समितिमा काम गरें । अरू केही काम गर्न पाएको छैन ।

तपाईंले मेरो अधिकार यो यो हो । यो काम मैले गर्न पाउनुपर्छ भनेर भन्नुभएन त ?

भनेको थिएँ एक/दुई पटक । अधिकार भए गरेर देखाऊ भन्नुभयो । कर्मचारीदेखि सबै उहाँकै अनुसार चल्छन् । अनि मैले कसरी काम गर्नु !

चुनावका वेला जनतासामु पक्कै यो यो गर्छु भनेर वाचा गर्नुभएको थियो होला । ती वाचा पूरा भएनन् । अब जनतालाई के जवाफ दिनुहुन्छ त ?

मैले वाचा अनुसार काम गर्न नसकेकै हो । काम किन गर्न सकिनँ भन्ने कुरा जनताले पनि बुझेका छन् । मैले उहाँहरूसँग माफी माग्नुबाहेक अरू विकल्प रहेन ।

भनेपछि मेयरकै कारण केही गर्न सक्नुभएन, होइन त ?

हो ।

अरूलाई न्याय दिने न्यायिक समितिको संयोजक आफैं हिंसामा पर्नुभएको रहेछ । न्याय माग्न जानु भएन ?

सबैतिर प्रमुखले आफ्नो बनाइसक्नुभएको छ । मैले जुन ठाउँ जाँदा पनि न्याय पाइनँ । मेरो आवाज कसैले सुनेनन् ।

तपाईंको कुरा सुन्दा; मेयर र उपमेयरबीच ठूलो द्वन्द्व छ जस्तो लाग्यो । खासमा यस्तो अवस्थाको सिर्जना कसरी भयो ?

पहिले हाम्रो सम्बन्ध राम्रै थियो । दुवै जना एउटै पार्टी (राजपा) बाट जितेका प्रतिनिधि हौं । मेरो गाउँ नगरपालिकाको वडा नम्बर २ मा पर्छ भने मेयरसा’बको ८ नम्बर वडा ।

यत्रो वर्षसम्म कुनै बजेट छुट्याउनुभएन । यो वर्ष चाहिं कानूनी किताबहरू किन्नको लागि ५ लाख रुपैयाँ छुट्याइदिन्छु भन्नुभएको थियो । मैले चाहिंदैन भनें । अब कार्यकाल सकिने वेला किन चाहियो ?

पहिले पालिकाको कार्यालय वडा नम्बर २ मा राख्ने सहमति भएको थियो, सोही अनुसार कार्यालय पनि राखियो । तर, केही समयपछि मेयरले रातारात सामान सारेर वडा नम्बर ८ मा कार्यालय स्थानान्तरण गर्नुभयो । विवादको जड यहींबाट शुरू भयो ।

पालिकाको कार्यालय त तपाईंहरूलाई पायक पर्ने भन्दा पनि समग्र जनतालाई पायक पर्ने ठाउँमा राख्नुपर्ने होइन र ?

हो, मैले भन्दै आएको कुरा पनि यही नै हो । २ नम्बर वडा सबैलाई पायक पर्ने ठाउँ हो । मेयरज्यूले कार्यालय बनाउने भन्दै जहाँ सामान सार्नुभएको छ, त्यो ठाउँ सबै नागरिकलाई पायक पर्ने ठाउँ होइन ।

यसरी रातारात सामान सारिसकेपछि आन्दोलन नै भयो । हामीले यसको विरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा हाल्यौं । उच्च अदालतले पहिलेकै ठाउँ (वडा नम्बर २) मै कार्यालय राख्नू भनेर फैसला गर्‍यो । त्यो दिनदेखि उहाँले मलाई दुःख दिन शुरू गर्नुभयो । आत्महत्याको सोचसम्म पुर्‍याउनुभयो मलाई मेयरले । धन्न, जनताले साथ दिनुभयो र त्यसो भएन । जनताको मायाले नै म अहिले जिउँदो छु ।

यो कति सालको कुरा हो ?

हामी निर्वाचित भएको एक वर्षपछिकै कुरा हो । यतिका बाबजुद मैले गर्न सकेको एउटा काम हो– नागरपालिकाको चार कोठे भवन निर्माण । भवन निर्माणको लागि सरकारले तीन करोड बजेट दिएको थियो । मेयरले भवन निर्माणमा अवरोध पुर्‍याउँदा त्यो बजेट फ्रीज भयो । मैले उपभोक्ता समितिबाट पैसा निकालेर बनाएँ । यति मात्र हो मैले गर्न सकेको भनेको ।

प्रसंग बदलौं; तपाईं न्यायिक समितिको संयोजक । न्यायिक समितिमा कस्ता उजुरी आउँछन् ?

त्यही गाउँघरमा हुने सामान्य झै–भगडा त हो– कुलो, साँध–सीमाना लगायतका विवादहरू । कहिलेकाहीं महिला हिंसाका उजुरीहरू पनि आउँछन् । यस्ता उजुरीको हकमा मेलमिलाप हुनसक्नेलाई मेलामिलाप गराउँछु, नभए प्रहरीकहाँ पठाइदिन्छु ।

मैले वाचा अनुसार काम गर्न नसकेकै हो । काम किन गर्न सकिनँ भन्ने कुरा जनताले पनि बुझेका छन् । मैले उहाँहरूसँग माफी माग्नुबाहेक अरू विकल्प रहेन ।

मुलुकको अन्य भेगमा भन्दा तराईमा दाइजोका घटना अलि बढी सुनिन्छन् । तपाईंकहाँ यस्ता उजुरी कत्तिको आए ?

हाम्रो पालिकामा दाइजोको विषयमा कुनै उजुरी आएका छैनन् । मैले पहिले पनि महिलाको क्षेत्रमा काम गरेकी थिएँ । अन्तरपार्टी महिला सञ्जालको अध्यक्ष हुँदा यस्ता कुरामा निकै सचेत गराएका थियौं ।

दैनिकी कसरी बित्छ ?

११ बजेतिर कार्यालय जान्छु, पाँच बजे फर्कन्छु । न्यायिक समितिको भन्दा अरू केही काम गरेको छैन । कहिलेकाहीं योजनाको अनुगमन गर्न जान्छु । योजनाको महीनावारी अनुगमन गर्नुपर्ने हुन्छ । अनुगमनका लागि कार्यालयले गाडी दिंदैन । अस्ति भर्खर मात्रै शिक्षाको गाडी लिएर अनुगमनमा गएको थिएँ, ‘त्यसलाई किन गाडी दिएको’ भन्दै मेयरले धम्की दिनुभएछ ।

यो कार्यकाल त काम नगरेरै बित्न लागेछ । अबको योजना चाहिं के छ नि ?

यो पटक उपमेयरमा जितेर केही गर्न पाइएन, गर्नै दिएनन् । एक मनले अब चुनाव नलडौं भनेको छ । फेरि अर्को मनले चाहिं यही काम गर्न नदिएको झोकमा मेयर पदमै दावी गर् पनि भनेको छ । त्यसैले यसबारेमा अहिले नै केही भन्न सक्ने अवस्था रहेन ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved