• मंगलबार, ११ बैशाख, २०८१
  • १६:३९:३८
  • नेपालीको अभिमत

छापाबाट

चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र पाइने

नेपालमत

मंगलबार, २ कार्तिक, २०७८

काठमाडौं–लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महीनाभित्र आइपुग्ने भएको छ । लामो समयसम्म छपाइ उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन ।

‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरीद गरिएको र कार्ड अर्काे कम्पनीबाट खरीद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले बताएको छ । अहिले कार्ड मास प्रिन्टरमा मिलेकाले ल्याउन भनिएको महानिर्देशक नमराज घिमिरेले बताए । ‘कम्पनीसँग कार्ड ल्याउने विषयमा कुराकानी भइरहेको छ,’ उनले भने ।     

चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख आउनुपर्ने विभागले बताएको छ । विभागले चाँडो ल्याउन सहजीकरण गरिदिने भएको छ । अहिले १४ लाख कार्ड आएपछि तत्कालका लागि समस्या हट्ने र आगामी दिनमा पनि त्यही समस्या दोहोरिन नदिन ध्यान दिइने महानिर्देशक घिमिरेले बताए ।

विभागमा कार्ड आएपछि झन्डै आधा अहिले नै छाप्नुपर्नेछ । आगामी दिनमा पनि अनुमतिपत्रको समस्या आउन नदिने कुरामा ध्यान दिइने उनले बताए । विगतमा प्राविधिक समस्याले आएकाले अब ठेक्का गर्दा ती कुरामा ध्यान दिइन्छ ।

सेवाग्राहीलाई सजिलोका लागि शुरू गरिएको ‘स्मार्ट’ चालक अनुमतिपत्र सोचेजस्तो हुन सकिरहेको छैन । विभिन्न समस्याका कारण सेवाग्राहीले समयमा अनुमतिपत्र पाउन सकिरहेका छैनन् । आर्थिक अभियानमा प्रकाशित छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    संसदमा राेकिएका विधेयक अघि बढ्नै सकेनन्

    काठमाडौं–दुई पटकसम्म अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गर्दा प्रभावित भएको कानून निर्माणको काम संसद् पुनःस्थापना भएको महीनौं बिते पनि अघि बढ्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल...

  • नेपालमत

    जुम्ली स्याउको मुल्य प्रतिकेजी १ सय ५१ रुपैयाँ

    जुम्ला - एक दशक अघिसम्म जुम्लाको स्याउको मुल्य प्रतिकेजी १५ देखि २० रुपैयाँसम्म थियो । ढुवानीको एकमात्र माध्यम हवाइमार्ग थियो ।  स्याउको खरिद मुल्यभन्दा ढुवानी भाडा दोब्बर हुन्थ्यो...

  • नेपालमत

    तीनै तहको चुनाव एकसाथ गर्न सत्ता गठबन्धनबीच छलफल

    काठमाडौं–गठबन्धन मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर चुनाव निर्धारित समयमा हुन्छ कि छिटो भन्ने अन्योल टरेको छैन ।  प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमा स्थानीय तहको चुनाव गर्ने पक्षमा छैनन्,...

  • नेपालमत

    दशैँपछिको पुँजी बजारमा उत्साह थपिदैँ

    काठमाडौं–दशैँपछिको पहिलो दिन नेपालको सेयरको दोस्रो बजार सकारात्मक देखिएको छ । कारोबार खुलेको १५ मिनेटपछि ओरालो लय समाएको बजार सूचक १ बजेपछि भने उकालो लाग्दै...

  • नेपालमत

    कात्तिक ६ गते देशैभर एमालेले वडा अधिवेशन गर्ने

    काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कात्तिक ६ गते शनिबार देशैभरका सबै स्थानीय तहका वडाहरुको अधिवेशन एकसाथ उद्घाटन गर्ने भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved