हुम्ला जिल्लाको नाम्खा गाउँपालिका चीनसँग सिमाना जोडिएको गाउँपालिका हो । पछिल्लो समय चीनसँग सीमा विवाद रहेको विभिन्न चर्चा/परिचर्चा भए । तर, सरकार भने चीनसँग कुनै सीमा विवाद नभएको भनिरहेको छ ।
यसै परिप्रेक्ष्यमा; नेपालमतले शुरू गरेको ‘स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल’ अन्तर्गत आज हामीले हुम्लास्थित नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङसँग कुराकानी गरेका छौं । नाम्खा गाउँपालिकाको दुईवटा (५ र ६) वडाको चीनसँग सीमा जोडिएको छ । उपाध्यक्ष तामाङ चीनले एकतर्फी रूपमा सीमास्तम्भ चलाएको जिकिर गर्नुहुन्छ । प्रस्तुत छ, हाम्रा साथी इन्द्रसरा खड्काले यो र अरू विविध पक्षमा उपाध्यक्ष तामाङसँग गरेको कुराकानीको मुख्य अंशः
उपाध्यक्षज्यू आजभोलि व्यस्तता कत्तिको छ ?
गाउँपालिकाकै काममा व्यस्त छु । कार्यकाल सकिन अब थोरै समय बाँकी छ । त्यसैले, बाँकी रहेका योजनाहरुको काम अघि बढाइरहेका छौं ।
निवार्चित भइसकेपछि पालिकामा के–के काम गर्नुभयो ?
नाम्खा गाउँपालिका भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो गाउँपालिका हो । यहाँको भू–बनोटले नै काम गर्न समस्या छ । विद्युत, सडक, यातायात, खानेपानीको व्यवस्था नभएको यहाँ हामी निर्वाचित भइसकेपछि हामीले सोचेको अनुसार ७० प्रतिशत काम सम्पन्न गरेका छौं । पहिले बत्ती थिएन अहिले धेरै ठाउँमा सोलार वितरण गरेका छौं । दुई ठाउँमा यहाँकै जलविद्युतबाट विद्युत उत्पादन गर्ने काम भइरहेको छ । हाम्रो पालिकामा जम्मा ६ वटा वडा छन् । त्यसमा सबैभन्दा विकट भनेको वडा नम्बर ६ हो । त्यहाँ जाने काठेपुल निर्माण गरेका छौं । पालिकाका सबै वडामा सडक सञ्जाल जोडेका छौं । यहाँ तामाङ बढी हुने भएकाले गुम्बा निर्माण गरेका छौं । यस्तै; सिंचाइ, खानेपानी, लगायतका विभिन्न काम गरेका छौं । समग्रमा भन्नुपर्दा; गोरेटो बाटोहरू निर्माण गरेका छौं । त्यस्तै; गुम्बा निर्माण, खानेपानी, सिंचाइ, विद्युतमा काम गरेका छौं । यही हाम्रो उपलब्धि हो ।
सबैभन्दा बढी गोरेटो बाटो निर्माण गर्नुभएको हो ?
हो । हाम्रोमा सबैभन्दा चल्ने भनेको गोरेटो बाटो नै हो । किनकि यतातिर खर्क हुन्छ । खर्क आवतजावतको लागि पनि सडकभन्दा गोरेटो बाटो नै बनाउनुपर्छ । नाम्खा गाउँपालिका पुग्न सदरमुकामबाट हिंडेर दुई दिन लाग्छ । अहिले चाइना बोडरबाट बाटो जोडिएको छ । सदरमुकामबाट लिमी जाने सडक छ । लिमीबाट सल्ली भएर गाडी चढेर जाँदा एक दिन लाग्छ ।
पहिले र अहिलेको पालिकाको अवस्था कस्तो पाउनुहुन्छ ?
पहिले बाटोघाटो थिएन । सडक थिएन । कुनै पनि विकासका पूर्वाधार थिएनन् । अहिले कच्ची नै भए पनि सडक पुगेका छन् । धेरैजसो ठाउँमा फोनको नेटवर्कले काम गर्छ । यहाँ भौगोलिक दृष्टिकोणले पनि विकासको काम गर्न गाह्रो छ । तर, पहिलेको भन्दा अहिले धेरै कुरामा विकास भएको छ भन्ने लाग्छ ।
हिल्सास्थित ५ नम्बर प्लेट; हुम्ला, बझाङ र चीनको सीमामा रहेको ४ नम्बर प्लेट र अर्को लिमीको १२ नम्बर प्लेट नयाँ बनाइएको छ । नेपाल पक्षलाई थाहै नदिई नयाँ किन बनाउँछ ? त्यहाँ केही न केही स्वार्थ लुकेको देखिन्छ । हामीले यो विषयमा केन्द्र सरकारसँग छलफल गरेका छौं ।
चुनावमा गर्नुभएका प्रतिबद्धता पूरा गर्नुभयो त ?
म स्वतन्त्र उम्मेदवारबाट चुनाव जितेको प्रतिनिधि हुँ । मैले मलाई भोट दिनुभयो भने यो यो गर्नेछु भनेर झुटो आश्वासन दिइनँ । घोषणा–पत्र पनि बनाइनँ । मलाई भोट दिनुभयो भने आफ्नो गाउँठाउँको विकासको लागि सकेको पहल गर्नेछु भनेको थिएँ । त्यो काम मैले पूरा गरेको छु । र, अझै गर्दै पनि छु ।
त्यसो भए सबै काम गर्नुभयो त ?
विकासका काम कहिल्यै पूरा हुँदैनन् । तर, मैले धेरै प्रयास गरेको छु । हुनतः आफूले काम गरेको छु भन्ने सबैलाई लाग्छ । मैले गरिनँ त कोही पनि भन्दैन । तर मलाई लाग्छ; मैले जनप्रतिनिधि भएर काम गर्दा नाम्खा गाउँपालिकाले केही न केही मुहार फेरेको छ ।
के काम गर्न बाँकी रह्यो त त्यसो भए ?
मैले चारवटा काम चाहेर पनि गर्न सकेको छैन । ती काम हुन्– पुल निर्माण । नाम्खा गाउँपालिकाको चार ठाउँमा पुलको निकै आवश्यकता छ । एउटा लिमी जोड्ने पक्की पुल, अर्को लिंगखोलामा झोलुंगे पुल र अरू दुई ठाउँमा काठे पुल निर्माण गर्छु भनेको थिएँ तर भएन ।
किन भएन त ?
लिमी सडक जोड्न कर्णालीमा पक्की पुल निर्माण गर्नुपर्छ । कर्णालीमा पक्की पुल बनाउन थोरै रकमले नभ्याउने । मैले प्रदेश र केन्द्रमा पटक–पटक यसबारे कुरा पनि उठाएँ तर कसैले सुनेन । एउटा बजेट अभाव र अर्को भौगोलिक विकटताले काम हुन सकेन ।
उपाध्यक्षज्यू, धेरैजसो जनप्रतिनिधिसँग कुरा गर्दा; पुरुष अध्यक्ष/मेयर र महिला उपाध्यक्ष/उपमेयर भएको ठाउँमा धेरैजसोले हिंसा सहनुपरेको भन्ने सुनियो । तपाईंलाई पनि समस्या भयो र ?
होइन, हाम्रोमा त्यो समस्या छैन । अध्यक्षज्यूले म अध्यक्ष तिमी उपाध्यक्ष भन्ने कुरा नै गर्नुहुन्न । हामी दुवै मिलेर काम गर्छौं । दुवैजना हरेक कुरामा सल्लाह गरेर काम गर्छौं । हाम्रो जिल्लाका अरू पालिकामा तपाईंले भन्नुभएजस्तै हामीले काम गर्न पाएनौं, हामीमाथि हिंसा भयो भन्ने उपाध्यक्षका आवाज मैले पनि सुनेको छु । तर, हामीकहाँ त्यस्तो छैन ।
लिमी सडक जोड्न कर्णालीमा पक्की पुल निर्माण गर्नुपर्छ । कर्णालीमा पक्की पुल बनाउन थोरै रकमले नभ्याउने । मैले प्रदेश र केन्द्रमा पटक–पटक यसबारे कुरा पनि उठाएँ तर कसैले सुनेन । एउटा बजेट अभाव र अर्को भौगोलिक विकटताले काम हुन सकेन ।
आफू पुरुष भएर त्यस्तो हिंसा भोग्नु परेन भन्ने लाग्छ ?
मलाई त्यस्तो लाग्दैन । हाम्रो पालिकामा एकै जातिको बसोबास बढी छ । हाम्रो जातिमा त्यस्तो भेदभाव/हिंसा हुँदैन । र, मलाई लाग्छ अबको दिनमा महिला उपाध्यक्ष हुँदा पनि यो समस्या नआउला ।
अनि, तपाईं त न्यायिक समितिको संयोजक पनि । कस्ता–कस्ता उजुरी आए ?
अहिलेसम्म परेका ५/६ उजुरी भनेको सम्बन्ध विच्छेदका छन् । त्यो भन्दा अरू उजुरी आएका छैनन् ।
सम्बन्ध विच्छेदको कारण चाहिं के पाउनुभयो ?
पहिले महिला दबाबमा बसेका थिए । अब सहेर बस्नु हुँदैन भन्ने थाहा भयो । कानूनले अधिकार पनि दियो । महिला पनि बुझ्ने भए एउटा कुरा । अर्को कुरा, स्वतन्त्र हुन चाहेर पनि होला । कसैको दबाबमा किन बस्ने भनेर पनि सम्बन्ध विच्छेद हुन थालेको पाइएको छ ।
तपार्इंको पालिका चीनसँग सीमा जोडिएको पालिका पनि हो । वेला–वेला सीमा विवादको कुरा भइरहेको सुनिन्छ । खासमा समस्या के हो ?
हाम्रो पालिकाका दुईवटा (५ र ६) वडाको चीनसँग सीमा जोडिएको छ । सीमा विवादको कुरा चलेको हिल्सामा हो । गृह मन्त्रालयले सीमा विवादको कुरा छैन भन्ने प्रतिवेदन पेश गरेको भन्ने सुनेको छु । तर यहाँ सीमामा चीनले नयाँ स्तम्भ बनाएको छ । नेपाल र चीनले संयुक्त रूपमा २०६२ सालमा बनाएको सीमा स्तम्भ नम्बर ४, ५ र १२ लाई भत्काएर चीनले अलि घुमाएर नयाँ बनाएको छ । यस्तो अवस्थामा सरकारले कसरी सीमा विवाद छैन भन्छ एउटा कुरा; अर्को किन चीनले नेपाली पक्षलाई थाहै नदिई नयाँ स्तम्भ बनायो ? यसको केही न केही कारण अवश्य हुनुपर्छ ।
तपाईं त्यो सीमामा पुग्नुभएको छ ?
धेरै पटक पुगेको छु । अस्ति भर्खर मात्र पुगेर फोटो/भिडियो खिचेर ल्याएको छु । सबैलाई दिएको पनि छु । हिल्सास्थित ५ नम्बर प्लेट; हुम्ला, बझाङ र चीनको सीमामा रहेको ४ नम्बर प्लेट र अर्को लिमीको १२ नम्बर प्लेट नयाँ बनाइएको छ । नेपाल पक्षलाई थाहै नदिई नयाँ किन बनाउँछ ? त्यहाँ केही न केही स्वार्थ लुकेको देखिन्छ । हामीले यो विषयमा केन्द्र सरकारसँग छलफल गरेका छौं ।
पहिलो पटकको कार्यकालमा शुरूका एक/दुई वर्ष अलमल भयो । कामको मेसो नै पाइएन । कामको मेसो पाइसक्दा कार्यकाल नै सकिन लाग्यो । त्यसैले पनि चाहेजति काम गर्न सकिएन । अब काम पनि जानेको छु । गर्दै पनि आएको छु, अबको चुनावमा अध्यक्षमा लड्ने योजना छ ।
सीमा विवादको कुरा उठिसकेपछि त्यहाँका बासिन्दलाई केही समस्या भएको छ ?
अहिलेसम्म समस्या त केही भएको छैन । तर, डर भने छ । यो पालिकाका दुईवटा वडा नेपालभन्दा चीनमा निर्भर छन् । त्यहाँका नागरिकले भेडाबाख्रा चराउन चीनको जंगलमा जानुपर्छ । अनि; खाद्यन्न, लुगाकपडा पनि त्यतैबाट ल्याउनुपर्छ । किनकि हुम्लाको सदरमुकाम पुग्नुभन्दा तिब्बत पुग्न सजिलो हुन्छ । तर, कोरोनाका कारण दुई वर्षदेखि सीमा बन्द हुँदा नेपालबाटै खाद्यन्न लिनुपर्ने बाध्यता रहेको छ ।
अबको योजना के छ ?
पहिलो पटकको कार्यकालमा शुरूका एक/दुई वर्ष अलमल भयो । कामको मेसो नै पाइएन । कामको मेसो पाइसक्दा कार्यकाल नै सकिन लाग्यो । त्यसैले पनि चाहेजति काम गर्न सकिएन । अब काम पनि जानेको छु । गर्दै पनि आएको छु, अबको चुनावमा अध्यक्षमा लड्ने योजना छ ।
अब पनि स्वतन्त्रबाटै उठ्नुहुन्छ कि पार्टीको टिकट लिएर ?
अब अध्यक्षको लागि नेपाली कांग्रेसबाट टिकट लिएर चुनावमा उठ्ने सोचमा छु । यसको लागि पार्टीमा कुरा पनि भइरहेको छ । तर, आकांक्षी अरू पनि छन् । पार्टीले टिकट पनि दिन्छु भनेको छ । अब मैले टिकट पाएर मलाई जनताले भोट दिनुभयो भने यो कार्यकालमा अधुरा रहेका कामलाई प्राथमिकता दिएर काम गर्नेछु ।
अघिल्लो चुनावमा पार्टीले टिकट नदिंदा स्वतन्त्रबाट उठ्नुभयो । यो पटक पनि पार्टीले टिकट दिएन भने स्वतन्त्रमै उठ्नुहुन्छ ?
यो पटक त्यस्तो नहोला । पार्टीले दिन्छु भनिसकेको छ । यो पटक पार्टीको टिकटमै चुनाव लड्छु ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
हाल कायम स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल सकिन केही दिन मात्र बाँकी छ । स्थानीय तहको आगामी निर्वाचन ३० वैशाख २०७९ मा गर्ने तयारी अघि बढिसकेको...
नेपालमतको अभियान ‘स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल’ अन्तर्गत आजको कुराकानीमा संखुवासभाको पाँचखपन नगरपालिकाकी उपमेयर भीमादेवी राई हुनुहुन्छ । प्रस्तुत छ, नेपालमतकर्मी इन्द्रसरा खड्काले उपमेयर राईसँग गर्नुभएको कुराकानीको सम्पादित अंश: उपमेयरज्यू,...
नेपालमतको अभियान ‘स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल’ अन्तर्गत आजको कुराकानीमा जुम्लाको चन्दननाथ नगरपालिकाकी उपमेयर अप्सरादेवी न्यौपाने हुनुहुन्छ । प्रस्तुत छ, नेपालमतकर्मी इन्द्रसरा खड्काले मेयर न्यौपानेसँग गर्नुभएको कुराकानीको सम्पादित अंश: उपमेयरज्यू;...
नेपालमतको अभियान ‘स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल’ अन्तर्गत आजको कुराकानीमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल हुनुहुन्छ । प्रस्तुत छ, नेपालमतकर्मी इन्द्रसरा खड्काले मेयर खरेलसँग गर्नुभएको...
नेपालमतको अभियान ‘स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल’ अन्तर्गत आजको कुराकानीमा भक्तपुरकाे सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेत हुनुहुन्छ । प्रस्तुत छ, नेपालमतकर्मी इन्द्रसरा खड्काले उपमेयर बस्नेतसँग गर्नुभएको कुराकानीको सम्पादित अंश: आजभोलि केमा...