• शनिबार, ८ बैशाख, २०८१
  • १०:२७:१६
  • नेपालीको अभिमत

छापाबाट

कात्तिक ६ गते देशैभर एमालेले वडा अधिवेशन गर्ने

नेपालमत

सोमबार, १ कार्तिक, २०७८

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कात्तिक ६ गते शनिबार देशैभरका सबै स्थानीय तहका वडाहरुको अधिवेशन एकसाथ उद्घाटन गर्ने भएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले वडा अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

कात्तिक ६ गते बिहान ११ बजे पार्टी अध्यक्ष ओलीले देशभरका ६ हजार ७ सय ४३ वडाहरुमध्ये सबै स्थानमा इन्टरनेटको पहुँच नभएका कारण झण्डै पाँच हजारभन्दा बढी वडाहरुको एकसाथ भर्चुअल उद्घाटन गर्नुहुनेछ । 

यसैलाई नै औपचारिक उद्घाटन मानिनेछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गत असोज १५ देखि १७ गतेसम्म सम्पन्न भएको विधान महाधिवेशनले यो मिती तय गरेको कार्यालय सचिव तामाङले बताउनुभयो ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म बुटवलमा गर्ने कार्यतालिका रहेको छ । गाेरखापत्रमा प्रकाशित छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र पाइने

    काठमाडौं–लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महीनाभित्र आइपुग्ने भएको छ । लामो समयसम्म छपाइ उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड...

  • नेपालमत

    संसदमा राेकिएका विधेयक अघि बढ्नै सकेनन्

    काठमाडौं–दुई पटकसम्म अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गर्दा प्रभावित भएको कानून निर्माणको काम संसद् पुनःस्थापना भएको महीनौं बिते पनि अघि बढ्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल...

  • नेपालमत

    जुम्ली स्याउको मुल्य प्रतिकेजी १ सय ५१ रुपैयाँ

    जुम्ला - एक दशक अघिसम्म जुम्लाको स्याउको मुल्य प्रतिकेजी १५ देखि २० रुपैयाँसम्म थियो । ढुवानीको एकमात्र माध्यम हवाइमार्ग थियो ।  स्याउको खरिद मुल्यभन्दा ढुवानी भाडा दोब्बर हुन्थ्यो...

  • नेपालमत

    तीनै तहको चुनाव एकसाथ गर्न सत्ता गठबन्धनबीच छलफल

    काठमाडौं–गठबन्धन मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर चुनाव निर्धारित समयमा हुन्छ कि छिटो भन्ने अन्योल टरेको छैन ।  प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमा स्थानीय तहको चुनाव गर्ने पक्षमा छैनन्,...

  • नेपालमत

    दशैँपछिको पुँजी बजारमा उत्साह थपिदैँ

    काठमाडौं–दशैँपछिको पहिलो दिन नेपालको सेयरको दोस्रो बजार सकारात्मक देखिएको छ । कारोबार खुलेको १५ मिनेटपछि ओरालो लय समाएको बजार सूचक १ बजेपछि भने उकालो लाग्दै...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved