ताजा

  • शनिबार, १२ श्रावण, २०८१
  • १०:१६:०९
  • नेपालीको अभिमत

खेतीकिसानी

व्यवसायिक कृषिमा टेवा दिन बर्दियाको मधुवनमा कृषि प्रविधि मेला

नेपालमत

सोमबार, २१ जेठ, २०८१

बर्दिया - 'उन्नत प्रबिधिको पहुँच बढाई कृषिमा व्यवसायीकरण गरौँ' भन्ने उद्देश्य राखेर बर्दियाको मधुवन नगरपालिका स्थित सानोश्रीमा कृषि सामग्री मेला आयोजना गरिएको छ ।

जेष्ठ १८ र १९ गते चलेको कृषि मेला यूएसएडको सहयोग तथा मधुवन नगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रको सहकार्यमा सिमिट नेपालले गरेको हो । कृषि मेलामा बीउ, मल, बिषादी, कृषि औजार, स्थानिय स्तरमा उत्पादित कृषि सामग्री लगायत राखिएको ।

बाँके, बर्दियाका कृषकहरुका लागि लक्ष्यित गरि आयोजित मेलामा बाली संरक्षण शिविर, माटो परिक्षण शिविर, कृषि मेसिनरी परिक्षण, बाली बिमा, डिजीटल प्रबिधि र कृषि ऋणको पहुँच, एबम् कृषि बिज्ञसंगको अन्तरक्रिया जस्ता क्रियाकलापमा किसानहरुले सहभागीता जनाएर अन्तरकृया गरेको आयोजकले जनाएको छ । मेलामा किसानका साथै विद्यार्थीहरुको समेत सहभागिता थियो ।

धानको भकारी मानिने बर्दियाको मधुबन कृषिका लागि प्रचुर सम्भावना रहेको मानिन्छ । भेरी सिचाईं परियोजना पुरा भए पश्चात् किसानलाई वाह्रै महिना सिचाईंको सुविधा हुने अपेक्षा छ । यसले गर्दा तीन सिजनमा बाली लिन सजिलो र सुविधा पनि हुने भएकाले मेलाले किसान तथा कृषिसँग सम्बन्धित सरोकारवाला सँग अन्तरक्रिया तथा विविध प्रविधिका बारेमा जान्ने मौका दिएको आयोजकको भनाई छ ।

मेलामा बोल्दै मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले नयाँ प्रविधिको प्रयोगले काम गर्न सजिलो, कम खर्चिलो तथा उत्पादनमा सहयोग पुग्ने बताउनु भयो ।

आयोजकका अनुसार कैलालीको जानकी गाउँपालिका तथा कपिलवस्तुको बाणगंगामा समेत गत हप्ता यस्तै मेला आयोजना गरिएको थियो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved