झापा- झापाका कुखुरापालक तथा अण्डा उत्पादक किसानले बिर्तामोडमा जिउँदो कुखुरा र अण्डा फ्याकेर विरोध प्रदर्शन गरेका छन् ।
कुखुरा सडकमा फ्याल्दा केही कुखुरा मरेका छन् । सडकमा कुखुरा र अण्डा फ्याक्दा केही समय सडक अस्तव्यस्त बनेको थियो ।
बैङ्कको ब्याज समेत तिर्न नसक्ने अवस्था आएको र बारम्बार सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत भारतबाट अवैध रूपमा कुखुरा तथा अण्डा आउने क्रम नरोकिएको किसानको भनाइ छ ।
सहभागी किसानले बिचौलियाका कारण आफूहरूको उत्पादन बजारमा जान नसक्ने अवस्था आएको र जाँदा पनि उत्पादन मूल्य समेत नपाएको गुनासो गरेका छन् । प्रतिगोटा ७ देखि ८ रुपियाँमा आफूहरूसँग किनेको अण्डा व्यापारीले १५ रुपियाँसम्म लिएर बिक्री गरेको बताइन्छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
चितवन- स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ । चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरूले सो माग गरेका...
स्याङ्जा- गल्याङ नगरपालिकाले यहाँका आठ सय ७६ दुग्ध उत्पादक किसानलाई अनुदान वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो किस्ताबापत प्रतिलिटर रु १५ का...
म्याग्दी- दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी...
विराटनगर- कोशी प्रदेशमा दूध उत्पादन गर्ने ६ जिल्लाका किसानलाई प्रदेश सरकारले प्रतिलिटर २ रुपैयाँका दरले अनुदान दिने भएको छ । ग्रामीण क्षेत्रमा गाईपालन गरेर दूध उत्पादन...
कुँडुले फेँदी- समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू । त्यही फाँटको मध्यभागमा सेताम्य प्लास्टिक टनेलभित्र लटरम्म फलेका गोलभेँडा, बन्दा र काउली ।...