• शुक्रबार, २८ बैशाख, २०८१
  • २३:२२:४४
  • नेपालीको अभिमत

शिक्षा

६५ औं वार्षिकोत्सवमा सरस्वती क्याम्पसको खेलकुद सप्ताह 

नेपालमत

बुधबार, ४ पौष, २०८०

काठमाडौं - सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सवको अवसर पारेर खेलकुद सप्ताह शुरु भएको छ । 

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आयोजनामा पुष ३ गतेदेखि खेलकुद सप्ताह शुरु भएको हो । पुष ९ गतेसम्म सञ्चालन हुने खेलकुद सप्ताहमा भलिबल, फुटसल, क्रिकेट, बास्केटबल, ब्याडमिण्टन, टेबलटेनिस, छेलो, डोरी तान्ने, चेस र हाजिरीजवाफ खेलमा विद्यार्थीहरु सहभागी भएको स्ववियु सचिव राजेशबाबु बगालेले बताउनुभयो । 

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा क्याम्पसले आफ्नो वार्षिकोत्सव यही पुष १० गते भव्यतापूर्वक मनाउने तयारी भैरहेको क्याम्पस प्रमुख डा. गोलमान गुरुङले बताउनुभयो । 

राष्ट्रपति पौडेलले क्याम्पसको पहिलो ब्याचीको रुपमा मानविकीतर्फ स्नातक उत्तीर्ण गर्नुभएको थियो । वि.सं. २०१६ सालमा स्थापना भएको क्याम्पस त्रिभुवन विश्वविद्यलयको संस्थापक आङ्गिक क्याम्पस हो । 

क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरुमा ८ हजारभन्दा बढी छात्रछात्राहरु नियमित अध्ययनरत छन् । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved