• बिहीबार, १३ बैशाख, २०८१
  • ००:०९:०२
  • नेपालीको अभिमत

छापाबाट

जुम्ली स्याउको मुल्य प्रतिकेजी १ सय ५१ रुपैयाँ

नेपालमत

सोमबार, १ कार्तिक, २०७८

जुम्ला - एक दशक अघिसम्म जुम्लाको स्याउको मुल्य प्रतिकेजी १५ देखि २० रुपैयाँसम्म थियो । ढुवानीको एकमात्र माध्यम हवाइमार्ग थियो । 

स्याउको खरिद मुल्यभन्दा ढुवानी भाडा दोब्बर हुन्थ्यो । जसका कारण स्याउ खरिद गर्ने व्यापारी कमै हुन्थे । अधिकांश स्याउ गाइबस्तुको आहरा बन्थ्यो । माटोको खाल्डोमा स्याउ भण्डारण हुन्थ्यो । स्याउ कुहिन्थ्यो । बगैँचामा फलेको स्याउ बेच्ने अवस्था नहुँदा स्याउ खेती प्रति किसानको विकर्षण थियो ।  

तर कर्णाली राजमार्गको सञ्चालन सँगै सडक मार्ग हुदैँ जुम्लाको स्याउ बाहिर जिल्ला निर्यात हुन थाल्यो । यहाँको स्याउको  मुल्य बढ्दै जान थाल्यो । किसानहरू स्याउ खेती प्रति आकर्षित हुन थाले । गत बर्ष बगैँचामै स्याउको मुल्य प्रतिकेजी ५० रुपैयाँ थियो । यो बर्ष जुम्ली स्याउको मुल्य १ सय ५१ रुपैयाँ प्रतिकेजी छ । यो मुल्य जुम्ली स्याउको अहिले सम्मको सर्वाधिक हो । 

जुम्ला सिँजा गाउँपालिका ५ का युवा किसान रामसिंह रावलले अहिले सदरमुकाम खलंगामा प्रतिकेजी स्याउको मुल्य १ सय ५१ रुपैयाँमै बेचिरहेका छन् । उनले भने,‘जुम्ली स्याउको स्वाद,कलर,गुणस्तर र स्याउमा पाइने भिटामिनका कारण यो स्याउको मुल्य बढि हुनु कुनै अनौठो होइन । यो मुल्य पनि निकै कम हो ।’

उनले दुई सय कार्टुन स्याउ बजारमा ल्याएका थिए । ५० कार्टुन स्याउ बेचिसकेका छन् । उनले भने,‘बाहिरबाट आयतित फुजी स्याउको मुल्य एक सय ५० रुपैयाँ हुनु पर्ने तर जुम्ली स्याउको मुल्य कम हुनुपर्ने कारण के छ ?’ उनले फुजी स्याउको भन्दा जुम्ली स्याउको मुल्य बढी हुनु पर्नेमा जोड दिए ।  

फुजी स्याउ १५० रुपैयाँमा बेचिरहेको देखे । यसको तुलनामा जुम्ली स्याउका मुल्य निकै कम भयो । सबैमा फुजी स्याउ भन्दा जुम्ली स्याउ निकै कम गुणस्तरको भन्ने भ्रम सिर्जना भयो, उनले भने,‘फुजी स्याउ हाइब्रेड हो । यो स्याउमा रासायनिक मलको प्रयोग भइरहेको छ । जुम्ली स्याउका शुद्ध अर्गानिक मलको प्रयोग भइरहेको छ । ’

जुम्ली स्याउ अर्गानिक ब्राण्ड हो । यो रुखमै टिपेर खान मिल्छ । फुजी स्याउको स्प्रे गरेको पातमा लेयर छ । रेड लेवलको विषादी मिसाइएको छ । अर्गानिक मलको नाममा युरिया मलको प्रयोग भइरहेको छ । उनले थपे,‘फुजी स्याउका करोडौको लगानी छ । यो आर्थिक रुपमा बलियो मान्छेले मात्र खेती गर्न सक्छन् । फुजी स्याउ प्रतिविरुवा १३ सय रुपैयाँ पर्छ । जुम्ली स्याउको प्रतिबोट २५ रुपैयाँ मात्र ।  

जुम्ली स्याउलाई हेयका दृष्टिले हेरिन्छ । फुजीको लगानीमा तीन बगैँचा छ । सबै स्याउ जुम्ली नै हो । खर्बको लगानी छ । जुम्लाका झण्डै १५ हजार ५ सय घरमा स्याउ बगैँचा छ । न्युनतम ५० देखि १५ सय रुपैयाँ सम्म विरुवा छ ।

राहसिंह रावलको एक हजार जुम्ली स्याउका विरुवा छन् । यो स्याउ जुम्लाको पहिचान पनि हो । उनले भने,’जुम्ली स्याउको गुणस्तरमा कुनै कमि नहोस भन्नका लागि जुम्ली स्याउको मुल्य नै १ सय ५१ रुपैयाँ तोकिएको उनले बताए । 

उनले पहिलो बर्ष काठमाण्डौमा १० टन स्याउ लिएका थिए । दोस्रो बर्ष उनले बगैँचामै स्याउ बेचे प्रतिकेजी ५० रुपैयाँमा । अहिले निकै कम फलेकोले यो बर्ष स्याउ सदरमुकाम खलंगामा ल्याएर बेच्दैछन् ।  

एक सय ५१ रुपैयाँमा स्याउको तोकिदा समेत माग बढिरहेको छ । इतिहासमै पहिलो पटक जुम्ली स्याउको मुल्य १ सय ५१ रुपैयाँ भएपछि किसान निकै उत्साहित छन् ।  

यो बर्ष कृषि विकास कार्यालय जुम्लाका अनुसार ९ हजार मेट्रिकटन स्याउ फलाउने लक्ष्य राखिएको थियो । तर पाँच हजार मेट्रिकटन स्याउ मात्र फल्ने अनुमान गरिएको छ । यो बर्ष स्याउ कम फलेपनि निकै गुणस्तरीय दाना बेच्न पाएकोमा किसान उत्साहित छन् ।  

जुम्ली स्याउ अंकित २१ हजार कार्टुन बाँडिएको छ । यहाँका किसानले त्यही कार्टुनमा स्याउ बजार सम्म पुर्‍याएका छन् । यो कार्टुनमा केमीकल प्रयोग नगरेको शुद्ध अर्गानिक स्याउ मात्र राखन्छि । जो स्याउ खान योग्य हुन्छ ।  

गत पुष माघ महिनामा हिउँ नपुर्न,चैत बैशाखमा तुवालोले चिचिला झार्नु  र स्याउ बर्षै पिच्छे पालो गरेर फल्ने भएकोले यो बर्ष स्याउ उत्पादनमा कमि आएको कृषि विज्ञहरु बताउँछन् । केही क्षेत्रमा असिनापानीले कोपिलामै स्याउ झारेको थियो । तर त्यसको क्षति एकिन गरेर किसानले विमाङ्क रकम पाउनेछन् । नागरिक दैनिकमा प्रकाशित छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र पाइने

    काठमाडौं–लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महीनाभित्र आइपुग्ने भएको छ । लामो समयसम्म छपाइ उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड...

  • नेपालमत

    संसदमा राेकिएका विधेयक अघि बढ्नै सकेनन्

    काठमाडौं–दुई पटकसम्म अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गर्दा प्रभावित भएको कानून निर्माणको काम संसद् पुनःस्थापना भएको महीनौं बिते पनि अघि बढ्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल...

  • नेपालमत

    तीनै तहको चुनाव एकसाथ गर्न सत्ता गठबन्धनबीच छलफल

    काठमाडौं–गठबन्धन मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर चुनाव निर्धारित समयमा हुन्छ कि छिटो भन्ने अन्योल टरेको छैन ।  प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमा स्थानीय तहको चुनाव गर्ने पक्षमा छैनन्,...

  • नेपालमत

    दशैँपछिको पुँजी बजारमा उत्साह थपिदैँ

    काठमाडौं–दशैँपछिको पहिलो दिन नेपालको सेयरको दोस्रो बजार सकारात्मक देखिएको छ । कारोबार खुलेको १५ मिनेटपछि ओरालो लय समाएको बजार सूचक १ बजेपछि भने उकालो लाग्दै...

  • नेपालमत

    कात्तिक ६ गते देशैभर एमालेले वडा अधिवेशन गर्ने

    काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कात्तिक ६ गते शनिबार देशैभरका सबै स्थानीय तहका वडाहरुको अधिवेशन एकसाथ उद्घाटन गर्ने भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved