• आइतबार, १६ बैशाख, २०८१
  • १३:५९:२२
  • नेपालीको अभिमत

खेतीकिसानी

बाँकेको राप्तीसोनारीमा कृषि सामग्री मेला आयोजना

नेपालमत

शनिबार, २८ पौष, २०८०

नेपालगञ्ज - बाँकेको राप्तीसोनारी गाउँपालिका स्थित शम्शेरगंज बजार नजिकैको खेल मैदानमा कृषि सामग्री मेला गरिएको छ । 

यूएसएडको आर्थिक सहयोग तथा राप्तीसोनारी गाउँपालिका र उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रको सहकार्यमा सिमिट नेपालले कृषि मेला गरेको हो । 

बाँके, बर्दिया र सुर्खेत जिल्लाका कृषकहरुका लागि लक्ष्यित गरि आयोजित मेलामा किसानहरुलाई कृषि सामग्री र कृषि बजारको उपलव्धता लगायत बारे समन्वय तथा परामर्श दिने उद्देश्य राखिएको आयोजक नेपाल बीउ तथा मल परियोजनाले जनाएको छ ।  

मेलामा बीउ, मल, मेसिनरी, बिरुवा संरक्षण, सिँचाइ जस्ता बजारमा उपलब्ध गुणस्तरीय कृषि सामग्री र वित्त, बीमा, बाली सल्लाह लगायतका सेवामा किसानहरूको जागरूकता र पहुँच बढाउने प्रयास गरिएको  सिमिट नेपालका फिल्ड रिसर्च टेक्निसियन पप्पु यादवले बताउनु भयो । 

शुक्रबारको मेलाबाट कृषि सामग्रीको माग सृजना गरी कृषि व्यवसाय बढाउन कृषक र कृषि बजार अभिकर्ताहरू बीचको सम्बन्धलाई सुदृढ गर्न मद्दत पुगेको विश्वास आयोजकले लिएको छ । 

मेलामा धान र मकै जस्ता वसन्तऋतुका बालीका गुणस्तरीय कृषि सामग्रीका बारेमा किसान सहित झण्डै ५ सय बढिको सहभागिता थियो । 

मेलाको सुभारम्भमा विशिष्ट अतिथि लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसीले कृषि मेलाले कृषि क्षेत्रमा ठूलो टेवा पुग्ने र किसानहरुलाई कृषि क्षेत्रमा लाग्न थप प्रेरणा दिने बताउनु भयो । उहाँले प्रदेशबाट पनि यस्ता किसिमका कार्यक्रम र परियोजनालाई आवश्यक सहयोग, सहकार्य र समन्वय उपलब्ध हुने प्रतिबद्धता जनाउनु भयो । 

मेलाको सुभारम्भ प्रमुख अतिथि तथा राप्ति सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले गर्नुभएको थियो । 

कार्यक्रममा मेलाको उद्देश्य, विशेषता र कृषि क्षेत्रको समग्र विकासका बारेमा सिमिट नेपालका बिजनेस डेभलपमेन्ट म्यानेजर डा.नारायणप्रसाद खनालले प्रष्ट पार्नु भयो । कार्यक्रम संचालन सिमिट नेपालका योजना विकास अधिकृत दिपक काफ्ले र दीपा ओलीले गर्नुभएको थियो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved