अछाम- काम देख्नेलाई स्वदेशमै धेरै अवसर छन् । यस्तै एउटा उदाहरण बन्नुभएको छ, अछाम पञ्चदेवल विनायक नगरपालिका– ३ कुरिपाटाका युवा जनक अधिकारी ।
कृषि विषयमा उच्च शिक्षा अध्ययन गर्नुभएको उहाँ तीन वर्षदेखि कृषि पेसामा रमाइ रहनुभएको छ । उहाँले भन्नुभयो,“ योग्यता अनुसारको काम नपाएपछि व्यावसायिक तरकारी खेतीमा लागेको हुँ । ” उहाँको कृषि फार्म मध्यपहाडी (पुष्पलाल) लोकमार्गसँंगै जोडिएको छ ।
टनेल प्रविधिमार्फत तरकारीखेती गर्दै आउनु भएका उहाँले एक सिजनमा रु तीन लाख सम्मको आम्दानी गर्नुभएको छ । फार्ममा मुख्यगरी गोलभेँडा, काउली, गोलभेडा लगायतका मौसमी तथा बेमौसमी तरकारी खेती रहेको छ ।
उहाँ आफैले तरकारीखेतीका लागि आवश्यक सबै पूर्वाधार तयार पार्नुभएको थियो । एउटा प्लास्टिक टनेलबाट सुरुआत गरिएको फार्ममा अहिले २० ओटा टनेल पुगेका छन् । बजारमा बाहिरबाट आउने विषादीयुक्त तरकारीलाई निराकरण गर्नका लागि उहाँले विषादीरहित तरकारीमा विशेष जोड दिनुभएको छ ।
बजारको माग अनुसार जग्गा थप गरी आवश्यकता अनुसार व्यवसायलाई बढाउने उहाँको तयारी छ । उहाँको यो कर्ममा परिवारका सदस्यको पनि साथ रहेको छ । उहाँले आफ्नो फार्ममा किसान पाठशालासमेत सञ्चालन गर्नुभएको छ ।
उक्त पाठशालामा जिल्लाभित्र र जिल्ला बाहिरका किसान आएर अवोलकन गरेर त्यहाँ भइरहेको नयाँ प्रविधिको बारेमा जानकारी लिने गरेका छन् । कृषि जेटिए र आइएसि पढिरहेका कृषि प्राविधिकले त्यहाँ गएर प्रयोगात्मक अभ्याससमेत गर्ने गरेका छन् ।
आगामी दिनमा उक्त फार्मलाई बढवा दिँदै तरकारीको बीउबिजन उत्पादन गरी बजारिकरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । जिल्लाका युवा वैदेशिक रोजगारीका लागि भारत र विभिन्न खाडी मुलुकका गइरहेका बेला युवा यसरी कृषि पेसामा आउनु उदाहरणीय काम भएको सरोकारवाला बताउँछन् ।
यस्ता नमूना किसानलाई स्थानीय सरकारले पनि सहयोग गर्ने गरेको छ । पञ्चदेवल विनायक नगरपालिका कृषि शाखा प्रमुख महाजित विकले व्यावसायिक रुपमा कृषि पेसालाई सञ्चालन गरिरहेका नमूना किसानलाई प्लास्टिक घर, थोपा सिँचाइ, बीउबिजन, कृषि आँैजार तथा कृषि प्रविधि सहयोग गर्ने गरेकोे जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“नमूना किसानको पहिचान गरी तिनीलाई व्यावसायिक रुपमा आकर्षण गराउनका लागि कृषि शाखाले आगामी दिनमा पनि सयोगलाई निरन्तरता दिनेछ । ”
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसर पारेर 'धान खेती कर्जा' ल्याएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी...
बर्दिया - 'उन्नत प्रबिधिको पहुँच बढाई कृषिमा व्यवसायीकरण गरौँ' भन्ने उद्देश्य राखेर बर्दियाको मधुवन नगरपालिका स्थित सानोश्रीमा कृषि सामग्री मेला आयोजना गरिएको छ । जेष्ठ १८ र...
चितवन - पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा...
काठमाडौं - दुधको पैसा नपाएको भन्दै देशभरका किसान आन्दोलनमा उत्रिएका छन् । इलामसहित कोशी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डिडिसी)लाई बिक्री गरेको दूधको भुक्तानी...
नेपालगञ्ज - बाँकेको राप्तीसोनारी गाउँपालिका स्थित शम्शेरगंज बजार नजिकैको खेल मैदानमा कृषि सामग्री मेला गरिएको छ । यूएसएडको आर्थिक सहयोग तथा राप्तीसोनारी गाउँपालिका र उद्योग वाणिज्य महासंघ...