• शनिबार, १५ बैशाख, २०८१
  • ०१:००:२२
  • नेपालीको अभिमत

स्थानीय निर्वाचन-२०७९

स्थानीय चुनाव : बूढीगंगामा मतदान सम्पन्न 

नेपालमत

बिहीबार, २३ असार, २०७९

काठमाडौँ - बाजुराको बूढीगंगा नगरपालिकामा कडा सुरक्षाकाबीच निर्वाचन सम्पन्न भएको छ। सबै मतदान केन्द्रमा बिहान ७ बजेबाट सुरु भएर पाँच बजेसम्म मतदान सम्पन्न भएको मुख्य निर्वाचन कार्यालय बाजुराले जनाएको छ। 

बूढीगंगा नगरपालिकामा १३ हजार ६ सय ५९ मतदाता रहेकामा ६६.७५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिनुभयो ।

नगरपालिकाको वडा नम्बर ९ स्थित त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवादपछि प्रहरीले थप झड्प हुन नदिन हवाइ फायर गरेको थियो। 

अन्य ठाउँमा भने कुनै पनि विवाद नभएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ। 

बैशाख ३० मै निर्वाचन भएको बूढीगंगा नगरपालिकामा विवादका कारण पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो। बैशाख ३० मा भएको चुनावमा बूढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved