• आइतबार, १६ बैशाख, २०८१
  • १६:१५:४०
  • नेपालीको अभिमत

खेतीकिसानी

कृषि विज्ञान क्षेत्रमा विकास गर्न दशक लामो साझेदारी 

नेपालमत

बिहीबार, २१ मङ्सिर, २०८०

काठमाडौं - नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिम्मिट) वीच एक दसक लामो साझेदारी हुने भएको छ । 

नेपालमा कृषि क्षेत्रको बढि उत्पादन र व्यबस्थित बजार प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यले साझेदारी हुन लागेको हो । कृषि विज्ञानको अभिवृद्धि र नेपालको कृषि क्षेत्रको दिगो विकासमा योगदान पुर्याउन वुधबार सम्झौतामा हस्ताक्षर गरिएको छ । 

सिम्मिट लामो समयदेखि विश्वव्यापी रूपमा कृषि क्षेत्रको विकासलाई बढावा दिने महत्वपूर्ण उदेश्यमा  लागेको मेक्सिकोमा मुख्यालय रहेका गैर लाभकारी अन्तर्राष्ट्रिय संस्था हो । 

यो १० बर्षे समझदारीपत्रले नेपालको कृषि विकास रणनीति (सन् २०१५/२०३५) मा योगदान पुर्याउने लक्ष्य राखेको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved