कापी पेन्सिल बोकेर स्कुल जाने बेलामा
भाई बैनी बोकेर स्कुलको झ्याल बाहिरबाटै
चिहाएर मन बुझाउन सक्यौ कसरी ?
अहिले खाना खाउन छोरी भन्दै कोठा कोठामा
थाल बोकेर हिड्नुपर्छ
भर्खर १६ टेक्दा थाहा पनि नदिई
डोलि चढाई पराइ घर
पठाउँदाको पिडा सह्यौ कसरी ?
माया, ममता, दया, करुणा के हो ? सायद थाहै भएन होला
मात्र कर्तव्य निभाउने नाउँमा झिसमिसे
बिहानीबाट अँधेरी रातसम्म
काममा खट्थ्यौ कसरी ?
सायद गर्भधारण गर्न योग्य तिम्रो शरीर थिएन होला
घरायसी कामको बोझसँगै त्यो बालापनमै
४/४ सन्तान जन्माई मातृत्व धर्म निभायौ कसरी ?
नपढेकी तिमी, दुर्गम ठाउँ
हामी सँगैका साथी स्कुल नजाँदा पनि
हामीहरुलाई पढ्नुपर्छ भनेर उत्प्रेरित गरि
स्कुल पठाउन आट्यौ कसरी ?
मैले जानेदेखि तिम्रो जिवनयात्रा नियाल्ने कोशिश गर्छु
आमा,
यो धर्ती सरी नै सबथोक सहन गरेर हाँस्न सक्छेउ कसरी ?
कतै थियो होला आशा कुनै दिन
सुख शान्ति र सुकुन मिल्नेछ
तर, जति जति उमेरले नेटो काट्दै गयो
तिम्रो जीवनले अझ कठिनता भोगिरहेको परिस्थिति
सहजै स्वीकार्न सक्छेउ कसरी ?
तिम्रो जीवन देखेर म आफ्नो अनुमान लगाउन सक्छु
अनि बितृष्णाले मेरो मन फाट्न खोज्छ, चहर्याउन थाल्छ
आमा,
तिम्रो पहाड जस्तो जीवनमा पनि
धैर्यता, सरलता, सहनशीलतासँगै सँधै
सकारात्मक सोच्न सक्छेउ कसरी ?
जान्ने भएदेखिको दलदलमा फसेका तिम्रा खुट्टाहरु
उमेरले ६० कट्दा पनि निस्कन सकेनन्
आमा,
यति लामो समयसम्म पनि
दलदलबाट निस्कन नसकेको जीवन
सहज बाँच्न सक्यौ कसरी ?
तिमीलाई देखेर मेरो जीवनको आँकलन गर्छु
भविष्य छर्लङ्ग देखेको महसुस हुन्छ अनि
एकान्त र बैराग्य नै सत्यता हो भन्ने लाग्छ
आमा,
तिमीले सधैभरि मातृत्वको कर्तव्य निभाइरह्यौ
सन्तान हुनुको कर्तव्य निभाउन सकेनौं हामी
तर, सन्तान सुखको आशा आशामै सिमित रहँदा पनि
सधै मुस्कुराउन सक्छेउ कसरी ?
जीवनको यो मोडसम्म पनि
तिमीले चाहेको जीवन जिउन पाइनौ
आमा,
सक्छेउ भने हामीलाई क्षमा गर्नु
आशा अझै छ
तिम्रो चाहना पुरा हुनेछ
तिमीलाई खुशी शान्ती र सुकुन महसुस गराउने प्रण गर्छौं ।
विद्यालयदेखि नै कविता, गीत, गजल लेखन तथा नृत्य र गायनमा रुचि राख्ने शीतलको बाल्यकाल गुल्मीको ग्वादी वरपर बित्यो । त्यसैले, उहाँका रचनामा ग्रामीण जनजीवनको छनक पाइन्छ, प्राकृतिक सौन्दर्यको बखान भेटिन्छ । जीवनका भोगाइ, अनुभूति, समाजका तस्वीर र पुरुष सोचले निर्माण गरेका सामाजिक परिदृश्य उहाँका रचनामा प्रशस्त भेटिन्छन् । अखबारी लेखन र वाचनमा समेत रुचि राख्नुहुने शीतलका गीत, गजल र कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । निजामती सेवामा कार्यरत शीतल कार्यालय र घरको जिम्मेवारीबाट बचेको समय साहित्य लेखनमा खर्चिन रुचाउनुहुन्छ । शीतलका रचनालाई पाठक समक्ष पुर्याउने नेपालमतको स्तम्भ शीतल कुञ्ज मा उहाँको मधुर स्वरका रचना वाचन सुन्न र पढ्न सकिन्छ । - सम्पादक
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
तिमी मात्र तिमी कहाँ हौ र कसरी बिर्सन्छौ ? कसैको खुशी, भरोसा अनि ओत लाग्ने छानो हौ कसरी बिर्सन्छौ ? कस्तुरीले आफ्नो सुगन्ध खोज्दै हिँडे जसरी कसैले तिमीमा भविष्य खोजेको सत्य कसरी बिर्सन्छौ ? तिमी आँगनको डिलसम्म नआइपुग्दासम्म सुकुनले श्वास फेर्नसम्म नसक्ने ती आमाको अत्याट कसरी बिर्सन्छौ ? तिमीसँगै एउटा सुन्दर जीवन बिताउन अनगिन्ती सपना देखेकी अर्धाङ्गीनी कसरी बिर्सन्छौ ? अबोध सानी छोरीको मुहारको खुशी अनि तिम्रो हात...
पल्लागाउँको डाँडो अझै उस्तै छ कि छैन होला कोन्द्राका ती चौतारी नी टिप्ने कोही भएन होला नडडाँडाका अमला र बेलौती नी कति खाइयो खोल्टेपानी खिलुवा अनि खल्लुकसँग प्रित लाइयो मकै भुटि पोको पारी रुखको फेदमा ढाकी राख्थ्यौ बाटो भरि बारी पर्ने काक्रा बोडी टिपी खान्थ्यौ अपनत्वको हिमाल अग्लो मीठो लाग्ने आटो पिठो त्यसैले त भनिन्छ नि बालापनको याद मिठो खान्थ्यौ बिस्कुट भिजाएर, धाकखोलाको कलकल पानी नुनचुक बाँधी...
जस्ले जे गरेपनि हुने कस्तो जमाना आयो प्रमाणित हुनु पर्दैन आरोप भनेकै भरमा कसैको इज्जत लिलाम भयो खुलेआम हिड्छ एक अपराधी यहाँ मानौंं स्वयँ कानुन उ नै हो झैंं गरि बरु निर्दोष माथि बर्सिन्छन् बिषाक्त नजरका बाण मात्र एक अपराधी सरी कति गर्छौ दुरुपयोग पद अनि चिनजानको मानौंं तिमी एक अजम्बरी झैंं गरी कठै दया लाग्छ तिम्रो सोचाइँको स्तर देखेर घरिघरि बेकसुरलाई दोषी साबित गरि कसरी सुकुनले निदाउन सक्छौ ? कति लिन्छौ चाकडी...
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि लामो समयदेखि आवाज उठाउँदै आउनुभएकी जमुना सुवेदी गौतम अहिले एग्रो मार्ट (कृषि बजार)को व्यवसायमा लाग्नुभएको छ । ललितपुरस्थित सातबाटोमा रहेको भाटभटेनीबाट करिब चार सय मिटर अगाडि सडकको छेउमै छ उहाँको ‘एग्रो मार्ट’ । जहाँ जमुनाको आफ्नै बारीमा फलेकोदेखि जुम्ला, रारा, मुगुका किसानहरूले उत्पादन गरेको दाल, गेडागुडी, जिम्मु, स्याउ, जुनार, एभोकाडो, सिमी, च्याख्ला, पिठो पाइन्छ । साथै;...
याद कति आएको हो आमा सफा नभएको कुरा नआएको त चपाएर खुवाएको भुटेको मकै न हो याद कति आएको हो आमा सफा नभएको कुरा नआएको त चपाएर खुवाएको भुटेको मकै न हो तिमीले आमा होइनौ भन्दैमा नहुने कसरी हुँला र ? तिमीलाई जन्माउदाको घाउमा खाटा बसेको मात्र न हो गाली गरेको, भनेको सबै चिज नकिन्दिएको सबै सम्झना छ उस्लाई नसम्झेको त हातमै थापेर फालेको उस्को दिशा मात्र...