• शुक्रबार, १४ बैशाख, २०८१
  • ०२:०४:४१
  • नेपालीको अभिमत

शिक्षा

गण्डकी प्रदेश साक्षर घोषणा 

नेपालमत

आइतबार, २४ असोज, २०७८

पोखरा- गण्डकी प्रदेशलाई आइतबार साक्षर प्रदेश घोषणा गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा एक समारोहबीच गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्नु भयो ।

प्रदेशलाई साक्षर घोषणा गर्दै प्रधानमन्त्री देउवाले गण्डकी प्रदेश विद्धानहरुको प्रदेश भएको बताउनु भयो ।

लेखनाथ पौड्याललगायत थुप्रै विद्धानहरु गण्डकी प्रदेशले जन्माएको उहाँले बताउनु भयो ।

शिक्षा पाउने सबैको मौलिक हक भएकाले शिक्षाबाट कोही पनि वञ्चित हुनु नपरोस् भनेर सरकारले औपचारिक र अनौपचारिक माध्यम दुवै माध्यमबाट शिक्षा र साक्षरताका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनु भयो ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्क्षय गणेशप्रसाद तिमिल्सिनाले गण्डकी साक्षार प्रदेश घोषणा हुनु गौरव विषय भएको बताउनु हुँदै घोषणा पछि पनि सबैले आ–आफ्नो दायित्व बिर्सन नहुने बताउनु भयो ।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बीपी कोइरालाको समाजवादी सिद्धान्तले शिक्षालाई प्राथमिकता दिएको बताउँदै सोहीमा आधारित भै २०४८ सालमा बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले साक्षरताको लागि आवश्यक ऐन, नियम बनाएर साक्षर अभियान अगाडि बढाएकाले मुलुकले अहिले शिक्षामा प्रगति गरेको बताउनु भयो ।

प्रदेशमा साक्षरता प्रतिशत ९६.५७ पुगेपछि साक्षर प्रदेश घोषणा गरिएको मुख्यमन्त्री नेपालीले बताउनु भयो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved