ताजा

  • बिहीबार, ४ असोज, २०८०
  • १३:५४:२१
  • नेपालीको अभिमत

मल्टिमिडिया

शीतल कुञ्ज १९ः बालापनको याद मिठो

शीतल भण्डारी

बुधबार, २० पौष, २०७९

पल्लागाउँको डाँडो अझै उस्तै छ कि छैन होला 
कोन्द्राका ती चौतारी नी टिप्ने कोही भएन होला 

नडडाँडाका अमला र बेलौती नी कति खाइयो 
खोल्टेपानी खिलुवा अनि खल्लुकसँग प्रित लाइयो 
मकै भुटि पोको पारी रुखको फेदमा ढाकी राख्थ्यौ 
बाटो भरि बारी पर्ने काक्रा बोडी टिपी खान्थ्यौ 


अपनत्वको हिमाल अग्लो मीठो लाग्ने आटो पिठो 
त्यसैले त भनिन्छ नि बालापनको याद मिठो 
खान्थ्यौ बिस्कुट भिजाएर, धाकखोलाको कलकल पानी     
नुनचुक बाँधी प्लाष्टिकमा चुस्थ्यौं मीठो मानी मानी 


भौतिक सुख बढयो होला मनको खुशी घटदै गयो 
गावै एउटा परिवार लाग्थ्यो अहिलेदुरी बढ्दै गयो 
गाउँमा एकलाई गाह्रो पर्दा सबलाई परे जस्तो लाग्ने 
अ‍ैचोपैचो, सरसापटी आफै दिने आफै माग्ने 


त्यो अपनत्व, आफ्नोपन जानु कहाँ खोज्नलाई
भौतिकलाते तान्यो गाउँलाई थाल्यौ शहर रोज्नलाई
जोडिएछ नातारसाइनो कोलौदीका पाँखासँग 
मिलाएर गाउथ्यौ गीत तिलहरेका भाकासँग 

सम्झनामा ताजै छन् ती उकाली र ओराली नी
सुखपाउलान भनि बाले छिट्टै तराई झराले नी 

 


विद्यालयदेखि नै कविता, गीत, गजल लेखन तथा नृत्य र गायनमा रुचि राख्ने शीतलको बाल्यकाल गुल्मीको ग्वादी वरपर बित्यो । त्यसैले, उहाँका रचनामा ग्रामीण जनजीवनको छनक पाइन्छ, प्राकृतिक सौन्दर्यको बखान भेटिन्छ । जीवनका भोगाइ, अनुभूति, समाजका तस्वीर र पुरुष सोचले निर्माण गरेका सामाजिक परिदृश्य उहाँका रचनामा प्रशस्त भेटिन्छन् । अखबारी लेखन र वाचनमा समेत रुचि राख्नुहुने शीतलका गीत, गजल र कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । निजामती सेवामा कार्यरत शीतल कार्यालय र घरको जिम्मेवारीबाट बचेको समय साहित्य लेखनमा खर्चिन रुचाउनुहुन्छ । शीतलका रचनालाई पाठक समक्ष  पुर्‍याउने नेपालमतको स्तम्भ शीतल कुञ्ज मा उहाँको मधुर स्वरका रचना वाचन सुन्न र पढ्न सकिन्छ । - सम्पादक

शीतल भण्डारी

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बुधबार, २० पौष, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    कामपाले माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गर्ने

    काठमाडौ महानगरका प्रमुख बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा  माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गर्ने र  यी पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गरी कारबाही...

  • कसरी बिर्सन्छौ ?

    तिमी मात्र तिमी कहाँ हौ र कसरी बिर्सन्छौ ? कसैको खुशी, भरोसा अनि ओत लाग्ने छानो हौ कसरी बिर्सन्छौ ? कस्तुरीले आफ्नो सुगन्ध खोज्दै हिँडे जसरी कसैले तिमीमा भविष्य खोजेको सत्य कसरी बिर्सन्छौ ? तिमी आँगनको डिलसम्म नआइपुग्दासम्म सुकुनले श्वास फेर्नसम्म नसक्ने ती आमाको अत्याट कसरी बिर्सन्छौ ? तिमीसँगै एउटा सुन्दर जीवन बिताउन     अनगिन्ती सपना देखेकी अर्धाङ्गीनी कसरी बिर्सन्छौ ? अबोध सानी छोरीको मुहारको खुशी अनि तिम्रो हात...

  • नेपालमत

    पराजय स्वीकार्दै कमल थापाले भने- देश र जनताको हितमा निरन्तर सक्रिय रहने छु

    नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधि सभा चुनाव लड्नुभएका राप्रपा नेपालका कमल थापाले आफ्नो हार स्वीकार गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ । पराजयलाई सहर्ष स्विकार गर्दछु। हामीलाई...

  • नेपालमत

    ६० काटेकालाई भोट हाल्दै हाल्दिन : दीपकराज गिरी

    अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुक मार्फत ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गर्दै लेख्नुभएको छ:- सबै फूल गुलाफ हूदैनन् , सबै स्वतंत्र बालेन हूदैनन आफ्नो...

  • कठै दया लाग्छ तिम्रो सोचाईको स्तर देखेर घरी घरी

    जस्ले जे गरेपनि हुने कस्तो जमाना आयो  प्रमाणित हुनु पर्दैन आरोप भनेकै भरमा कसैको इज्जत लिलाम भयो  खुलेआम हिड्छ एक अपराधी यहाँ मानौंं स्वयँ कानुन उ नै हो झैंं गरि बरु निर्दोष माथि बर्सिन्छन् बिषाक्त नजरका बाण मात्र एक अपराधी सरी  कति गर्छौ दुरुपयोग पद अनि चिनजानको  मानौंं तिमी एक अजम्बरी झैंं गरी  कठै दया लाग्छ तिम्रो सोचाइँको  स्तर देखेर घरिघरि बेकसुरलाई दोषी साबित गरि  कसरी सुकुनले निदाउन सक्छौ ? कति लिन्छौ चाकडी...

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved