• बिहीबार, १३ बैशाख, २०८१
  • ०६:१३:४५
  • नेपालीको अभिमत

छापाबाट

दशैँपछिको पुँजी बजारमा उत्साह थपिदैँ

नेपालमत

सोमबार, १ कार्तिक, २०७८

काठमाडौं–दशैँपछिको पहिलो दिन नेपालको सेयरको दोस्रो बजार सकारात्मक देखिएको छ । कारोबार खुलेको १५ मिनेटपछि ओरालो लय समाएको बजार सूचक १ बजेपछि भने उकालो लाग्दै नेप्से परिसूचक १७.५९ अङ्कले बढेर दुई हजार ६५६.९७ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिन तथा असोजको अन्तिम दिनको कारोबारमा ११३ कम्पनीको सूचक उकालो लागेको छ भने ६१ कम्पनीका सेयर मूल्य घटेको छ १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

समूहगत रूपमा हेर्दा सामूहिक लगानी कोष समूहबाहेक सबैमा वृद्धि देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन क्षेत्र ३.५१ प्रतिशतले वृद्धि भएको छ । अन्य समूहमा करिब २ प्रतिशतको वृद्धि भएको छ । सामूहिक लगानी कोषमा ०.७५ प्रतिशतको गिरावट आएको छ ।

आइतबारको कारोबारमा सबैभन्दा आकर्षक लाभ चन्द्रागिरि हिल्सका लगानीकर्ताले पाएका छन् । हिल्सको प्रतिकित्ता सेयर मूल्य ८८ रुपियाँले बढेर एक हजार ३५० पुगेको छ । हिमालयन ऊर्जा विकास कम्पनीको प्रतिकित्ता २० रुपियाँ
बढेको छ ।

घलेम्दी हाइड्रोको १६ रुपियाँ वृद्धि छ । कामना सेवा विकास बैङ्कको सेयर मूल्य प्रतिकित्ता २७.९० रुपियाँले बढेको छ । सिटिजन्स् म्युचअल फन्ड १ र २ दुवैको घटेको छ । त्यस्तै बोटलर्स नेपाल तराईका लगानीकर्ताले प्रतिकित्ता ४१३ रुपियाँ गुमाएका छन् ।

आइतबार कुल २१ हजार ३२८ करोबारबाट ४७ लाख ६० हजार २९५ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४९ करोड ९७ लाख रुपियाँभन्दा धेरैको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  गाेरखापत्रमा प्रकाशित छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र पाइने

    काठमाडौं–लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महीनाभित्र आइपुग्ने भएको छ । लामो समयसम्म छपाइ उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड...

  • नेपालमत

    संसदमा राेकिएका विधेयक अघि बढ्नै सकेनन्

    काठमाडौं–दुई पटकसम्म अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गर्दा प्रभावित भएको कानून निर्माणको काम संसद् पुनःस्थापना भएको महीनौं बिते पनि अघि बढ्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल...

  • नेपालमत

    जुम्ली स्याउको मुल्य प्रतिकेजी १ सय ५१ रुपैयाँ

    जुम्ला - एक दशक अघिसम्म जुम्लाको स्याउको मुल्य प्रतिकेजी १५ देखि २० रुपैयाँसम्म थियो । ढुवानीको एकमात्र माध्यम हवाइमार्ग थियो ।  स्याउको खरिद मुल्यभन्दा ढुवानी भाडा दोब्बर हुन्थ्यो...

  • नेपालमत

    तीनै तहको चुनाव एकसाथ गर्न सत्ता गठबन्धनबीच छलफल

    काठमाडौं–गठबन्धन मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर चुनाव निर्धारित समयमा हुन्छ कि छिटो भन्ने अन्योल टरेको छैन ।  प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमा स्थानीय तहको चुनाव गर्ने पक्षमा छैनन्,...

  • नेपालमत

    कात्तिक ६ गते देशैभर एमालेले वडा अधिवेशन गर्ने

    काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कात्तिक ६ गते शनिबार देशैभरका सबै स्थानीय तहका वडाहरुको अधिवेशन एकसाथ उद्घाटन गर्ने भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved