जस्ले जे गरेपनि हुने कस्तो जमाना आयो
प्रमाणित हुनु पर्दैन आरोप
भनेकै भरमा कसैको इज्जत लिलाम भयो
खुलेआम हिड्छ एक अपराधी यहाँ
मानौंं स्वयँ कानुन उ नै हो झैंं गरि
बरु निर्दोष माथि बर्सिन्छन् बिषाक्त नजरका बाण
मात्र एक अपराधी सरी
कति गर्छौ दुरुपयोग पद अनि चिनजानको
मानौंं तिमी एक अजम्बरी झैंं गरी
कठै दया लाग्छ तिम्रो सोचाइँको
स्तर देखेर घरिघरि
बेकसुरलाई दोषी साबित गरि
कसरी सुकुनले निदाउन सक्छौ ?
कति लिन्छौ चाकडी र चाप्लुसीको तालिम
भन्दा हुन ठूला भनाउँदालाई रिझाउन सक्छौ
सत्य लुकाई अरुलाई अप्ठ्यारो पार्दा
आत्मग्लानीले तिमीलाई पोल्दैन ?
सोच्दो हौ लाटो र बहिरोको सामु अपराध भएको हो
यस्ले केही सुन्दैन, बोल्दैन
सुनेकै छौ होला भित्ताको पनि कान हुन्छ
लाटो र बहिरो नै किन नहोस उस्को पनि सम्मान हुन्छ
बन्द गर सोझा माथिको यो शोषणको राजनीति
कति बिर्सन्छौ र मसानघाटसम्म न हो
गन्तव्य जीवनको अन्तिम मिति
विद्यालयदेखि नै कविता, गीत, गजल लेखन तथा नृत्य र गायनमा रुचि राख्ने शीतलको बाल्यकाल गुल्मीको ग्वादी वरपर बित्यो । त्यसैले, उहाँका रचनामा ग्रामीण जनजीवनको छनक पाइन्छ, प्राकृतिक सौन्दर्यको बखान भेटिन्छ । जीवनका भोगाइ, अनुभूति, समाजका तस्वीर र पुरुष सोचले निर्माण गरेका सामाजिक परिदृश्य उहाँका रचनामा प्रशस्त भेटिन्छन् । अखबारी लेखन र वाचनमा समेत रुचि राख्नुहुने शीतलका गीत, गजल र कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । निजामती सेवामा कार्यरत शीतल कार्यालय र घरको जिम्मेवारीबाट बचेको समय साहित्य लेखनमा खर्चिन रुचाउनुहुन्छ । शीतलका रचनालाई पाठक समक्ष पुर्याउने नेपालमतको स्तम्भ शीतल कुञ्ज मा उहाँको मधुर स्वरका रचना वाचन सुन्न र पढ्न सकिन्छ । - सम्पादक
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं महानगरपालीका मेयर बालेन्द्र शाह बालेनले मेयर पदबाट आज मलाई राजिनामा दिन लाउन खोज्दैछन्, यो देश कहिले बन्दैन भनेर फेसबुकमा लेख्नुभएको छ । ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने सामाजिक सञ्जालमा लेख्नुभएको छ :- अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला।...
तिमी मात्र तिमी कहाँ हौ र कसरी बिर्सन्छौ ? कसैको खुशी, भरोसा अनि ओत लाग्ने छानो हौ कसरी बिर्सन्छौ ? कस्तुरीले आफ्नो सुगन्ध खोज्दै हिँडे जसरी कसैले तिमीमा भविष्य खोजेको सत्य कसरी बिर्सन्छौ ? तिमी आँगनको डिलसम्म नआइपुग्दासम्म सुकुनले श्वास फेर्नसम्म नसक्ने ती आमाको अत्याट कसरी बिर्सन्छौ ? तिमीसँगै एउटा सुन्दर जीवन बिताउन अनगिन्ती सपना देखेकी अर्धाङ्गीनी कसरी बिर्सन्छौ ? अबोध सानी छोरीको मुहारको खुशी अनि तिम्रो हात...
पल्लागाउँको डाँडो अझै उस्तै छ कि छैन होला कोन्द्राका ती चौतारी नी टिप्ने कोही भएन होला नडडाँडाका अमला र बेलौती नी कति खाइयो खोल्टेपानी खिलुवा अनि खल्लुकसँग प्रित लाइयो मकै भुटि पोको पारी रुखको फेदमा ढाकी राख्थ्यौ बाटो भरि बारी पर्ने काक्रा बोडी टिपी खान्थ्यौ अपनत्वको हिमाल अग्लो मीठो लाग्ने आटो पिठो त्यसैले त भनिन्छ नि बालापनको याद मिठो खान्थ्यौ बिस्कुट भिजाएर, धाकखोलाको कलकल पानी नुनचुक बाँधी...
नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधि सभा चुनाव लड्नुभएका राप्रपा नेपालका कमल थापाले आफ्नो हार स्वीकार गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ । पराजयलाई सहर्ष स्विकार गर्दछु। हामीलाई...