• शनिबार, ८ बैशाख, २०८१
  • १३:२५:३६
  • नेपालीको अभिमत

स्थानीय निर्वाचन-२०७९

जिसस भक्तपुरको प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस

नेपालमत

शनिबार, २८ जेठ, २०७९

भादगाउँ - जिल्ला समन्वय समिति भक्तपुरको प्रमुखमा नेकपा (एमाले)का ईश्वर थापा विजयी भएका छन् । जिससको आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका जनार्दन खड्कासँग बराबर मत भएपछि गोलाप्रथामा थापा विजयी हुनुभएको हो ।

त्यसैगरी उपप्रमुखमा कांग्रेसकी सुजाता बाडे निर्वाचित हुनुभएको छ । उहाँले पनि गोलाप्रथामा एमालेका रामकेशरी श्रेष्ठलाई पछि पार्नुभएको हो । त्यस्तै सदस्यहरूमा एमालेका नानु कार्की, मञ्जु कार्की, राममाया मिजार र विश्वराम त्वानाबासु निर्वाचित भए भने कांग्रेसका विनु केसी पनि निर्वाचित हुनुभयो ।

जिसस भक्तपुरको यसअघि सम्पन्न निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारले बराबर तीन–तीन मत प्राप्त गरेपछि निर्णयका लागि गोलाप्रथा गरिएको हो । चारवटा स्थानीय तह रहेको भक्तपुरमा जिससको पदाधिकारी चयनका लागि आठ मत रहेको छ । जसमध्ये एमालेको तीन, कांग्रेसको दुई, नेकपा (माओवादी केन्द्र)को एक र नेपाल मजदुर किसान पार्टीको दुई मत रहेको छ । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका कारण जिससमा निर्णायक बनेको नेमकिपाले कुनै दलसँग तालमेल नगरेका कारण कांग्रेस र एमालेको मत बराबर भएको हो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved