• सोमबार, १ कार्तिक, २०७८
  • ०२:२२:०८

सिन्धुपाल्चोकको मेलम्चीमा यसरी बग्दैछ पानी र माटोको लेदो (भिडियो)

काठमाडौं - सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ ।

प्रहरीले सात जनाको मृत्यु भएको पुष्टि गरेको छ भने थप मानवीय क्षतिको विवरण आएको छैन ।

अहिले पानी झन् बढि रहेको सिन्धुपाल्चोकका रेडियोकर्मी रत्न श्रेष्ठले जानकारी दिनु भएको छ । रेडियो मेलम्चीको दुई तला डुवी सकेको छ । आर्मीको क्याम्पमा पनि क्षति भएको र केहि वेपत्ता भएको आशंका गरिएको उहाँले जानकारी दिनु भयो ।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रशासनले जनाएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।